अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आर्जेन्टिनामा हुन लागेको जी-ट्वेन्टी (जी२०) शिखर सम्मेलनको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नभेट्ने निर्णयप्रति क्रेमलिनले खेद प्रकट गरेको छ।
रुसले यसै साता क्राइमिया नजिकैको समुद्रबाट तीन युक्रेनी नौसैनिक जहाज कब्जा गरेपछि अमेरिकाले त्यसको विरोध गरेको संकेत दिएको हो। ट्रम्पले पुटिन भेट्ने योजनाबारे आफ्नो कुरा फेरे पनि क्रेमलिनले पुटिन ट्रम्पसँग भेट्न तयार रहेको बताएको छ। आर्जेन्टिनाको राजधानी ब्युनस आइरिजमा हुनलागेको जी२० समूहमा आबध्द देशका नेताहरूको भेलामा ट्रम्प र पुटिनबीच भेटघाट हुनसक्ने अपेक्षा गरिएको थियो। तर ट्रम्पले आफ्नो योजना बदलेपछि रुसी अधिकारीहरू खिन्न भएका हुन्। \'महत्त्वपूर्ण मुद्दाहरू\' क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुई नेताबीच भेट नहुँदा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दाहरू ओझेलमा पर्ने बताएका छन्। सम्मेलनमा भाग लिन ह्वाइट् हाउसबाट निस्किने बेला ट्रम्पले पुटिनसँग छलफल हुनसक्ने कुरा पत्रकारहरूलाई बताएका थिए। तर जब उनले एअर फोर्स वान विमानमा आफ्ना सल्लाहकारहरूसँग कुराकानी गरे तब उनले आफ्नो योजना बदलिदिए। उनले पुटिनसँग छिट्टै भेट हुनसक्ने बताए पनि त्यो अनिश्चित बनेको छ। ट्रम्पले रुसले कब्जा गरेका युक्रेनी जहाजहरू र तिनमा सवार नौसैनिकहरू अझै फिर्ता नगरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। रुसले क्राइमियालाई सन् २०१४मा युक्रेनबाट अलग गराएर आफ्नो भूभागमा मिसाएको थियो। त्यो कदमको अन्तर्राष्ट्रिय स्तरमा तीव्र आलोचना भएको थियो। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: