जुजे मोरिन्ह्योलाई म्यानचेस्टर युनाइटेड फुटबल क्लबले बर्खास्त गरेको छ। उनको जस्तो व्यक्तित्व छ र जति ठूलो नाम म्यानचेस्टर युनाइटेड क्लबको छ त्यो हिसाबले हेर्दा यो स्तब्ध तुल्याउने खाले समाचार हो, तर यो अचानक भएको वा आश्चर्यजनक कुरा भने होइन।
यस्मा अचम्मको कुरा एउटा मात्र छ त्यो हो यो किन ढिलो भयो? न्यूकासलसँगको खेलमा म्यानचेस्टर युनाइटेडको प्रदर्शन राम्रो नभइदिएको भए केही महिनाअघि नै मोरिन्ह्योको पद जान सक्थ्यो। उक्त खेलमा दुई शून्यले पछाडि परेको म्यान यू सम्हालिँदै खेलेर दुईका विरुद्ध तीन गोलले विजयी बनेको थियो। तर फुटबल खेलको विवरणहरूलाई छाड्ने हो भने यो एक आफैँमा ठूलो नाटकीय घटना हो। र यो घटनाको पृष्ठभूमिमा एउटा ठूलो नाम भएको व्यक्तिले त्योभन्दा पनि ठूलो चुनौती रहेको कामको जिम्मा लिने निर्णय गर्नु रहेको छ। नाटकीयताको दृष्टिले हेर्दा कथानकमा अभ्यास गरिने त्यस्को मूल पात्रको अग्लिने र होच्चिने घटनाक्रमसँग मोरिन्ह्योको व्यावसायिक जीवनलाई पनि दाँज्न मिल्छ। उनको फुटबल व्यवस्थापनसँग जोडिएका नाटकमा उनी पहिले तल खसे फेरि उकालो लागे। त्यसपछि निरन्तर खस्कँदै गए र झन् खस्कँदै गए।भावपूर्ण
विभिन्न फुटबल क्लबहरूमा बितेको मोरिन्ह्योको समय तीन अङ्कको नाटकको संरचना जस्तो छ। पहिलो सिजनामा सफलताका लागि आधार निर्माण। दोस्रो सिजनामा सफलताको उपलब्धि। तेस्रो सिजनमा सबैसँग मनमुटाव र तिक्ततापूर्ण बहिर्गमन। चेल्सीमा हुँदा पनि त्यस्तै रह्यो। इन्टर मिलानमा, रेआल मड्रिडमा त्यस्तै रह्यो। फेरि चेल्सीमा फर्कँदा पनि घटनाक्रम त्यस्तै रह्यो। तर म्यानचेस्टर युनाइटेडमा त्यस्तो संरचना दोहोरिएको देखिएको थिएन। विशेषगरी अन्य क्लबको हकमा मोरिन्ह्योको दोस्रो सिजनमा देखिने सफलताको कुरा त्यहाँ देखिएन। म्यानचेस्टर युनाइटेडमा उनको प्रदर्शन सोझै निर्माणबाट विनाशमा गयो। अब प्रश्न उठ्छ किन त ? इमानदारीपूर्वक भन्ने हो भने म्यान यूले मोरिन्ह्योको पहिलो सिजनका बेला युरोपा लिगमा जित हासिल गरेको थियो, त्यो पनि म्यानचेस्टर एरेनामा भएको आतङ्कवादी हमलापछि भावपूर्ण परिस्थितिमा। तर लिगमा भने तिनीहरू छैठौँ स्थानमा परे। त्यो सिजनभरी नै म्यान यूको खेल धेरैजसो बराबरीमा टुङ्गियो र \"ड्र स्पेसियलिस्ट\" भन्ने नामै रहन गयो। तर सर एलेक्स फर्गुसनको मातहतमा क्लब रहेका बेला जितको जुन अभ्यासमा क्लबकका प्रशंसकहरूलाई बानी परिसकेको थियो नयाँ नतिजाबाट तिनीहरू खुसी हुने कुरै भएन। फर्गुसनको फुटबल आक्रामक र साहसिलो थियो- खेलाडीहरू जितेरै छाड्ने मनस्थितिमा रहने गर्थे। मोरिन्ह्योको मातहतमा त्यस्ले प्रतिरक्षात्मक र केही कमजोर स्वरूप लिन पुग्यो। खेलाडीहरू खेलको अन्त्यमा खुसीयाली मनाउने अवस्थाको साटो झोक्राएका र अप्ठेरो मौनतामा देखिने गर्न थाले।ग्वार्डिओलासँगको प्रतिस्पर्धा
म्यानचेस्टर युनाइटेडमा एलेक्स फर्गुसनको राजीनामा पछिको अवस्थामा डेभिड मोएर र लुई भान गालले छाडेर गएका अव्यवस्थालाई मोरिन्ह्योले सही बाटोमा ल्याउने प्रयास गर्दैछन् भन्ने आधारमा उनले उक्त क्लबमा केही धेरै समय पाएका हुन्। आफ्नै व्यक्तित्वका कारण पनि जुजे मोरिन्ह्योले अन्त्यमा सुखद परिमाण ल्याइहाल्छन् भन्ने धारणा फुटबल संसारमा व्याप्त छ। तर यो म्यानचेस्टर युनाइटेड जस्तो क्लब सम्हाल्ने कुरा थियो। पोर्टो, चेल्सी र इन्टर मिलान जस्ता उनले पहिले काम गरेका क्लबहरूको दाँजोमा यहाँ खेलको शैलीले निकै महत्व राख्दछ। क्लबका प्रसंशकहरू आफूले हेर्नु परेको खेलको अवस्थाबाट बढ्दो रूपमा असन्तुष्ट हुँदै थिए। र त्यो अवस्था झन् बिग्रन पुग्यो। पहिलो कुरा सहरको अर्को छेउमा रहेको म्यानचेस्टर सिटी पेप ग्वार्डिओलाको नेतृत्वमा पहिले म्यान यूले खेल्ने शैलीमा खेल्दै थियो। मोरिन्ह्योको दोस्रो सिजनमा क्लब दोस्रो त बन्यो तर त्यो उल्लेख्य खेलका लागि चिनिएन। पहिलो हुने क्लबको दाँजोमा सो क्लब १९ अङ्कले तल थियो। यो अस्वस्थाले मोरिन्ह्योलाई गहिरो चोट पुर्याएको हुनुपर्छ। पेप ग्वार्डिओलाले उनलाई छायाँमा पारिदिएका थिए। थुप्रै सफलता चाखेका मोरिन्ह्योलाई ग्वार्डिओलाको उदयले उछिन्यो। र एउटा सहरमा ग्वार्डिओलाले म्यानचेस्टर सिटीलाई उचाइमा पुर्याइँदा मोरिन्ह्योमाथि दबाव पर्नु स्वाभाविक पनि हो। जुन अवस्थालाई उनको पतनको दोस्रो कारण भन्न सकिन्छ।आफ्नै खेलाडीहरूको आलोचना
म्यानचेस्टर युनाइटेडमा हुने पत्रकार सम्मेलनहरूमा उनी प्रस्तुत हुने शैली उनको टोलीको जस्तै प्रतिरक्षात्मक देखिन थाल्यो अझ केही आक्रोशसहित। उनी पहिलोपल्ट इङ्गल्यान्ड आउँदा सञ्चार जगत्ले दिने चासो उनलाई मन पर्थ्यो, तिनीहरू उनलाई माया गर्थे। उनको पहिलो सार्वजनिक उपस्थितीमा नै प्रेस जगत्ले उनलाई विशेष व्यक्ति \"द स्पेशल वान\" भन्ने उक्तिलाई महत्त्वका साथ फैलाइदिए। तर म्यानचेस्टर युनाइटेडमा हुँदा भएका उनका पछिल्ला पत्रकार सम्मेलन झन् झन् प्रतिरक्षात्मक बन्न थाले। त्यसो हुँदा उक्त क्लबका सार्वजनिक सम्बन्ध व्यवस्थापन गर्नेहरू पनि चिन्तित थिए। अझ चिन्ताजनक कुरो त उनले पत्रकार सम्मेलनहरूमा नै आफ्ना खेलाडीहरूको आलोचना गर्न थालेका थिए। जुन एकदमै जोखिमपूर्ण रणनीति हो। त्यो कुनै प्रतिभाशाली तर कमजोर प्रदर्शन गर्ने खेलाडीको हकमा त सकारात्मक हुन सक्ला सबैका हकमा भने होइन।असफलता
क्लबाको ड्रेसिङ रुपमा असन्तोष फैलिएको धेरै समय भैसकेको थियो। यो सिजनमा मोरिन्ह्योले क्लबका कुनै समयका सबैभन्दा महँगा खेलाडी पल पोग्बाविरुद्ध विशेष आक्रोश पोखे। फ्रान्समा विश्वस्तरका देखिएका उनी धेरैजसो बेन्चमा नै राखिए। पाँच करोड बीस लाख पाउन्डमा किनिएका फ्रेडले खासै खेलेका छैनन्। एलेक्सिस सान्चेजले खेल देखाउन सकेनन्। र मोरिन्ह्योले सान्चेज, पोग्बा र लुकाकुजस्ता प्रिमिएर लिगका सबैभन्दा धेरै पैसा पाउने मध्येका तीन खेलाडीबाट काम लिन सकेनन्। आइतवार लिभरपुलसँगको तीन-एकको हारले नै अन्त्यको सङ्केत गर्यो। जित्न सकिने सम्भावना भएका पाँचवटा खेल र ज्यानुअरीमा थप खेलाडी किन्न सकिने अवस्था बाँकी छँदै म्यानचेस्टर युनाइटेडको बोर्डले अवस्था थप खराब हुन नदिने हिसाबले सक्रियता देखाएको छ। तिनीहरूको निर्णयका पछाडि क्लबभन्दा कोही व्यक्ति ठूलो हुन सक्दैन भन्ने मान्यताले काम गरेको देखिन्छ। बीबीसी
प्रतिकृया लेख्नुहोस्: