अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको पूरै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन्।
सीमाक्षेत्रमा मध्यअमेरिकी देशहरूबाट आप्रवासीको आगमनका क्रममा शान्तिसुरक्षामा बाधा पुगेमा मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की नउले दिएका छन्। आवश्यक परेमा सीमास्थित सुरक्षा फौजलाई घातक शक्तिको प्रयोग गर्न आफूले अनुमति दिएको ट्रम्पले बताएका छन्। तारबारको थप नयाँ संरचना बनाउन सोमवार अमेरिकाले व्यस्त नाका केही बेर बन्द गरिदिएको थियो। कहाँका हुन् आप्रवासी ? मध्यअमेरिकी देशहरूबाट झन्डै चार हजार किलोमिटर यात्रा गरेर हजारौँ आप्रवासी सीमा क्षेत्रमा आइपुगेका छन्। धेरैजसो आप्रवासी होन्डुरसका छन्। उनीहरू सीमा नगर टिह्वानामा आइपुगेका छन्। आफ्नो देशमा व्याप्त आर्थिक कठिनाइ तथा हिंसाबाट बच्न उनीहरू अमेरिका जान चाहन्छन्। स्थानीय अधिकारीहरूका अनुसार थप आप्रवासीहरू आउने क्रम जारी छ र उनीहरूको कुल सङ्ख्या १० हजार पुग्नेछ। यसअघि राष्ट्रपति ट्रम्पले सीमा क्षेत्रमा ५८ सय सुरक्षाकर्मी परिचालन गरेका छन्। उनले आप्रवासीको आगमनलाई अतिक्रमणको सङ्ज्ञा दिएका थिए। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: