Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

युएइसँग अन्तराष्ट्रिय सिरिज खेल्न टोली प्रस्थान : कोको परे टिममा ?

काठमाडौं । युएईसँग अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई विदाई गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा क्रिकेट टोलीलाई विदाई गरिएको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले विदाइ गरे । नेपाली टीम आज साँझ युएई प्रस्थान गर्दै छ । विदाइपछि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले युएईसँगको सिरिज नेपालका लागि महत्वपूर्ण रहेको बताए । उनले भने, ‘अर्को एउटा खेल खेलेको वित्तिकै पनि नेपाल एक दिवसीय वरियतामा आउने हुदा हाम्रो लागि यो सिरिज निकै महत्वपूर्ण छ ।’ युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने छ । नेपाली क्रिकेट टिमका कप्तान पारसले युएई र नेपालको खेल एउटै स्तरको भएको कारण सिरिज जित्ने दाबी गरे । पारसले भने, ‘पछिल्लो ३–४ वर्षलाई हेर्ने हो भने हामी युएईसँग ५०–५० मै छौं ।’ नेपालले यूएईसँग ३ वटा एक दिवसीय र ३ वटा टी–२० क्रिकेटको सिरिज खेल्नेछ। यस्तो छ नेपालले यूएईसँग खेल्ने तालिका माघ ११ गतेः पहिलो एक दिवसीय माघ १२ गतेः दोस्रो एक दिवसीय माघ १४ गतेः तेस्रो एकदिवसीय माघ १७ गतेः पहिलो टी–२० माघ १८ गतेः दोस्रो टी २० माघ २० गतेः तेस्रो टी २० को–को छन् नेपाली टोलीमा ? पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अविनाश बोहरा, बसन्त रेग्मी, भिम सार्की, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा वैकल्पिक खेलाडीः सुशन भारी ललित भण्डारी बिक्रम सोब यूएईको टोलीः मोहमद नाभिद (कप्तान), मोहमद उस्मान (उपकप्तान), अश्फाग अहमेद, चिराग सुरी, शाइमन अनवार, मोहमद बोटा, घुलाम शब्बर,इमरान हैदर, ताहिर मुघाल, अमीर हायत, जाहोर खान, क्वाडेर अहमेद, फहाद नवाज, अब्दुल शाकुर, सुल्तान अहमेद र सिपी रिजवान  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending