Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सेती नदीमा चार थरी मापदण्ड

पोखरा । पोखराको मध्य भाग भएर गहिरिँदै बग्ने सेती नदीमा ४ थरी मापदण्ड बनाउने निर्णय पोखरा महानगरले गरेको छ। जहाँ सबैभन्दा धेरै अतिक्रमण भएको छ, त्यहीं त्यसैलाई मान्यता दिने गरी महानगरले मापदण्ड बनाएको हो। अाजकाे अन्न्पुर्ण पाेष्ट दलैनिकमा खबर छ - ५, १०, २५ र ३० मिटर मापदण्ड कायम गरेको महानगरले विज्ञ समितिको सिफारिसविपरीत निर्णय गरेको भन्दै विज्ञ समितिका सदस्यले नै असहमति जनाएका छन्। समितिले सेती नदी वरपरको कमजोर भौगोलिक अवस्थालाई ध्यानमा राखेर नदी किनारको मापदण्ड ५० मिटर दायाँबायाँ भौतिक संरचना बनाउन नहुने सुझाएको थियो। समितिका आमन्त्रित सदस्य तथा भूगोलविद् डा. कृष्ण केसीले सबैभन्दा जोखिम मानिएको राम मन्दिरदेखि पुरानोसाँगु क्षेत्रमै सबैभन्दा कम ५ मिटर मापदण्ड राख्नुले ठूलो जोखिम निम्त्याउने सुनाए। खानी तथा भूगर्भ विभाग र जिओसाइन्स अफ इन्स्टिच्युटस अफ जर्मनीको संयुक्त अध्ययन टोलीले सन् १९९८ मा पोखराको विस्तृत भौगर्भिक अध्ययन गरी यहाँका जोखिम क्षेत्र पहिल्याएको थियो। त्यही टोलीको रिपोर्टमा सेती नदी किनार क्षेत्रमा भौतिक संरचना बनाउनु निकै जोखिम भनिएको केसी सुनाउँछन्। सेती नदीको गहिराइ र नदीले दायाँबायाँ अधिक कटान गरेकै कारण ढिक खस्ने र भासिने जनाउँदै संयुक्त अध्ययन टोलीले सेती नदी किनारबाट सय मिटर जोखिम हुने बताएको थियो। यद्यपि यसअघि ५०/५० मिटर दायाँबायाँ घरलगायत संरचना नबनाउने मापदण्ड पोखरामा थियो। यसअघि पोखरा उपत्यका नगर विकास समितिले मापदण्ड बनाउने र नगरपालिकाले कार्यान्वयन गर्ने चलन थियो। स्थानीय सरकारको हैसियतमा आएपछि महानगर आफैंले मापदण्ड तय गरेको हो। ‘पुरानो र बाक्लो बस्ती भएको ठाउँमा मापदण्ड ५० मिटर नै कायम गरेर पुराना घरलाई नभत्काउने र नयाँ घर बनाउँदा ५० मिटर कायम गराउने सुझाव समितिले दिएको थियो’, डा. केसीले भने। मापदण्ड कायम गर्ने क्रममा महानगरले पुरानो र बाक्लो बस्ती भएको सेती नदी किनार क्षेत्रमा कम मापदण्ड कायम गरेको हो। सबैभन्दा कम मापदण्ड महेन्द्रपुल हुँदै राम मन्दिर तुलसीघाटसम्म ५ मिटर छ। यसैगरी जौबारी बाँधदेखि केआईसिंह पुलसम्म १० मिटर तोकिएको छ। कालीखोलाको साँधदेखि नारायणस्थानसम्म २५ मिटर र अन्य ठाउँमा ३० मिटर कायम गरिएको छ। पुरानो बस्ती, नक्सापास भएका र बाक्लो बस्ती भएको स्थानलाई ध्यानमा राखेर सेती नदीको नयाँ मापदण्ड कायम गरेको मेयर मानबहादुर जिसीले अन्नपूर्णसँग बताए। सुरक्षाका दृष्टिले कमजोर ठाउँलाई भन्दा पनि महानगरले पुरानो बस्ती र नक्सा पास गरेर बनाएकोलाई आधार बनाएको पाइएको छ। जोखिम मानिएको सेती नदीमा ५ मिटरदेखि ३० मिटरसम्म मापदण्ड कायम गरेको महानगरले पोखराको फिर्के र बुलौंदी दुवै खोलामा भने दायाँबायाँ १०/१० मिटर मापदण्ड कायम गरेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy