Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

गुटगत स्वार्थमा नेविसंघ

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आउन एक महिना मात्रै बाँकी छ। तर नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टी नेताको स्वार्थको सिकारमा परेका छन्। दोस्रो पटक घोषित समयमा पनि महाधिवेशन गर्न नसकिएपछि नेविसंघभित्र भाँडभैलो छ। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - पार्टी सभापति शेरबहादुर देउवाले १० गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले नेविसंघबारे ठोस निर्णय गर्ने भन्दै नेविसंघका पदाधिकारीलाई थामथुम पार्दै आएका छन्। दोस्रो पटक घोषित महाधिवेशन २८ पुसमा सम्भव नदेखिएपछि नेविसंघका आठ पदाधिकारीले २७ पुसमा सभापति देउवालाई भेटेर राजीनामा दिएका थिए। राजीनामा दिने पदाधिकारी सबै सभापति देउवा पक्षमै देखिएका थिए। बुधबार मात्रै माघ १० सम्म कामचलाउमा परिणत भएपछि बिहीबार बिहानै नेविसंघको काठमाडौं अध्यक्षसहितको एउटा खेमाका विद्यार्थी नेता सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलकहाँ पुगेर धर्ना दिए। उनीहरूले तदर्थ समिति बनाउन माग गरेका थिए। नेविसंघ अध्यक्ष नैनसिंह महर पनि देउवा निकट हुन्। महरले वर्तमान कार्यसमिति निर्वाचित भएकाले आफ्नो नेतृत्वले महाधिवेशन गराउन पाउनुपर्छ भन्नेमा जोड दिएका छन्। तर उनकै पक्षका पदाधिकारीले यो कार्यसमितिले महाधिवेशन गराउन नसकेको भन्दै राजीनामा दिएका छन्। यता वरिष्ठ नेता पौडेल पक्षका नेविसंघ सदस्यले समेत २८ पुसपछि सामूहिक राजीनामा दिएका छन्। उनीहरूले पनि कार्यसमितिले महाधिवेशन गर्न नसकेको आरोप लगाएका छन्। पार्टीले सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा नेविसंघ निर्देशक समिति गठन गरेको थियो। समितिले अब नेविसंघमा ३२ बर्से उमेरहद लगाउने प्रस्ताव गरेर बहुमतबाट पारित गराएका थिए। फागुनमा स्ववियु निर्वाचन हुने भएकाले नेविसंघको महाधिवेशन चैतपछि मात्रै हुने देखिन्छ। यही नेतृत्वलाई निरन्तरता दिएर स्ववियु निर्वाचनमा जाने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा पार्टीको केन्द्रीय शीर्ष नेता बाँडिएका हुन्। अर्का नेता कृष्णप्रसाद सिटौला भने वर्तमान कार्यसमितिलाई नै म्याद थपेर महाधिवेशन गराउनुपर्ने पक्षमा छन्। सभापति देउवा भने महाधिवेशन गराउने पक्षमा देखिए पनि उनी पक्षकै केही नेता विभाजित छन्। सभापति देउवा र महामन्त्री पूर्णबहादुर खड्का महर नेतृत्वकै कार्यसमितिले महाधिवेशन गराउनुपर्ने पक्षमा छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE