Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या

लम्की। कैलालीकी पार्वती धामीको १४ वर्षको उमेरमा विवाह भयो । त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो । पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान छोरी जन्मियो । त्यसपछि ३० वर्ष नपुग्दै उनका चार सन्तान भए । सुत्केरी अवस्थामा पोषिलो खानपान र स्याहारसुसार नपाएका कारण उनको स्वास्थ्यमा समस्या सिर्जना भयो । पार्वतीले ३५ वर्षकै उमेरमा पाठेघर फाल्नुपरेको घटना सुनाउँंदै भनिन् – \'त्यो बेला सानैमा विवाह गरिदिए । सानै उमेरमा गर्भवती भएकै कारण मेरो पाठेघर फाल्नुपर्याे ।\'त्यतिखेर पोषिलो खानेकुरा खान पाएको भए, विवाहपछि पनि विद्यालय पढ्न पाएको भए जीवन फरक हुन्थ्यो होला भन्ने उनलाई अहिले पनि लाग्छ । अहिले ४५ वर्ष पुगेकी पार्वतीले भनिन् – \'कक्षा ७ मा पढ्दा पढ्दै विवाह भयो । विवाह पछि पढ्न पाइएन ।\' अहिले उनलाई कम्मर दुख्ने, आखा कम देख्ने, हातखुट्टा दुख्ने जस्ता समस्याले सताइरहन्छन् । नियमित काम पनि गर्न कठिन रहेको र औषधिको सहारामा बाँचेरहेको उनी बताउँछिन् । लम्कीकी धना जैसीको पनि महिनावारी नहुँदै १३ वर्षको उमेरमा विवाह भएको थियो । धना १३ वर्षकी हुँदा उनका श्रीमान् रघुनाथ जैसी १५ वर्षका थिए । विवाह लगत्तै धना गर्भवती भइन् । त्यसपछि उनका श्रीमान् रघुनाथ धन कमाउन भारत गए । भारतमा उनले गाडी चालकको काम गर्थे । वर्षमा एकपटक घर आउँथे । धनाले लगातार नौ बच्चा जन्माइन् । पाँच बच्चाको स्याहार र उपचार नपाएर बाँचेनन् । उनका चार बच्चाले राम्ररी पढ्न लेख्न पाएनन् । उनले भनिन् – \'श्रीमान्को कमाइले घर चलाउनै धौधौ भयो । कसरी छोराछोरी विद्यालय पठाउनु रु वरिपरिका हुनेखाने परिवारका बच्चाहरु त पढ्न जान्थे । मेरा केटाकेटीले त पेटभरि खान पनि पाएनन् ।\' जोशीपुरकी रमिला चौधरीले विद्यालय पढ्दा पढ्दै प्रेम गरेर १५ वर्षमै भागी विवाह गरिन् । विवाह भएको डेढ वर्षमै छोरी जन्मिइन् । रमिला भन्छिन् – \'परिपक्व उमेर नभएरै बच्चा जन्माएका कारण त्यसपछि गर्भ रहन सकेन । निरन्तर रक्तस्राव हुन थाल्यो । उपचारका लागि भारतको बरेली गयौं । डाक्टरले पाठेघर फाल्न सल्लाह दिए ।\' उनी अगाडि भन्छिन् – \'मेरो त आ“खा अगाडि पूरै अँध्यारो भयो । पाठेघर नफाले क्यान्सर हुनसक्ने भनेपछि २१ वर्षकै उमेरमा पाठेघर फालेर आएँ ।\' त्यसपछि रमिलाका श्रीमान् उनीसँग रमाउन छोडे । उनले छोरा चाहिन्छ भन्दै अर्को विवाह गरे । उनी भन्छिन् – \'पढ्ने समयमा पढिनँ । अब केही काम गर्न पनि सक्दिनँ । छोरा जन्माउन पनि नसक्ने भएपछि श्रीमानको निर्णय स्वीकार गरें । अहिले सहेर बसेकी छु । सानै उमेरमा गरेको विवाह अभिशाप भएको छ ।\' कलिलै उमेरमा विवाह गरेका कारण सुदूरपश्चिममा यस्ता थुप्रै महिलाको जीवन दुःखदायी भएको छ । अहिले पनि सुदूरपश्चिममा बालविवाह हुने गरेको छ । बालविवाहका कारण पुरुषलाई आर्थिक भार बढ्न पुग्छ भने महिलाको शारीरिक, मानसिक विकास अवरुद्ध हुन जान्छ । अझ महिलाको स्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुने गरेको छ । बालविवाहका कारण किशोरी र बच्चाको अकालमा ज्यान समेत जाने गरेको छ । अधिकारकर्मी कल्पना उपाध्याय सानै उमेरमा विवाह गर्दा महिलालाई शारीरिक, आर्थिक सबैखाले समस्या हुने गरेको बताउँछिन् । उनका अनुसार अझ सुत्केरी अवस्थामै ग¥हौं भारी बोक्नुपर्ने, दैनिक काममा जोतिनुपर्ने जस्ता समस्याले स्वास्थ्यमा गम्भीर समस्या हुने गरेको छ । उपाध्याय भन्छिन् – \'सानै उमेरमा गरिने विवाहका कारण विद्यालय छाड्नु परेको छ । शारीरिक र मानसिक अवस्थामा परिपक्व नहुँदै घरपरिवार र बच्चाको जिम्मेवारी उठाउनु परेको छ । यसकारण उनीहरुका बालबालिकासमेत आधारभूत अधिकार उपभोग गर्नबाट वञ्चित भइरहेका छन् ।\' अर्का अधिकारकर्मी कमला केसी बालविवाहले महिलामाथि हिंसा बढाइरहेको बताउँछिन् । केसी भन्छिन् – \'शिक्षा र रोजगारी नभएका कारण महिलामाथि थप हिंसा भइरहेको छ ।\' कानूनले तोकेअनुसार २० वर्ष उमेर पुगेपछि मात्र किशोरकिशोरीहरु शारीरिक र मानसिक रुपमा परिपक्व हुन्छन् । उनीहरुमा हरेक किसिमको निर्णय लिन सक्ने क्षमताको विकास त्यसपछि मात्र हुने गर्छ । उमेर नपुग्दै विवाह गर्दा महिलामा मानसिक, शारीरिक, आर्थिक सबै खाले समस्या हुने गरेको टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्काले बताइन् । बालविवाह अन्त्यका लागि थुप्रै कानूनी तथा नीतिगत प्रावधानहरु बनेका छन् । सविधानले कानून विपरीत कार्य गर्नेलाई सजाय गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था पनि गरेको छ । बालविवाह न्यूनीकरणका लागि थुप्रै सङ्घसंस्थाहरु लागिपरेका भए पनि बालविवाह हुने क्रम नरोकिएको सिनियर अहेब शकुन्तला रोकाया बताउँछिन् । रोकायाका अनुसार स्वास्थ्य संस्थामा अहिले पनि सुत्केरी हुने ३० प्रतिशत आमाहरु २० वर्षमुनिका रहेका छन् । नेपालको कानूनअनुसार २० वर्ष उमेरभन्दा अगाडि गरिने विवाह बालविवाह हो । उमेर नपुगी भएको विवाहलाई गैरकानूनी र दण्डनीय कार्यका रुपमा परिभाषित गरिएको छ तर, समाजमा अझै पनि बालविवाहको अभ्यास हुँदै आएको छ । युनिसेफले सन् २०१६ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा ३७ प्रतिशतले १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतले १५ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाह उच्च हुने दक्षिण एशियाली देशहरुमध्ये नेपाल तेस्रो स्थानमा पर्छ । नेपालको अन्य ठाउँको तुलनामा सुदूरपश्चिम प्रदेशमा बालविवाह बढी हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार अहिले पनि नेपालमा वार्षिक १३ हजारको हाराहारीमा बालविवाह हुने गरेका छन् । नेपालले सन् २०२० भित्र बालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र दिगो विकास लक्ष्य अनुरुप सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर पनि गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy