लिंग परिवर्तन गरेका ब्रूस जेनरको केटलिन अवतारले तोड्यो ओबामाको रेकर्ड
जेष्ठ २० गते, २०७२ बुधवार 3rd June, 2015 Wed२१:४१:१९ मा प्रकाशित
ट्रान्सजेन्डर ओलम्पिक च्याम्पियन र टेलिभिजन रियालिटी स्टार ब्रूस जेनरले भर्खरै एक टेलिभिजन अन्तर्वातामा उनको भित्री आत्मा एक महिलाको भएको खुलासा गरेका थिए । ब्रूस आफ्नो महिलाको रुपमा पहिलो पटक सार्वजनिक भएका छन् । ब्रूस जेनर अब केटलिन जेनर बनिसकेकी छिन् र उनी भेनिटी फेयर म्यागजिनका लागि उनले कभरफोटो सूट गरेर सबैलाई अचम्मित बनाएकी छिन् ।
एक लुकबाट तोडिन् सबै रेकर्डः
केटलिनले ट्विटरमा आफ्नो अकाउन्ट पनि बनाएकी छिन् र संसारभरी ट्रान्सजेन्डर, बाइसेक्सुअल र गे कम्युनिटीद्वारा उनको निकै तारिफ गरिँदैछ । ६५ वर्षकी केटलिनको यो नयाँ अवतारले ट्विटरमा अमेरिकी राष्ट्रपति बराक ओबामाको ट्विटर रेकर्ड पनि तोडेको छ । केटलिनले सबैभन्दा कम समयमा सबैभन्दा धेरै फलोअर्स भएका कारण उनले ओबामालाई उछिनेकी छिन् । म्यागजिनको कभर पेज कटलिनको तस्बिरसँगै एउटा ट्यागलाइन ‘कल मी केटलिन’ पनि प्रिन्ट गरिएको छ ।
सेलिब्रिटी फोटोग्राफर एनी लिबोविट्जद्वारा गरिएको केटलिनको यो फोटोसूट जतिबेला भ्यानिटी फेयर म्यागजिनमा सार्वजनिक भयो त्यतिबेला नै केटलिनले आफ्नो नयाँ अवतारको विषयमा ट्विट गरेकी छिन् । केटलिनले ट्विटरमार्फत आफ्नो खुसी व्यक्त गर्दै भनिन्, ‘म निकै खुसी छु , यति लामो संघर्ष पछि आफ्नो वास्तविक जीवन बाँच्नका लागि ।’
जितिसकेका छन् ओलम्पिकमा स्वर्ण पदक:
सन् १९७६ को मन्ट्रियल ओलम्पिकमा ब्रूस जेनरले डेकाथेलानमा स्वर्ण पदक जितेका थिए । डेकाथेलान अर्थात दश खेलको प्रतियोगिता जसमा संसारभरिका पुरुषको असली ताकतको परीक्षा हुने गर्दछ ।
किन उठाए यस्तो कदम ?
म्यागजिनलाई दिएको अन्तर्वातामा उनले उनको पहिलो श्रीमतीले निकै नराम्रो व्यवहार गर्ने गरेको खुलासा गरे । जसका कारण उनलाई आफ्नो लिंग परिवर्तन गर्ने सोच आयो । लिंग परिवर्तन गर्नुभन्दा पहिले ब्रूस जेनर २३ वर्षसम्म क्रिस नामकी महिलासँग वैवाहिक सम्बन्धमा रहेका थिए । उनका दुई छोरी छन् ।
किम कार्दासियनले गरिन् समर्थनः
ब्रूस रियालिटी टिभी स्टार किम कार्दासियनको सौतेनी बुवा हुन् । आफ्नो पिताले लिंग परिवर्तन गरेको कुरामा उनले समर्थन जनाएकी छिन् । यूएस म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘ब्रूसको जति ठूलो मन छ उनी त्यति नै इमान्दार छन् । उनले आफूले चाहेको तरिकाले जीवन व्यतीत गरिरहेको देखेर म निकै खुसी छु । उनलाई आन्तरिक खुसी मिलेको छ र यो निकै खुसीको कुरा हो ।’:
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: