माघ २० गते, २०७५ आइतवार 3rd February, 2019 Sun०९:२८:०७ मा प्रकाशित
कागतीको रसमा पाइने गुणको बारेमा त तपाईंमध्ये धेरैले पढिसक्नुभयो होला तर के तपाईंलाई थाहा छ, कागतीको बोक्रा पनि गुणको खानी हो भनेर । कागतीको रस निचोरेपछि हामी त्यसको बोक्रालाई काम लाग्दैन भन्दै डस्टबिनमा हाल्ने गर्दछौँ तर यहाँ दिइएको सामग्री पढिसकेपछि अब सायद तपाईंले त्यसो नगर्नुहोला ।
१. हड्डी बलियो बनाउँछः
कागतीको बोक्राले तपाईंको हड्डीलाई बलियो बनाउँछ यसमा उच्च मात्रामा क्याल्सियम र भिटामिन ‘सि’ हुने गर्दछ जसले हड्डीलाई स्वस्थ राख्नमा मद्दत गर्दछ । यसका साथै हड्डीजस्तो जोडिएको रोग जस्तै ओस्टियोपोरोसिस। रहेयुमेटयड अर्थराइटिस र इन्फ्लेमेटरी पोलीअर्थराइटिसबाट पनि बचाउन सहयोग गर्दछ ।
२. अक्सिडेटिभ स्ट्रेसलाई टाढा राख्छः
अक्सिडेटिभ स्ट्रेसलाई टाढा राख्नका लागि कागतीको बोक्राले निकै सहयोग गर्ने गर्दछ । यसमा उच्च मात्रामा फ्लेवानायड हुने भएका कारण अक्सिडेटिभ स्ट्रेसबाट शरिरलाई टाढा राख्ने गर्दछ ।
३. टक्सिन हटाउँछः
हाम्रो शरिरमा थुप्रै विषालु पदार्थ अर्थात टक्सिन हुने गर्दछ । यस्तो पदार्थले हाम्रो शरिरलाई भित्रैदेखि कमजोर बनाउनुका साथै हाम्रो शरिरभित्र अल्कोहल र अन्य थुप्रै हानिकारक खाद्य पदार्थलाई नष्ट गर्ने गर्दछ कागतीको बोक्रा आफ्नो अमिलो स्वाद र स्वभावका कारण यस्तो विषालु पदार्थलाई टाढा राख्न मद्दत गर्दछ ।
४. क्यान्सरसँग लड्छः
यो विषयमा धेरै थोरै मानिसहरुलाई जानकारी छ तर कागतीको बोक्राले क्यान्सरबाट बचाउन र यसको उपचारमा निकै मद्दत गर्दछ । यसमा पाइने तत्वले क्यान्सरको कोशिकासँग लड्न सहयोग पुर्याउँछ ।
५. कोलेस्ट्रोल घटाउँछः
यसले कोलेस्ट्रोलको मात्रालाई घटाउन सहयोग पुर्याउँछ । शरिरमा कोलेस्ट्रोलको मात्रा अत्यधिक हुँदा यसले मुटुलाई स्वस्थ हुनबाट रोक्छ । कागतीको बोक्रामा पाइने पोलिफिनलले कोलेस्ट्रोललाई कम गरेर तपाईंको शरिरलाई स्वस्थ रहन मद्दत गर्दछ ।
६. मुटुलाई राख्छ स्वस्थः
कागतीको बोक्रामा पाइने पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्दछ । सहि रक्तचापले हाम्रो मुटुलाई पनि स्वस्थ राख्दछ । यसका साथै कागतीको बोक्राले हाम्रो मुटुलाई धड्कनलाई सहि मात्रामा राख्ने गर्दछ भने मधुमेहबाट पनि टाढा राख्दछ ।
७. मुखको स्वास्थयलाई पनि राख्छ सहिः
मुखको स्वास्थयलाई ठिक ठाउँमा राख्नका लागि कागती निकै महत्वपूर्ण मानिन्छ । भिटामिन सि को कमीले कमजोर दाँत र गिजाबाट रगत आउने समस्या हुने गर्दछ । भिटामिन सि को कमीले ‘स्कर्भी’ र ‘जिंजिविटस’ हुने गर्दछ । कागतीको बोक्रामा सिट्रिक एसिड अत्यधिक हुने भएकाले यसले भिटामिन सिको कमीबाट हुने हानीलाई भरपाइको मद्दत गर्दछ । यसले दाँत र गिजासँग सम्बन्धित रोगलाई पनि टाढा राख्दछ ।
८. तौल घटाउँछः
कागतीको बोक्राले तौल घटाउनमा पनि मद्दत गर्दछ । यसमा पेक्टिन नामको तत्व पाइने गर्दछ जसले शरिरमा जमेको अनावश्यक बोसोलाई घटाउने काम गर्दछ । यदि तपाईं आफ्नो तौल घटाउन चाहनुहुन्छ भने कागतीको बोक्राको अवश्य सेवन गर्नुहोस् ।
९.सुन्दर छालाः
एक्ने, पिग्मेन्टेसन र गहिरो निशानाबाट बाट बच्नका लागि कागतीको बोक्रा लाभदायक हुने गर्दछ । यसका पाइने फ्री–रेडिकल्सले यो प्रक्रियामा निकै महत्वपूर्ण भूमिका निभाउने गर्दछ । यसका साथै यसमा पाइने एन्टि अक्सिडेन्ट्सले छालालाई डिटक्सिफाई गर्ने गर्दछ जसले तपाईंको छाला स्वस्थ र चम्किलो हुने गर्दछ ।
१०. अन्य फाइदाः
यसका साथसाथै कागतीको बोक्राले कलेजोर्ला पनि सफा राख्छ, कानको संक्रमणलाई टाढा राख्छ, रक्त प्रवाहलाई सुचारु गर्दछ, मांसपेशीलाई बलियो बनाउँछ र यसले पक्षघातलाई पनि टाढा राख्नमा मद्दत गर्दछ ।
तस्बिरः गेट्टी इमेजेज
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: