Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

दल जुट्दा दुई हजार अस्थायी घर निर्माण

भक्तपुर, भूकम्पले क्षति पु¥याएका जोखिमयुक्त घर भत्काउन, भग्नावशेष हटाउन र अस्थायी आवास निर्माणका विभिन्न राजनीतिक दलका नेताहरु यतिखेर गाउँगाउँ पुगेका छन् । एमाले, एमाओवादी, नेकपा (माओवादी)सहितका दल भूकम्पपछि पीडितका लागि अस्थायी घरटहरा बनाउन गाउँगाउँ खटिएका हुन् । गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पले यहाँका घर, धार्मिक सम्पदा, विद्यालय र अन्य सरकारी भवनमा क्षति पुगेपछि एमाले र एमाओवादीले यही जेठ १० गतेदेखि श्रम शिविर सुरु गरेका थिए । एमालेले वरिष्ठ नेता झलनाथ खनालको प्रमुख जिम्मेवारीमा क्षेत्र नं १ मा केन्द्रीय सदस्य एवम् इन्चार्ज सोम मिश्र र क्षेत्र नं २ मा परशुराम मेघी गुरुङको नेतृत्वमा परिचालित ४०० जनाको टोलीले अहिलेसम्म भक्तपुरमा ७५० टहरा निर्माण गरेको छ । “जिल्लामा सञ्चालित दुइटै क्षेत्रका शिविरले अहिलेसम्म ७५० वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेको छ र भत्किएका विद्यालयको ३० वटा कक्षाकोठा निर्माण गरिदिएको छ ।” मिश्रले भने । टोलीले ३०० घर जोखिमयुक्त घर भत्काएको तथा घर, धार्मिकस्थल र विद्यालय गरी १०० वटाभन्दा बढी भवनको भग्नावशेष पन्छाएको एमालेले जनाएको छ । त्यसैगरी एमाले भ्रातृ सङ्गठन युवा सङ्घ र उद्योगमन्त्री महेश बस्नेतको पहलमा भक्तपुरमा क्षेत्र नं २ मा मात्रै एक हजार जस्ताको अस्थायी टहरा निर्माण गरेर हस्तान्तरण गरिएको छ । भत्किएका विद्यालयको अस्थायी टहरा निर्माणमा जुटेको अनेरास्ववियुले आठ कक्षाकोठा निर्माण गरेको र अभियान जारी रहेको भक्तपुरका उपाध्यक्ष जयराम बास्तोलाले बताए । त्यसैगरी एमाओवादीको नेतृत्वमा खटिएका पाँच माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पनि जिल्लामा छुट्टाछुट्टै टोली बनाएर भग्नावशेष हटाउने र अस्थायी आवास निर्माणमा सक्रिय भएका छन् । एमाओवादीले क्षेत्र नं १ मा पोलिटब्युरो सदस्य लेखराज भट्ट र क्षेत्र नं २ मा अर्का पोलिटब्युरो सदस्य रामचन्द्र झाको नेतृत्वमा ३०० कार्यकर्ता परिचालन गरेको छ । जोखिमयुक्त घर तथा संरचनालाई भत्काउने र भग्नावशेष हटाउने कार्यमा बढी प्राथमिकता दिएको माओवादीको संयुक्त टोलीले ३०० भन्दा बढी घरको भग्नावशेष हटाउनाका साथै ५०० भन्दा बढी अस्थायी आवास निर्माण गरेको एमाओवादीका अन्तर्राष्ट्रिय ब्युरो सदस्य निर्मल भट्टराईले जानकारी दिए । चन्द नेतृत्वको माओवादीले जिल्लामा सय कार्यकर्ता खटाएर भग्नावशेष हटाउने र टहरा निर्माणको कामलाई जारी राखेको छ । भक्तपुर इन्चार्ज क्षितिज मल्लले १५० घरको भग्नावशेष हटाउनाका साथै २५० भन्दा बढी टहरा निर्माण गरेर हस्तान्तरण गरिएको जानकारी दिए । कांग्रेसको सफाइ अभियान नेपाली काँग्रेसले भने साताव्यापी सरसफाइ अभियान सञ्चालन गरेर भग्नावशेष हटाउने काम सुरु गरेको भक्तपुर पार्टी अध्यक्ष गणेशमान चक्रधरले जानकारी दिनुभयो । राप्रपा र राप्रपा नेपालले पनि एक साताअघिदेखि सुडालबाट संयुक्त रुपमा सोही अभियान सुरु गरेका छन् । राप्रपा नेपालका केन्द्रीय सदस्य रामेश्वर थापाका अनुसार एक सातामा जिल्लाको दुवै क्षेत्रमा परिचालित २०० कार्यकर्ताले ३० अस्थायी टहरा निर्माण गरेका छन् । जोखिममा रहेको घर भत्काउने र भग्नावशेष हटाउने कामलाई पनि निरन्तरता दिइएको थापाको भनाइ छ । नेकपा (माले) पनि एक सातादेखि १०० कार्यकर्ता खटाएर जिल्लामा अस्थायी टहरा निर्माण तथा भग्नावशेष हटाउने काममा सक्रिय रहेको मालेका जिल्ला अध्यक्ष अदीप खड्काले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy