Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रिया ईच्छुक

काठमाडौं । अष्ट्रियाले नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छा देखाएको छ । नेपालका लागि अष्ट्रियाकी आवासीय राजदूत व्रिगेट्टी ओपिनगेर वाल्चसोफरले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’संग भेटवार्ता गर्दै नेपालको उर्जा क्षेत्रमा काम गर्न चासो देखाएको हो ।

अष्ट्रीयाको जलविद्युत क्षेत्रमा काम गरिरहेको निजी कम्पनी एण्ड्रिजको ‘कष्टमर डे ’को अवसरमा आयोजित कार्यक्रमपछि उर्जामन्त्री पुनलाई भेट्दै उनले अष्ट्रीया नेपालको उर्जा क्षेत्रका लगानी र अनुभव आदान–प्रदान गर्न ईच्छुक रहेको धारणा राखेका हन् । त्यसका लागी नेपाल सरकारलाई औपचारीक रुपमा प्रस्ताव पठाउने तयारी भइरहेको उनको भनाई थियो ।

उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पुनसंग बुधवार अष्ट्रीयाको ट्रान्सपोर्ट र प्रविधि मन्त्रालयका आसियन र विमस्टेक क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक मिचेल लिडरेरले समेत भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा भएको भेटमा निर्देशक मिचेलले उर्जा क्षेत्रमा औपचारीक सम्बन्ध स्थापना गर्न अष्ट्रीया ईच्छुक भएको धारणा राख्नुभएको थियो । ‘नेपालमा जलविद्युतको ठुलो सम्भावना छ, हामी यहांको जलविद्युतमा लगानी गर्नुका साथै प्रविधीमा समेत सहयोग गर्न चाहन्छौ’ भेटमा क्षेत्रीय निर्देशक मिचेलले भने ।

उहाले अष्ट्रीया सरकारले नेपालसंग औपचारीक रुपमा सहकार्यको लागी प्रस्ताव पठाउने जानकारी समेत दिए । उनले भने ‘हामी हाम्रो अनुभव नेपालसंग बाड्न चाहन्छौ, त्यसका साथै नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी पनि हामी ईच्छुक छौं ।’ जवाफमा उर्जामन्त्री पुनले जलविद्युतमा अष्ट्रीयाको प्रविधी संसारमै निकै चर्चित रहेको भन्दै नेपालमा पनि अष्ट्रीयन कम्पनीहरुले काम गरिरहेको भन्नेमा आफु जानकार रहेको बताए ।

उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै नेपालमा लगानीका लागी उपयुक्त वातावरण भएको धारणा राखे । नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले त्यसका लागी सहजीकरण गर्न सरकार तयार रहेको बताए । मन्त्री पुनले उर्जा क्षेत्रमा सहकार्य गर्ने अष्ट्रीयाको प्रस्तावमा आफु सकरात्मक भएको भन्दै छिट्टै औपचारीक तहबाट सहकार्यसम्बन्धी छलफल अगाडी बढाउने जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending