Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

युरोपेली नेताहरुले ब्रेक्जिट सम्झौतामा हस्ताक्षर गर्ने

ब्रसेल्स । युरोपेली युनियनमा आबद्ध २७ देशका नेताहरु ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गर्न ब्रसेल्समा आइतबार भेला हुँदैछन् । बेलायती प्रधानमन्त्री थेरिसा मेले यो सम्झौताबाट बेलायतको “सुन्दर भविष्य” हुने दाबी गरेका छन् । ब्रसेल्समा आयोजना हुने विशेष सम्मेलनमा युनियनमा आबद्ध २७ मुलुकका नेताहरुले बेलायती प्रस्तावका सम्बन्धमा हस्ताक्षर गर्नेछन् । उक्त हस्ताक्षरलगत्तै बेलायती प्रधानमन्त्री पनि उक्त सम्मेलनमा सहभागी थिए । विगत १७ महिनादेखिको घनीभूत छलफल पश्चात तयार यस सम्झौताले वित्तीय विषयहरु, नागरिकको अधिकार, उत्तरी आयरल्यान्ड र सङ्क्रमणकालीन व्यवस्थालाई समेटेको छ । साथै, सम्झौताले युरोपको भावी सुरक्षा र व्यापारिक सम्बन्धका बारेमा पनि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । तैपनि, यो अन्तिम चरण भने होइन । बेलायती संसद “हाउस अफ कमन्स”ले आगामी मार्च २९, २०१९ अघि उक्त सम्झौतालाई अनुमोदन गर्नुपर्नेछ । धेरै सांसदले ब्रेक्जिट सम्झौतालाई स्वीकार गर्न नसकिने चेतावनी दिइरहेका छन् । बेलायती बहिर्गमनको विपक्षमा रहेका युरोपेली युनियनका परिषद् अध्यक्ष डोनाल्ड टस्कले सम्मेलनको पूर्वसन्ध्यामा एक वक्तव्य दिँदै बेलायतको बहिर्गमन (ब्रेक्जिट) योजनाबाट कोही पनि खुशी नरहेको बताए । उनले भने “जोखिम र नोक्सानीलाई न्यूनीकरण गर्ने शर्तहरु राख्न सबैको सहमति छ । त्यसैले युरोपेली नेताहरुले यो सम्झौतामा हस्ताक्षर गरे हुन्छ ।” प्रधानमन्त्री मेको कन्जरभेटिभ पार्टी र त्यसको समर्थक नर्दन आइरिस पार्टीले सम्झौताप्रति समर्थन नगर्ने जनाएका छन् । आइतबार प्रधानमन्त्रीले देशलाई सम्बोधन गरी जारी गरेको खुला पत्रमा सन् २०१६ को जनमतसङ्ग्रहले युरोपेली युनियनबाट बेलायतको बहिर्गमनलाई स्वीकृति दिइसकेको बताउँदै प्रस्तावित ब्रेक्जिट सम्झौता मुलुकको सुन्दर भविष्यका लागि भएको बताउनुभएको छ । ब्रेक्जिटको निर्णयप्रति बेलायती जनमत निकै विभाजित छ, तर प्रधानमन्त्रीले बहिर्गमनको प्रयासले अन्तिम रुप लिइसकेको र यसबाट बेलायतलाई फाइदा नै पुग्ने बताए । जिब्राल्टरको तनाब शिखर सम्मेलन शुरु हुनुअघि नै टस्क र युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करसँग अन्तिम कुराकानी गर्न बेलायती प्रधानमन्त्री ब्रसेल्स पुगेका थिए । तर बेलायत निकट जिब्राल्टरमाथि स्पेनले आपत्ति जनाएपछि सम्मेलन नै बिथोलिने खतरा बढेको थियो । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनको सीमामा रहेको जिब्राल्टरका बारेमा युरोपेली युनियनमा मतदान गर्ने विशिष्ट अधिकार पाउनुपर्ने अडान राखेका थिए । बेलायतले जिब्राल्टरका बारेमा ब्रेक्जिट पछि म्याड्रिडसँग कुराकानी गर्ने बचनबद्धता प्रकट गरेपछि विवाद साम्य भएको थियो । सान्चेजले जिब्राल्टरमाथि दुवै मुलुकको सार्वभौमसत्ता कायम रहने गरी छलफल अगाडि बढेको जिकिर गरेका थिए । तर सान्चेजको यस्तै प्रस्तावमाथि सन् २००२ मा जिब्राल्टरमा भएको जनमतसङ्ग्रहले अस्वीकार गरेको थियो । स्पेनी प्रधानमन्त्रीको दाबीप्रति बेलायती प्रधानमन्त्रीले तत्कालै अर्को प्रतिक्रिया दिएका छन् । “जिब्राल्टरको सार्वभौमसत्ताका सम्बन्धमा बेलायतको अडान यथावत छ र त्यसमा कुनै परिवर्तन हुने छैन ।” कानुनी रुपमा स्पेनको अस्वीकृतिले पनि बहिर्गमनलाई कुनै असर पार्ने छैन । माछा मार्ने अधिकार बेलायती सांसदहरुले बेलायती उत्तरी आयरल्यान्ड र आयरल्यान्डबीच खुला सीमा यथावत राख्ने ब्रेक्जिट योजनाप्रति चासो व्यक्त गरेका छन् । यो व्यवस्थाले वर्षौंसम्म आयरल्यान्डमा युरोपेली युनियनका नियमहरु लागू हुनेछन् । तर युरोपेली युनियनमा माछा मार्ने अधिकार तथा वाणिज्य नियमहरुका बारेमा गहिरो चासो छ । युनियनको बजार पहुँचका लागि बेलायतले यी विषयमा स्पष्ट गर्नु जरुरी छ । एक कुटनीतिक स्रोतले आइतबार हुने २७ नेताको विशेष सम्मेलनमा यही विषयलाई सबैभन्दा प्रमुखताका साथ उठाइने बताए ।  एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending