Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

'बढी जोखिमपूर्ण क्षेत्रमा विशेष सतर्कता अपनाऊ'

काठमाडौँ, भूकम्प प्रभावित १४ जिल्लाका पहिरोको जोखिम बढी भएका क्षेत्रमा तत्काल सतर्कता अपनाउन संसदीय समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

व्यवस्थापिका–संसद् मातहतको कृषि तथा जलस्रोत समितिको अाइतबारको बैठकले भूकम्पका कारण गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका उत्तरी क्षेत्रका अधिकांश बस्ती पहिरोको जोखिममा परेको भन्दै आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको हो ।

मुलुकभित्र १२ हजारभन्दा बढी स्थान पहिरोको जोखिममा परेको, त्यसले तराई तथा समथर क्षेत्रमा समेत डुबान ल्याउने भएकाले सचेतता अपनाउन र जोखिममा परेका बस्तीको तत्काल स्थानान्तरण गर्नसमेत सरकारको ध्यानाकर्षण गराइएको समितिका सभापति गगन थापाले जानकारी दिए ।

सभापति थापाले भूकम्प प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्न र आवश्यक तयारी गर्न समेत सरकारले विशेष ध्यान दिनुपर्ने बताए । समितिको बैठकमा सहभागी विज्ञ तथा भूगर्भविद्ले भूकम्पले प्रभाव पारेका क्षेत्रमा मिहिन अध्ययन गर्नुपर्ने र बस्ती विकासका लागि आवश्यक तयारी गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले जलाधार क्षेत्रको संरक्षण गरिए र आवश्यक पूर्वतयारी गरिए पहिरो तथा बाढीको जोखिमबाट पनि धेरै क्षेत्रलाई जोगाउन सकिने बताए । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव महेन्द्र गुरुङले भूकम्पले बढी नै प्रभाव पारेका १४ जिल्लामा वातावरणीय अध्ययनको काम सुरु भएको जानकारी दिँदै आगामी दुई महिनाभित्र प्रारम्भिक प्रतिवेदन आउने र चार महिनामा पूर्ण प्रतिवेदन आउने बताए । जलउत्पन्न प्रकोप नियन्त्रणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका केशवमान स्थापितले भिरालो तथा पहिरोको जोखिम रहेका क्षेत्रका बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने सुझाव दिए । समितिको बैठकमा धारणा राख्ने अधिकांश सांसदहरुले भूकम्पले प्रभाव पारेको क्षेत्रमा वर्षाको समयमा विषम समस्या अाउन सक्ने भएकाले समयमै ध्यान दिन आग्रह गरे । सांसदहरु कमलप्रसाद पङ्गेनी, डिल्लीप्रसाद काफ्ले, शिवकुमार मण्डल, कृष्ण धिताललगायतले सरकारले समयमा नै ध्यान नदिने हो भने वर्षाको समयमा भूकम्पले ल्याएकोभन्दा ठूलो विपत्ति आउनसक्ने तथ्यतर्फ ध्यानाकर्षण गराए । समितिले भूगर्भविद् तथा अन्य प्राविधिज्ञसँग निरन्तर छलफल गर्ने र सरकारलाई आवश्यक निर्देशन दिने तयारी गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending