हाम्रो जन्मनै गाली संस्कृतीबाट भयो । गाली गर्नुलाई हामीले धर्म सम्झियौँ र बारम्बार गालिगरिरह्यौँ । भुकम्प गएको दिनबाट नै पिडितसँग दुख साट्दै हिडेका नेताहरु बाबुराम भट्टराई,माधब नेपाल,अग्नि सापकोटा र गगन थापा सामाजिक संजालमा सबै भन्दा बढि आलोचनाको पात्र बनेअस्तिताका हो गोर्खाको जिल्ला प्रशासन कार्यालयमा पुगेको थिए । सिडियो लगायतका उच्च तहका अधिकृतहरु छेकम्पारमा जस्ता र राहत सामाग्री आवश्यक पुर्याउन नसकिएको भन्दै गाविस सचिवलाई थर्काईरहेका थिए । बरा उनिहरु सुचनाबाट धेरै टाढा रहेछन् । उनको सुचना संयन्त्र देखेर खुब दया लागेर आएको थियो । छेकमबारबासीहरु भत्किएको घरहरु उठाएर, भत्किएका मनहरु टालेर खर्कतिर यार्सा टिप्नका लागि लागिसकेका थिए । यता सरोकारवालाहरु राहत सामाग्री भनेजति पुर्याउन नसकेको भन्दै खुईया–खुईया गर्दै थिए । भग्नावशेषबाट उठेर सामान्य जनजिवनतिर फर्कने छेकम्पारबासीलाई सलाम ! त्यसको केहि समयमा नै गोरखा नगरपालिका पुग्दा एकहुल मान्छेहरु हुलहुज्जत गर्दै चौरमा कार्यलय बनाएर बसेकी कार्यकारी अधिकृतसँग राहत नपुगेको गुनासो गरिरहेका थिए । आठदश वटा बाईकमा राहत पुगेन भनेर दवाब दिन नगरपालिका पुगेका युवाहरुको मगन्ते मानशिकता देखेर खुब दया लागेर आयो । गोरखाको उत्तरी गाविस छेकम्पार जहाँ अहिलेसम्म सडक पुगेको छैन । मान्छे हिडडुल गरेर बजार आउने बाटो समेत पहिरोले पुरिएको छ । त्यहाँका बासिन्दाहरु भुकम्पको पिडालाई भुलेर सामान्य जिवनमा फर्किसके यता गोरखा बजार नजिकका मान्छेहरु हातमा सुनका बाला लगाएर राहतका लागी नगरपालिका धाईरहेका थिए । देशका नेतालाई सधै मगन्ते भयो भन्दै गफ हान्नेहरुको मगन्ते मानसिकतालाई देखेर कुरीकुरी भन्न मन लागिरहेको थियो । हाम्रो जन्मनै गाली संस्कृतीबाट भयो । गाली गर्नुलाई हामीले धर्म सम्झियौँ र बारम्बार गालिगरिरह्यौँ । भुकम्प गएको दिनबाट नै पिडितसँग दुख साट्दै हिडेका नेताहरु बाबुराम भट्टराई,माधब नेपाल,अग्नि सापकोटा र गगन थापा सामाजिक संजालमा सबै भन्दा बढि आलोचनाको पात्र बने । हुन त हाम्रो तिर हिड्ने गोरुको पुच्छर निमोठ्ने पुरानै चलन हो क्यारे ? बाबुरामले ढुङ्गा फाल्दा ,गल उचाल्दा नाटक पार्यो भन्नेहरुले कहिल्यै पनि ढुङ्गा समाएनन् ,गल उचालेनन् बरु घन समातेर हानिरहे बाबुरामको टाउकोमा हामीलाई सुरुवाटै राम्रो फुलहरु चुडालेर फाल्ने संस्कार जो सिकाईएको छ । उत्ता गगनले प्रचारका लागी काम गर्यो भनेर गनगन गर्नेहरुले फेसबुक , ट्विटरमा प्रतिशोत ओकलीरहदा उनि टहरा बनाईरहेका हुन्थे । निरन्तर जनताकोमा गएर काम गर्ने बाबुराम , माधब ,अग्नि र गगनहरुलाई बेईमान र ढलेको सिन्को नउठाउनेहरुलाई सामाजिक संजालमा बसेर गाली गर्दैमा ईमान्दार बनाउन हामीलाई भ्याई नभ्याई थियो ।
काट्नुपर्नेछ पाकेका धानहरु ,गोड्नुपर्नेछ मकैहरु र बनाउपर्नेछ घरहरु ,बगाउनुपर्ने छ पसिना र फर्कनुपर्नेछ सामान्य जिवनतिरमहाभुकम्प गएको पनि दुई महिना पुग्न लागिसकेको छ । हाम्रो समाज अझै त्रिपालको लुछाचुडीमा अल्झिएको छ । त्रिपाल बासका लागी हैन अब हामीलाई बिस्कुन सुकाउनका लागी आवश्यक छ । खेतमा जुडी धान पाकेर झर्ने बेला भैसक्यो, हामी राहतमा आएको दुईचार किलो चामल र दुईचार थान चाउचाउ पाउने आशमा घण्टौँ हिडेर बजार पुगिरहेका छौँ । गोडमेलको अभाबमा झारले डुवाएको मकै गोड्न छाडेर हामी राहत आउने आसमा बाटो हेरेर बसेका छौँ । अनि हामी कसरी उठ्न सक्छौँ भग्नाबषेशबाट ? हामी हाम्रो खेतमा भएको धान ढलेको मेसो पाउदैनौँ ,झारले मकै मरेको भ्याउ पाउदैनौँ अनि कसरी अगाडी बढ्न सक्छौँ ? त्यसैले अब हामी फेरी उठ्ने हो भने एकपटक कम्मर कस्नुपर्नेछ । काट्नुपर्नेछ पाकेका धानहरु ,गोड्नुपर्नेछ मकैहरु र बनाउपर्नेछ घरहरु ,बगाउनुपर्ने छ पसिना र फर्कनुपर्नेछ सामान्य जिवनतिर । दुईचार किलो चामल,चाउचाउ र त्रिपालका लागी हामी कतिन्जेल मगन्ते बन्ने ? मागेर कतिन्जेल जिन्दगी चल्छ ? आउनुहोस हामी एकपटक पहिले भन्दा अलिक बढी पसिना बगाऔँ र फलाऔँ माटोमा नै हाम्रा खुशिहरु अनि मात्र हामीले हाम्रो जिन्दगीलाई सुन्दर बनाउन सक्छौँ । वा भनौँ श्रम गर्नेहरुप्रति सम्मान संस्कृतीको निर्माण गर्न सक्छौँ । आउनुहोस हातेमालो गरौँ । हाम्रा लागी हामी आँफै केहि गर्न सक्छौँ । यो अबसर पनि हो हामीलाई प्रगती पथमा लम्कने ।
प्रतिकृया लेख्नुहोस्: