Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

माओवादी आक्रमणबाट घाइतेहरुको उद्धारमा रोल्पा पुग्दा

जनयुद्धको उद्गम हो, रोल्पा। त्यसैले रोल्पालाई नेपाली सञ्चारमाध्यमले माओवादीको ‘राजधानी’ को सङ्ज्ञा पनि दिने गरेका थिए। माओवादीको सो राजधानीमा युद्धकालीन एक दशकमा म कतिपल्ट पुगें, त्यसको हिसाबकिताब छैन। सदरमुकाम लिवाङलगायत रोल्पाका विभिन्न गाउँमा पटकपटक पुगेर त्यहाँको भूगोल, जनजीवन र समग्र परिवेशसँग साक्षात्कार गरेको छु। २०५६ फागुन ९ गते रोल्पाको घर्तीगाउँ पुग्दा अवस्था सामान्य थिएन। अत्यन्तै विभत्स अवस्थासँग मैले साक्षात्कार गर्नुपर्यो। अघिल्लो रात माओवादी र प्रहरीबीच भएको भिडन्तको ज्वार सेलाउनसम्म नपाउँदै घाइते प्रहरीहरूको उद्धार गर्न बिहानै हामी घर्तीगाउँ पुगेका थियौं। [caption id=\"attachment_223938\" align=\"alignleft\" width=\"569\"]\"\" क्याप्टेन– रामेश्वर थापाद्वारा लिखित पुस्तक[/caption] त्यहाँ घाइतेहरू पीडाले चिच्याइरहेका थिए भने प्रहरीका लासहरू यत्रतत्र छरिएका थिए। माओवादीले जलाएको चौकी भत्केको अवस्थामा थियो। चौकीका प्रमुख प्रहरी निरीक्षक नै मारिएपछि बाँचेकाहरूले पनि माओवादीसँग आत्मसमर्पण गरेका रहेछन्। एक प्रहरी भन्दै थिए, ‘अन्तिम समयसम्म इन्सपेक्टर सा’बले लड्न छाड्नुभएन। माओवादीविरुद्ध प्रतिकार गर्दागर्दै मारिनुभयो।’
सदरमुकाम लिवाङबाट मात्रै ७ घन्टाको पैदल दूरीमा रहेको घर्तीगाउँमा प्रहरी निरीक्षकको कमान्डमा इलाका प्रहरी कार्यालय थियो। त्यहाँ अत्यन्तै साहसी प्रहरी निरीक्षक श्रीराम आचार्यले नेतृत्व गरेका थिए। उनको चौकीमा ५०–६० जनाको प्रहरी जनशक्ति थियो।
सानो बजारका घरहरू गुचुमुच्च देखिन्थे। बजारबाट अलिकति माथि पथ्र्यो चौकी। चौकीको चारैतिर सेन्ट्री पोस्ट राखिएको थियो भने वरिपरि ‘माइन’ बिछ्याइएको थियो। घर्तीगाउँबाट झन्डै एक घन्टाको पैदल दूरीमा रहेको भावाङमा दङ्गा प्रहरीको बेसक्याम्प पनि थियो। प्रहरी चौकीमा आक्रमण गरेर हतियार लुट्ने अनि गाउँ–गाउँका चौकी विस्थापित गर्ने अभियानमा लागेको माओवादीको नजरमा घर्तीगाउँ चौकी टाउको दुखाइ बनेको थियो। दाङको होलेरी हुँदै या लिवाङबाट आउँदा–जाँदा घर्तीगाउँ एउटा मुख्य नाका थियो। यहाँ प्रहरीको बलियो उपस्थितिले लडाकु आवतजावतमा पनि जबरजस्त व्यवधान पुगिरहेको थियो। धेरैपटक त्यहाँको प्रहरी जनशक्तिका लागि राशन र एम्युनिसन लिएर पुग्दा प्रहरी निरीक्षक श्रीराम आचार्यसँग कुराकानी हुन्थ्यो। उनी माओवादी गतिविधि नियन्त्रण गर्न दिलोज्यानले लाग्ने प्रण गर्थे। घर्तीगाउँको समुदायसँग राम्रोसँग भिजिसकेका थिए, उनी। आचार्यको आचरणका कारण प्रहरीलाई हेर्ने जनताको दृष्टिकोण पनि सकारात्मक पाइन्थ्यो। त्यसकारण पनि आचार्यलाई माओवादीले ‘टार्गेट’ बनाएका थिए। फागुन ८ गते मध्यरातमा माओवादीले घर्तीगाउँ प्रहरी चौकी घेरेर आक्रमण शुरु गर्यो। उद्धारका क्रममा घाइते प्रहरीले बताएअनुसार बाजागाजासहित स्थानीयवासीलाई सुरक्षा कवजका रूपमा सबैभन्दा अगाडि लगाएर माओवादीले रातको एक बजे हमला बोलेका रहेछन्। ३ घन्टासम्म घमासान लडाइँ चलेको रहेछ। हमलामा प्रहरी निरीक्षक आचार्यसहित १५ जना प्रहरी मारिए। आत्मसमर्पण गरेका भए आचार्य बाँच्न सक्ने रहेछन् तर उनी अन्तिम साससम्म डटेरै लडेछन्। बिहानै घटनास्थल पुगेर घाइतेहरूलाई नेपालगन्ज छाडेपछि पुनः त्यसै दिन थप प्रहरी शक्तिसहित हामी घर्तीगाउँ पुगेका थियौं। फागुन २०५६ घर्तीगाउँ, रोल्पा (क्याप्टेन रामेश्वर थापाको संस्मरण पुस्तक ‘बारुदमाथि उड्दा’ बुक–हिलले बजारमा ल्याएको छ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending