Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

नवीकरण नगरे बन्द गर : निर्देशक पौडेल

  धुलिखेल (काभ्रेपलाञ्चोक), अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेलले नवीकरण नगर्ने सामुदायिक अध्ययन केन्द्रहरु बन्द गर्न निर्देशन दिएका छन् । बिहीबार यहाँ आयोजित सामुदायिक अध्ययन केन्द्रहरुका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि गर्ने तालिमको उद्घाटन सत्रमा बोल्दै निर्देशक पौडेलले नियमविपरीत चल्ने केन्द्रहरुलाई बन्द गर्न निर्देशन दिएका हुन् । पौडेलले अनौपचारिक शिक्षा केन्द्रले सञ्चालन गरेको कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले समेत राम्रोसँग काम गरेको नपाइएको बताए । उनले जिल्ला शिक्षा कार्यालयले साक्षकोत्तर कक्षा समेत बाँड्न नसकेकोमा कमजोरी भएको बताए । ‘भदौमा पठाइएको परिपत्रलाई अहिलेसम्म पनि कार्यान्वयन गर्न नसक्नु जिल्ला शिक्षा कार्यालयको कमजोरी हो’, उनले भने– ‘साक्षकोत्तर कक्षा खोई भनेर सामुदायिक अध्ययन केन्द्रले पनि खोजेन, अनौपचारिक शिक्षा केन्द्रले पनि कामको विवरण मागेन । अनि शिक्षा कार्यालयले पनि गर्नुपर्छ भनेर जिम्मेवारीबोध गरेन । यसो गर्नु सबैको कमजोरी हो’ उनको भनाइ थियो । पौडेलले जिल्लाहरुलाई सन् २०१५ सम्ममा साक्षर घोषणा गर्ने भनी गरिएको प्रतिबद्धतालाई पूरा गर्न नसक्नु, साक्षर अभियानलाई पहिलो प्राथमिकतामा नपार्नु ठूलो कमजोरी भएको उल्लेख गरे । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङले जिल्लामा सञ्चालित सामुदायिक अध्ययन केन्द्रहरु नाम मात्रैको भएको बताए । डा. गुरुङले केन्द्रको मर्म, औचित्य र महत्वको बारेमा खासै चासो नदिएका कारण यस्तो भएको पाइएको बताउँदै साक्षर अभियानलाई प्रभावकारी बनाउन नसकेको स्वीकार गरे । उनले साक्षरता कार्यक्रम आफ्नो कारणले असफल नभएको दावी गरे । आफू भर्खरै मात्र आएकाले त्यसको बारेमा अध्ययन गर्दा त्यस्तो कमजोरी पाएको उनले बताए । डा. गुरुङ उनले कार्यक्रम प्रभावकारी बनाउन कहाँनेर चुकेको हो, त्यसलाई अध्ययन गरी प्रभावकारी बनाउनु जरुरी रहेको बताए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी एवं अनौपचारिक शिक्षा कार्यक्रमका संयोजक ठूलोबाबु दाहालले अध्ययन केन्द्र खोल्ने नीति नै फितलो भएका कारण जसले पनि खोल्ने गरेको र औचित्यलाई गौणमा राखेर रकम बुझिलिने लहडमा परेकाले त्यस्तो भएको पाइएको बताए । केन्द्र स्थापना गर्नका लागि भौतिक पूर्वाधार नचाहिने, खुकुलो नीति, समुदायले अपनत्व महशुस नगर्नु र कतिपय अवस्थामा विद्यालयका स्रोत व्यक्तिहरुले समेत थाहा नपाएका कारण प्रभावकारी हुन नसकेको उनको भनाइ थियो । जिल्लामा सामुदायिक अध्ययन केन्द्र २०६१ सालबाट स्थापना भएको हो । हाल जिल्लामा ३४ वटा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा छन् । तर, अधिकांश नियमअनुसार सञ्चालन भइरहेका छैनन् । १–२ वटा केन्द्रबाहेक धेरैजसोले वार्षिक साधारणसभा नगरेको र कुनै पनि केन्द्रले नवीकरण समेत नगरेको सम्बन्धित अधिकारीले बताए । केन्द्र स्थापना गरेबापत प्रतिअध्ययन केन्द्रले वार्षिक ५० हजार रुपैयाँ खर्च गर्न पाउने व्यवस्था छ । जसअनुसार २६ हजारसम्म परिचालक नियुक्ति गरी काम गर्न लगाउने र बाँकी कार्यालय सञ्चालनका लागि खर्च गर्न पाउने व्यवस्था छ । तर, धेरैजसो केन्द्रहरु स्थापना गरी कार्यालय समेत नखोलेको र झोले केन्द्र बनाई परिचालक समेत नियुक्त नगरेका कारण पछिल्लो चरणमा निकासा दिनुपर्ने रकम समेत सबै विवरण नआएको कारण निकासा नदिइएको संयोजक दाहालले स्पष्ट पारे । देशैभर गरी २ हजार १ सय ६७ केन्द्रहरु रहेका भए पनि अधिकांश केन्द्रहरु सञ्चालन गर्न नसकेको अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक केशव दाहालले बताए । तालिम युनेस्को काठमाडौंको सहयोग, जिल्ला शिक्षा कार्यालय काभ्रेको समन्वय र सहयोगी सामुदायिक अध्ययन केन्द्र पोखरीचौंरीको आयोजनामा ५ दिनसम्म सञ्चालन हुने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy