Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

इन्धनको मूल्य वृद्धिविरुद्ध सडक प्रदर्शन, एक जना प्रदर्शनकारीको मृत्यु

फ्रान्स। फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीधनीहरूले सडक प्रदर्शन गर्ने क्रममा भएको सडक दुर्घटनामा परी कम्तीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालकको मृत्यु भएको टारास्कनका अभियोजनकर्ता प्याट्रिक देशजार्डिनले एएफपीलाई बताए । विगत केही समयदेखि पहेंलो पहिरनमा प्रदर्शनमा उत्रिएका सवारीधनीले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै आएका छन् । प्रदर्शनकारीले आइतबार १० किलोमिटर लामो सडकखण्डमा यातायात अवरूद्ध गर्ने कार्यक्रम रहेको थियो । राष्ट्रपति म्याक्रोँ समस्याको समाधानका लागि आपतकालिन बैठक यसैबीच, सरकार विरोधी आन्दोलनमा २६३ जना घाइते बनेको र सयौँको सङ्ख्यामा नागरिक पक्राउ परेपछि समस्या समाधानका लागि राष्ट्रपति इमानुयल म्याक्रोँ सरकारी अधिकारीसँग आपतकालिन बैठकमा सहभागी हुनुभएको छ । अर्जेन्टिनामा भएको जी–ट्वान्टी सम्मेलनमा सहभागी भै आइतबार स्वदेश फर्किएका म्याक्रोँले प्रधानमन्त्री, गृहमन्त्री, तथा उच्च अधिकारीलाई बोलाई समस्याबारे जानकारी लिनुभएको बताइउको छ । “मलाई हिंसा कदापि मान्य हुने छैन, ” अर्जेन्टिनाबाट स्वदेश फर्किनु पहिले आर्क डु ट्रिउम्फमा बताए । उनले थपे,“ कुनै पनि कारणले सरकारी अधिकारी, पत्रकार र व्यवसायीमाथिको आक्रमणलाई पुष्टि गर्न सक्दैन ।” एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending