Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

कङ्गोको निर्वाचनः आँधी आउनु अघिको शान्ति ?

किन्सासा । चुनावी पोस्टर जताततै टाँस्न थालिएको छ, उम्मेदवारहरु पनि दिनरात प्रचारमा लागेका छन् र पार्टीहरु चुनावी सभा एवं र्याली गर्न व्यस्त छन् ।

तर अफ्रिकाको बारुदको डब्बाको रुपमा रहेको गणतन्त्र कङ्गोमा आगामी डिसेम्बर २३ मा हुने राष्ट्रपति र संसदको चुनाव जति नजिक आउँदैछ चुनावी पर्यवेक्षकहरुको भनाइमा अनौठा घटनाक्रमको पटाक्षेप हुन अझै बाँकी छ ।

तुलनात्मक रुपमा शान्तिपूर्ण देखिएको चुनावी अभियान कुनै पनि बेला विस्फोटक हुनसक्ने उनीहरुको भनाइ छ । विगतको इतिहास हेर्दा दिर्घकालीन राजनीतिक हलचल वा हिंसाबाट मुलुक अघि बढ्न सक्नेछ ।

“चुनावको आयोजन त्यति पारदर्शी वा विश्वसनीय देखिएको छैन र जनता पनि आफूले रोजेका उम्मेदवार छान्न त्यति स्वतन्त्र छैनन्,” नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगेले बताए । “त्यसैले, चुनावको नतिजाका विरुद्धमा प्रदर्शन अवश्य हुनेछ र यो लोकतन्त्रका लागि बिल्कुलै राम्रो होइन ।”

दशकौंदेखि गणतन्त्र कङ्गो अफ्रिकाको सम्भावना र दुःखान्तका रुपमा रहेको छ । भूगोलका दृष्टिबाट फ्रान्सको भन्दा झण्डै चारगुणा ठूलो कङ्गोमा बहुमूल्य धातुको भण्डार छ । यहाँ सुनदेखि युरेनियम तथा तामादेखि कोबाल्टसम्मको अथाह भण्डार छ ।

तर यो धनको केही व्यक्तिले मात्र उपभोग गरिरहेका छन् । यहाँ भ्रष्टाचार र असमानता धुरीमा छ । यहीबीच, हिंसा नै राजनीतिको कसौटी बनेको छ । विगतमा जायर नामले चिनिने गणतन्त्र कङ्गोमा बेल्जियमबाट सन् १९६० मा स्वतन्त्रता हासिल गरेयता शक्तिको शान्तिपूर्ण हस्तान्तरण हुन सकेकै छैन ।

विगत २२ वर्षमा भएका दुईवटा विभत्स युद्धले मुलुकलाई तहसनहस बनाएको छ । युद्धमा लाखौं मानिसको मृत्यु हुनुका साथै दक्षिण र मध्य अफ्रिकाबाट सैनिक हस्तक्षेप गर्नु परेको थियो ।

विश्लेषकहरुका अनुसार मुलुकका मध्य र पूर्वी भेगमा जारी तल्लो स्तरमा सीमित देखिएको लडाइँ पूरै देशभर क्षणभरमा पूर्ण युद्धमा परिणत हुन सक्नेछ ।

राष्ट्रपतिका लागि चुनावी मैदानमा २१ जना प्रतिस्पर्धामा छन् । वर्तमान राष्ट्रपति ४७ वर्षीय जोसेफ काबिलाले सन् २००१ देखि मुलुकको नेतृत्व सम्हालिरहेका छन्। उनी राजनीतिक हत्या गरिएका बुबा लरेन्ट काबिलाका छोरा पनि छन् । यस चुनावमा जोसेफ काबिला राष्ट्रपतिमा प्रतिस्पर्धा गरेका छैनन् ।

तर चुनावी मैदानमा रहेका सबैजसो उम्मेदवार विवादमा मुछिएका छन् । काबिलाको समर्थनमा इमानुएल रमाजानी शाडारी राष्ट्रपतिको उम्मेदवार भएका छन्, र उनीमाथि युरोपेली युनियनले प्रतिबन्धहरु लगाएको छ ।

सोमबार, युरोपेली युनियनले शाडारीमाथि यात्रा प्रतिबन्ध र सम्पत्ति फ्रिज गर्ने विगतको निर्णयलाई पुनः यथावत राख्ने निर्णय गरेको छ । गृहमन्त्री हुँदा विपक्षीलाई निर्मम ढङ्गबाट दबाएको उनीमाथि आरोप छ ।

कङ्गोको निर्वाचन आयोगले दुई जना प्रमुख व्यक्तिलाई उम्मेदवार हुनबाट प्रतिबन्ध लगाएका कारण विपक्षीहरुको स्थिति पनि कमजोर बनेको छ । आयोगले पूर्व युद्ध सरदार जाँ–पियर बेम्बा र क्षेत्रीय सामन्त मोइज काटुम्बीलाई राष्ट्रपतिको उम्मेदवार हुनबाट रोकेको छ । उनीहरु दुबैलाई मुलुकका पश्चिमी र दक्षिणपूर्वी क्षेत्रबाट ठूलो समर्थन रहिआएको छ ।

आयोगको उक्त कदमका कारण दुईजना विपक्षीहरु मुख्य प्रतिस्पर्धामा देखिएका छन्ः युडीपीएस पार्टीका फेलिक्स शिकेकेडी र मार्टिन फायुलु । फायुलुलाई बेम्बा र काटुम्बीको बलियो समर्थन छ ।

मतदान मेसिन
राजनीतिक विमति र शान्ति सुरक्षाको नाजुक स्थितिमा चुनावी सञ्चालनको विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ । चुनावमा प्रयोग गरिने दक्षिण कोरियामा निर्मित विद्युतीय मतदान मेसिनदेखि विदेशी चुनावी पर्यवेक्षकको अभाव समेतले चुनावमा आशंका उत्पन्न गराएको न्यूयोर्क विश्वविद्यालयको कङ्गो अनुसन्धान समूहले जनाएको छ ।

विपक्षीहरु मतदान मेसिनका बारेमा विभाजित छन् । कङ्गोका सरकारी अधिकारीहरुले अफ्रिकी युनियनबाट पर्यवेक्षणका लागि आग्रह गरेका थिए । तर उनीहरुले युरोपेली युनियन र कार्टर फाउन्डेसनलाई आमन्त्रण गरेका छैनन् ।

डिसेम्बर २३ मा एउटा फ्रेन्चभाषी प्रतिवेदनमा ७० लाखभन्दा बढी मत धाँधली गर्न सकिने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “यही परिस्थितिमा चुनाव गरिए यसको नतिजाका विरुद्ध वर्षौंसम्म विरोध हुनेछ, निर्वाचनको वैधानिकतालाई अझ कमजोर बनाउनेछ र पूर्वी तथा कसाई क्षेत्रमा जारी द्वन्द्व अझ बढ्नेछ ।” एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE