Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

नेपाल–जापान सम्बन्धमा नयाँ आयाम : साकाता

काठमाडौं । जापानी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय प्रेस महाशाखाका निर्देशक नात्सुको साकाताले जापानी विदेशमन्त्री तारो कोनोको हालको भ्रमणले जापान–नेपाल सम्बन्धमा नयाँ आयाम थपिएको प्रतिक्रिया दिनुभएको छ । जापानी विदेशमन्त्रीको भ्रमण दलमा रहनुभएकी साकाताले आज साँझ यहाँ नेपाली सञ्चारमाध्यमका केही सम्पादकसँगको कुराकानीमा भन्नुभयो, “यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको छ र यसले आगामी दिनमा उच्चस्तरीय भ्रमणको आदानप्रदानका साथै जनताबीचका सम्बन्ध विस्तारमा पनि थप प्रगतिको ढोका खोलेको छ ।” लामो समयदेखि दुई देशका उच्च राजनीतिक तहमा भ्रमण आदानप्रदान र भेटवार्ता हुन नसकेकामा आगामी दिनमा त्यसले निरन्तरता पाउने र दुई देशबीच आज सम्पन्न भएको हवाई सम्झौताले नेपाल र जापानबीच भ्रमण र आदानप्रदानमा टेवा पुग्ने उनको धारणा थियो । जापान नेपालको हितैषी मित्रराष्ट्र र एक प्रमुख दाता राष्टका रुपमा विगत दशकौँदेखि नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा विविध क्षेत्रमा सहयोग पु¥याउँदै आएको उजले स्मरण गरे । समृद्ध नेपाल देख्ने जापानको चाहना हो भन्दै यसका लागि जापानले नेपाललाई विगतदेखिको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए । उनले जापानले हालै मात्र आफ्नो देशको श्रम कानुनमा परिवर्तन गरी नेपाललाई पनि जापानलाई आवश्यक पर्ने मानव स्रोत लैजाने देशको सूचीमा राखेको जानकारी दिँदै यसबाट नेपालका दक्ष जनशक्तिले जापानको श्रम बजारमा काम पाउने धारणा राखे । उनका अनुसार यसरी लाने जनशक्तिको छनोटको संरचना भने जापानका विभिन्न मन्त्रालय र त्यससँग सम्बन्धित विभाग वा क्षेत्रले तोक्ने बताए । आगामी अप्रिल महीनादेखि त्यसको प्रक्रिया शुरु हुने र यसका लागि नेपालसहित नौ देशका मानवस्रोत जापान लैजाने उनले जानकारी दिए । विभिन्न १४ क्षेत्रमा कार्यरत नेपाली दक्ष जनशक्तिलाई जापानले आफ्ना श्रम शक्तिको सूचीमा राखेको उनले बताए । ती क्षेत्रमध्ये निर्माण क्षेत्र, उद्योग र कलकारखानाका कामदार, कृषि, माछापालन, अटोमोबाइल, होटल ट्राभल्सलगायतका सेवा क्षेत्र, निर्माण सामग्री, खाद्यान्न उत्पादनलगायतका रहेका छन् । यी जनशक्तिलाई जापान लैजाने विषयमा आवश्यकस्वरुप, छनोटका आधार छिट्टै नै तय गरिने उनले जानकारी दिए । छनोटका प्रमुख दुई आधारमा पहिलो सम्बन्धित क्षेत्रमा ती जनशक्तिले आर्जन गरेको दक्षता र अर्को जापानी भाषाको सीप रहने उाको भनाइ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending