नर्थसाउन्ड, एन्टिगा । वेस्ट इन्डिजमा जारी महिला टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएका सेमिफाइनल खेलमा इङ्ल्यान्ड र अस्ट्रेलिया विजयी भएका छन् ।
पहिलो खेलमा इङ्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९.३ ओभरमा सबै विकेट गुमाई ११२ रन मात्र बनाएको थियो । जवाफमा इङ्ल्यान्डले १७.१ ओभरमा दुई विकेट गुमाई निर्धारित लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डका लागि एमी जोन्सले अविजित ५३ र नाताली सिभरले अविजित ५२ रन बनाएका थिए । यस्तै, दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ७१ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्नु परेको अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा १४२ रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिजको टोली १७.३ ओभरमा ७१ रनमै समेटिएको थियो । अब फाइनल खेल आगामी आइतबार हुनेछ । बंगलादेश–वेस्ट इन्डिज टेस्ट क्रिकेट बंगलादेशमा जारी बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो टेस्टमा बंगलादेशको टोली पहिलो इनिङमा ३२४ रनमा समेटिएको छ । बिहीबार ८ विकेटको क्षतिमा ३१५ रन बनाएको बंगलादेशले दोस्रो दिन ४.४ ओभरमा बाँकी २ विकेट गुमाएको थियो । वेस्ट इन्डिजका जोमेल वार्रीकानले दुवै विकेट लिएका थिए । श्रीलंका–इङ्ल्यान्ड टेस्ट कोलम्बो – श्रीलंका र इङ्ल्यान्डबीचको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट प्रतियोगिता कोलम्बोमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान जो रुटले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । यसअघिका दुवै टेस्ट इङ्ल्यान्डले जितिसकेको छ । तेस्रो टेस्टमा इङ्ल्यान्डका तर्फबाट जेम्स एन्डरसनको स्थानमा स्टुआर्ट ब्रोड र साम कुरानको स्थानमा जोन्नी बेयरस्टले खेल्ने छन् । एएफपीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: