Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

'बढी जोखिमपूर्ण क्षेत्रमा विशेष सतर्कता अपनाऊ'

काठमाडौँ, भूकम्प प्रभावित १४ जिल्लाका पहिरोको जोखिम बढी भएका क्षेत्रमा तत्काल सतर्कता अपनाउन संसदीय समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

व्यवस्थापिका–संसद् मातहतको कृषि तथा जलस्रोत समितिको अाइतबारको बैठकले भूकम्पका कारण गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका उत्तरी क्षेत्रका अधिकांश बस्ती पहिरोको जोखिममा परेको भन्दै आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको हो ।

मुलुकभित्र १२ हजारभन्दा बढी स्थान पहिरोको जोखिममा परेको, त्यसले तराई तथा समथर क्षेत्रमा समेत डुबान ल्याउने भएकाले सचेतता अपनाउन र जोखिममा परेका बस्तीको तत्काल स्थानान्तरण गर्नसमेत सरकारको ध्यानाकर्षण गराइएको समितिका सभापति गगन थापाले जानकारी दिए ।

सभापति थापाले भूकम्प प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्न र आवश्यक तयारी गर्न समेत सरकारले विशेष ध्यान दिनुपर्ने बताए । समितिको बैठकमा सहभागी विज्ञ तथा भूगर्भविद्ले भूकम्पले प्रभाव पारेका क्षेत्रमा मिहिन अध्ययन गर्नुपर्ने र बस्ती विकासका लागि आवश्यक तयारी गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले जलाधार क्षेत्रको संरक्षण गरिए र आवश्यक पूर्वतयारी गरिए पहिरो तथा बाढीको जोखिमबाट पनि धेरै क्षेत्रलाई जोगाउन सकिने बताए । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव महेन्द्र गुरुङले भूकम्पले बढी नै प्रभाव पारेका १४ जिल्लामा वातावरणीय अध्ययनको काम सुरु भएको जानकारी दिँदै आगामी दुई महिनाभित्र प्रारम्भिक प्रतिवेदन आउने र चार महिनामा पूर्ण प्रतिवेदन आउने बताए । जलउत्पन्न प्रकोप नियन्त्रणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका केशवमान स्थापितले भिरालो तथा पहिरोको जोखिम रहेका क्षेत्रका बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने सुझाव दिए । समितिको बैठकमा धारणा राख्ने अधिकांश सांसदहरुले भूकम्पले प्रभाव पारेको क्षेत्रमा वर्षाको समयमा विषम समस्या अाउन सक्ने भएकाले समयमै ध्यान दिन आग्रह गरे । सांसदहरु कमलप्रसाद पङ्गेनी, डिल्लीप्रसाद काफ्ले, शिवकुमार मण्डल, कृष्ण धिताललगायतले सरकारले समयमा नै ध्यान नदिने हो भने वर्षाको समयमा भूकम्पले ल्याएकोभन्दा ठूलो विपत्ति आउनसक्ने तथ्यतर्फ ध्यानाकर्षण गराए । समितिले भूगर्भविद् तथा अन्य प्राविधिज्ञसँग निरन्तर छलफल गर्ने र सरकारलाई आवश्यक निर्देशन दिने तयारी गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy