Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

मंगल ग्रहमा 'इन्साइट' रोबोट, सफल अवतरणपछि खुसीयाली

अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलो पटक मंगल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्न एक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराएको जनाएको छ।

\'इनसाइट\' नाम दिइएको अन्तरिक्ष यानले निकै जोखिमपूर्वक रातो ग्रहको वायुमण्डलभित्र प्रवेश गरेको थियो। अवतरण गर्नुअघि त्यो यान प्रतिघन्टा २० हजार किलोमिटरसम्मको गतिमा अघि बढेको थियो। सो रोबोट जडित यानको सहायताले मंगल ग्रहको भित्री भागको अध्ययन गर्ने योजना छ। त्यो सफल भएमा मंगल ग्रह, पृथ्वीपछि त्यस्तो अध्ययन गरिने दोस्रो ग्रह हुनेछ। \'इनसाइट\' रोबोट ग्रेनिच समयानुसार १९:५३ मा रातो ग्रहमा ओर्लिएको थियो। त्यो सफलताले चिन्ताजनक प्रतीक्षाको अन्त्य गराएको थियो जसमा रोबोटले जानकारीहरू श्रंखलाबद्ध रूपमा वैज्ञानिकहरुलाई प्रसारण गरिरहेको थियो। मंगल ग्रहमा इनसाइट सफलतापूर्वक अवतरण गरेको र त्यो ठिकठाक रहेको पुष्टि भएपछि क्यालिफोर्नियास्थित नासाको प्रयोगशालामा वैज्ञानिकहरूले खुसीयाली व्यक्त गरेका थिए। \"\" \'इनसाइट\'का परियोजना प्रमुख टम होफम्यानले अन्तरिक्ष यान अवतरण गर्ने बेला आफ्नो सासै रोकिएला जस्तो भान भएको प्रतिक्रिया दिए। \"यो एकदमै अविश्वसनीय रूपमा भावुक बनाउने क्षण थियो। म र यहाँ भएका हामी सबैजसो व्यक्तिले सात वर्षदेखि यो काममा लागिरहेका छौँ। \'इनसाइट\' अवतरण गर्ने सात मिनेटको अवधिमा त मेरो मुटु नै रोकिए जस्तो भयो।\" अवतरण भएलगत्तै त्यो अन्तरिक्ष यानले मंगलग्रहको सतहको आफ्नो पहिलो तस्बिर पठाइसकेको छ। तस्बिरमा मंगल ग्रहको अव्यवस्थित भूबनौट देखिएको थियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वैज्ञानिकहरूलाई बधाई दिएको बताइएको छ। \'इन्साइट\' रोबोट यतिबेला मंगल ग्रहको भूमध्यरेखा नजिक रहेको फराकिलो समथर भूभाग एलिसियम प्लानिसियामा रहेको बताइएको छ। अवतरण गर्नु अघि इनसाइट २० हजार किलोमिटर प्रतिघन्टा सम्मको गतिमा उडेको थियो। त्यो यान प्यारासुट र रेट्रो रकेटको सहयताले उत्रिएको थियो। त्यसमा भूकम्प र जमिनमुनीको तापक्रम नाप्ने कैयौँ युरोपेली उपकरणहरू समेत रहेका छन्। बीबीसी    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending