Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

यी हुन् कर्णाली प्रदेशको योजना आयोगमा नियुक्तहरू

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोगका उपाध्यक्ष पुण्य रेग्मीलाई सपथ गराएका हुन् ।
मुख्यमन्त्री शाहीबाट सपथ ग्रहण गरे लगत्तै उपाध्यक्ष रेग्मीले आयोगका सदस्यहरु डा.दिपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई सपथ ग्रहण गराए । सपथ ग्रहण समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, साँसदहरु, प्रदेश सरकारका सचिव तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
सपथ ग्रहण पछि संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिदै योजना आयोगका उपाध्यक्ष रेग्मीले आफुहरु पञ्चवर्षिय योजना निर्माणमा लाग्ने बताए । ‘अब तत्कालै कर्णाली प्रदेशको अहिलेको अवस्था देखाउने मानचित्र रसमृद्ध कर्णालीको सपनाको मानचित्र तयार गर्छौं ।’ उपाध्यक्ष रेग्मीले भने ‘दुवै मानचित्रलाई अगाडि राखेर हामी समृद्ध कर्णाली निर्माणको दिशामा तदारुकताका साथ अगाडि बढ्छौं ।’
उपाध्यक्ष रेग्मीले चालु आवको वजेट कार्यान्वयनको अवस्थालाई दृष्टिगत गर्दै आव २०७६/७७ को एकवर्षिय योजना निर्माणमा पनि आयोग लाग्ने बताए । उनले पुजींगत बजेट खर्च हुन नसक्ने अवस्था रहेको बताउँदै आयोगको क्षेत्राधिकार भित्र रहेर अनुगमणको कामलाई पनि प्रभावकारी रुपमा अगाडि वढाउने प्रतिवद्धता व्यक्त गरे ।
\"\"
यसैबीच योजना आयोगका पदाधिकारीहरुले आजै पदवहाली गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा व्यवस्थापन गरिएको कार्यकक्षमा उपाध्यक्ष डा.पुण्य रेग्मी, सदस्यद्धय डा. दिपेन्द्र रोकाय र योगेन्द्र शाहीले पदवहाली गरेका हुन् ।
उपाध्यक्ष रेग्मीले पदवहालीसंगै कर्णाली प्रदेशको विकास मोडेल तयार गर्न कर्णाली प्रदेश प्रोफाईल निर्माण गर्ने पहिलो निर्णय गरे । पदवहालीका लागि पुगेका आयोगका पदाधिकारीहरुलाई प्रदेश योजना आयोगका सदस्य सचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले स्वागत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending