Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

प्रधानमन्त्री ओली र नेपाल जुध्दा यसरी निर्णायक बने प्रचण्ड

काठमाडौं। २२ मंसिरको सचिवालय बैठक नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा पार्टी पंक्तिको निम्ति सम्भवतः अप्रत्याशित रहयो। वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरे। नेतृत्वमा बैठकप्रति देखिएको उदासिनता, विधि प्रक्रिया नमानिएको भन्दै उनीहरूले आरोप लगाउँदै आएका थिए। बैठक बहिस्कारमा ‘समय पालना’लाई कारण देखाए पनि उनीहरूले अन्य कारण खुलाएका छैनन्।

आजको अन्नपुर्ण पोष्टमा खबर छ – घटनाको भोलिपल्टै २३ मंसिरमा नेपाल–खनाल पक्षले आफूनिकट स्थायी समिति बैठक बोलाउन गरेको ‘प्रयास’ २९ मंसिरमा बोलाएर ओली–दाहालले तुहाइदिए। यसपछि ओली–नेपालबीच दूरी अझै बढेको छ। प्रदेश कमिटी पदाधिकारी चयनदेखि नै तत्कालीन एमालेका ओली र नेपाल खेमाबीच असमझदारी बढ्दै गएको छ।

एउटै विमानका दुई पाइलटमध्ये एक ९ओली०को ‘कमान्ड’ हल्लाउन नेपाल, खनाल र गौतमको ‘विपरीत ध्रुवको गठबन्धन’ भएको छ। यो गठबन्धन आगामी स्थायी समिति बैठक पर्खेर बसेको छ। तत्कालीन माओवादी खेमाका स्थायी समितिका केही सदस्यलाई आर्कषित गरेर ओली खेमासँग जुध्ने योजनामा यो गठबन्धन प्रयासरत देखिएको छ। स्थायी समिति बैठक आह्वानपछि कोठबैठकमा व्यस्त यो समूहका नेता ओलीलाई गलाउने रणनीति बनाउन कसरत गरिरहेका छन्। पूर्व एमालेमा प्रष्टै दुई खेमा देखिए पनि तत्कालीन माओवादीभित्र भने नेताहरू दाहालकै वरिपरि देखिएका छन्। यसले गर्दा बैठकमा उनको भूमिका महत्वपूर्ण हुने ठानिएको छ।

नेपाल पक्षका नेताहरूको बुझाइमा पार्टीमा सन्तुलनकारी भूमिका खेल्न नसक्ने, आफ्नो गुटको मात्र संरक्षण गरी विरोधी पेल्ने र विधि नमान्ने नेता हुन्– ओली। त्यसैले पनि नेपाल पक्षधर नेताहरू प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीमाथि मुख्यतः विधि–प्रक्रिया मिचेर निर्णय लिन थालेको, स्वेच्छाचारी र अहंकारी बनेको, गुटबन्दीलाई प्र श्रय दिएको जस्ता आरोप लगाइरहेका छन्। नेपाल पक्षका एक नेताले भने, ‘अबको स्थायी समिति बैठकमा सचिवालयले मनोमानी ढंगले गरेका निर्णय बदलेर अधिकार स्थायी समितिमा ल्याउने तयारीमा हामी लागेका छौं।’

पदीय मर्यादामा विमति रहेको र असन्तुष्टि जनाइरहेका वरिष्ठ नेता खनाल र नेपालबीचको एकता र त्यसमा सचिवालय सदस्य गौतम समेत ओली क्याम्प छाडेर मिसिन आएपछि ओली क्याम्पमा हलचल आएको छ। यी तीन नेतालाई मिलाउन घनश्याम भुषाल, योगेश भट्टराईलगायतको भूमिका अहं देखिएको छ। नेपाल पक्षले गरेको तयारीले स्थायी समिति बैठकमा हलचल ल्याउन सफल हुन्छ वा सामसुम हुन्छ हेर्न बाँकी छ।

नेपाल पक्षले स्थायी समिति बैठकमा ल्याउन खोजेको हलचल अध्यक्ष पुष्पकमल दाहालको भूमिकामा निर्भर हुने देखिन्छ। दाहाल तत्काल पार्टीभित्रको ओली–नेपाल खेमाबीचको अन्तरविरोधमा आफूनिकट नेतालाई जान दिने पक्षमा देखिँदैनन्। दाहालको जन्मदिनमा बुधबार भेट्न गएका उनकै समूहका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र जर्नादन शर्मा लगायतलाई उनले त्यस्तै संकेत गरेर फर्काएका छन्।

श्रेष्ठ अध्यक्ष ओलीको कार्यशैलीसँग सहमत छैनन्। उनी पनि नेपाल, खनाल र गौतमसँग उनीहरूको एजेन्डामा सहमत छन्। तर विषय हेरेर मात्र उनले धारणा बनाउने बताउँदै आएका छन्। दाहालनिकट नेता अग्नि सापकोटा पार्टीका शीर्ष नेताहरूको एकतामा तत्काल कुनै समीकरण बन्न र फेरबदल हुन नहुने बताउँछन्। स्थायी समिति बैठकमा कस्सिएर छलफल गरे पनि नेताहरूको एकता तलमाथि नहुने उनको भनाइ छ। ‘एकता प्रक्रिया तलसम्मै टुंग्याउने, सरकारका कामको समीक्षा गर्ने र राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गरी नेताहरूबीच समान धारणा बनाउने कुरा नै स्थायी समिति बैठकले गर्छ’, उनले भने।

ओली अप्ठ्यारोमा देखिएका छन् तर उनलाई दाहालले साथ दिने देखिएपछि ढाढस मिलेको छ। दाहालले ‘बीच बाटोबाट सहमति खोज्नुपर्छ’ भन्ने रणनीतिक जवाफ दिन थालेका छन्। महासचिव विष्णु पौडेल दुई अध्यक्षबीच समन्वयकारी भूमिकामा छन्। उनी यसमा दायाँबायाँ हुन दिने पक्षमा छैनन्। त्यसका लागि उनको ‘क्रियाशीलता’ बढेको छ।

ओलीनिकट नेता छविलाल विश्वकर्मा नेताहरूको कार्यव्यस्तताले स्थायी समितिको बैठक पहिले नै गर्न नसकिए पनि अबको बैठकमा सबै नेता पार्टीको संगठनात्मक निर्णय र सरकार सफल बनाउन एक ढिक्का भएर आउनुपर्ने बताउँछन्। ‘स्थायी समिति बैठक बस्नुपूर्व उहाँहरू ९सचिवालयका नेता० बस्नु हुन्छ। दुविधा नलिइ एक भएर स्थायी समितिमा आउनुहुनेछ’, उनले भने।

‘सामान्य अवस्थाजस्तो अब बस्ने स्थायी समिति बैठक हँुदैन’, स्थायी समिति सदस्य गणेश साहले भने, ‘दुई पार्टी एकीकरण ९तलैसम्मको पार्टी, जनवर्गीय संगठनदेखि भौतिक र सामाजिक सम्पत्तिसम्म० हुन नसक्दा देखिएको असन्तुष्टिको सम्बोधन, कार्यविभाजन, सरकारको समीक्षालगायत विषयमा गम्भीर बहस हुनुपर्ने बैठक हो यो। त्यसकारण पनि नेताहरूले गम्भिरताका साथ छलफल गरेर निर्णयमा पुग्नुपर्छ।’

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending