Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

काठमाडौं उपत्यकामा २१ हजार सीसीटीभी आवश्यक

काठमाडौं । उपत्यकालाई सुरक्षित सहर बनाउन कति वटा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) आवश्यक पर्ला ? प्रहरीको एक टोलीले महिना दिन अध्ययन गरेर सीसीटीभी संख्या यकिन गरेको छ। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक दिवाकर सिंहको नेतृत्वमा प्राविधिक टोलीले गरेको अध्ययनमा उपत्यकामा २१ हजार चार सय ४१ वटा सीसीटीभी आवश्यक पर्ने देखिएको छ। यसका लागि करिब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। अध्ययन टोलीले गुगल म्यापमा समेटिएको उपत्यकाको नक्सा भिडाएर अध्ययन गरेको छ। यसअनुसार काठमाडौंमा ९ हजार १ सय १७, ललितपुरमा ६ हजार ३ सय ३९ र भक्तपुरमा ५ हजार ९ सय ८५ वटा सीसीटीभी आवश्यक देखिएको छ। बहुवर्षीय योजनाअनुसार प्राविधिक टोलीले अध्ययन गरी प्रतिवेदन तयार गरेको छ। यसअनुसार सीसीटीभी राख्ने स्थानलाई उपत्यकालाई तीन भागमा विभाजन गरिएको छ। मुख्य, सहायक र कार्यक्रम स्थल गरी तीन भागमा विभाजन गरेर सीसीटीभी जडान गर्नुपर्छ। यो बहुवर्षीय योजना पूरा गर्न कम्तीमा १५ वर्ष लाग्ने महानगरीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीले जानकारी दिए। प्रहरीले अध्ययन गर्दा व्यक्तिको गोपनीयताको हकलाई समेत समेटेको छ। ‘आपराधिक घटना वा दुर्घटनाको अनुसन्धान गर्दा मात्रै सीसीटीभीको अध्ययन गर्छौं। बाँकी समय रेकर्ड मात्रै राख्छौं’, उनले भने। प्रतिवेदनअनुसार अब राखिने सीसीटीभी चार वा त्योभन्दा बढी मेगापिक्सेलका हुनुपर्ने औंल्याइएको छ, जसलाई रातिमा पनि चलाउन मिल्छ। सीसीटीभी मनिटरिङ कक्ष भने काठमाडौंमै राख्ने योजना छ। प्रतिवेदन अनुसार सीसीटीभी निर्देशिकाले औंल्याए जस्तै एउटा सीसीटीभीको कम्तीमा ९० दिनसम्म रेकर्ड रहन्छ। सीसीटीभी मनिटरिङ गरिसकेपछि कार्यक्षेत्रमा पठाउन १ सय ६२ वटा थप कन्ट्रोल रुम भेहिकल (सीआरभी) आवश्यक रहेको अध्ययन टोलीले औंल्याएको छ। अहिले उपत्यकामा ६७ वटा मात्रै सीआरभी छन्। सीसीटीभी उपत्यकामा जडान भए सडकमा चलायमान हुने अधिकांश वस्तु सीसीटीभीको रेकर्डमा बस्नेछन्। विशेषगरी रिङरोडभित्रका संवेदनशील स्थान, व्यापारिक केन्द्र वा प्रतिष्ठान, सरकारी भवन, स्कुल कलेज, मठमन्दिरलगायत स्थानलाई सीसीटीभीले घेर्ने डीआईजी क्षेत्रीले बताए। तर यी स्थानका भित्री गतिविधि निगरानीमा नरहने उनले बताए। सहरका भित्री गल्ली, चौतारो, पाटीपौवा र रिङरोडबाहिरका मुख्यमुख्य चोक र सडकलाई सीसीटीभीले घेर्ने गरी प्रतिवेदन सुझाव दिएको छ। ‘हामीले जंगलले ओगटेको भूभाग, खेतीयोग्य जमिन, मानव बस्ती नभएका क्षेत्रलाई भने समेठेका छैनौं’, उनले भने, ‘बाँकी उपत्यकालाई छपक्कै ढाक्ने गरी योजना तयार पारिएको छ।’ अहिले उपत्यकामा प्रहरीले राखेका चार सय ६० वटा सीसीटीभी छन्। यीमध्ये चार सय २० चालू छन्। अहिले जडित सबै सीसीटीभी दुई मेगापिक्सेल क्यामेराका हुन्। प्रहरीले तयार पारेको प्रतिवेदन प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई बुझाउने तयारी गरेको छ। प्रहरी मुख्यालयले गुरुयोजना गृह मन्त्रालयमा प्रतिवेदन बुझाउँदै छ। ‘यो योजनाले पूर्णता पाए सुरक्षित उपत्यकाको परिकल्पना पूरा हुनेछ, ‘क्षेत्रीले भने, ‘यसका लागि सरकारी तहबाट बजेटको व्यवस्था हुनुपर्छ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE