Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

यति धेरै छन् त्रिविविमा, बेथितिका चाङ

साँखु । त्रिभूवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो । परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले त्यसको विरोध जनाए पनि पुनःपरीक्षा दिन बाध्य भए । पशुपति बहुमुखी क्याम्पसबाट स्नातक दोस्रो वर्षको नियमित परीक्षा दिएका सिन्धुपाल्चोकका गणेश दाहालको २०७४ मा परीक्षाफल प्रकाशित हुँदा चार विषयमा उतीर्ण र एउटा अनुपस्थित भनेर नतिजा आएपछि उनी छक्कै परे । नियमित पाँचवटै विषयको परीक्षा दिएका उनले एउटा विषयमा अनुपस्थित रहेको भन्ने जानकारी पाएपछि परीक्षामा सामेल भएको हाजिर र मार्कसिटसहित त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा धाए तर, त्रिविले वास्ता नगरेपछि उनले हेलो सरकारमा उजुरी दिए । उजुरीपछि त्रिविले परीक्षाको उत्तरपुस्तिका हराएको स्वीकार गर्दै खोजी गर्ने आश्वासन दियो । तर परीक्षा दिएको एक वर्षसम्म पनि यसको अत्तोपत्तो छैन । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा यस्तै समस्या लिएर पुगेका  थिए, जनकपुरका श्यामसुन्दर यादव । उनकी छोरी चन्द्रिका कुमारीले स्नातक परीक्षा पास गरिन्, मार्कसिटमा पनि पास भएकै आयो तर, ट्रान्सक्रिप्टमा गयल अर्थात ‘एब्सेन्ट’ देखायो । छोरीको बिग्रेको लब्धाङ्कपत्र सच्याएर ट्रान्सक्रिप्ट लिन बल्खु धेरैपटक गए । तर कर्मचारीले पनि राम्रोसँग नबुझाएको र हैरानी खेप्नुपरेको उनको भनाइ छ । माथिका घटना त केही प्रतिनिधिमूलक मात्र हुन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुकै गल्तीका कारण विद्यार्थीले हैरानी मात्रै खेप्नुपरेको छैन, उनीहरूको भविष्य नै अन्योलमा पर्ने अवस्था सिर्जना हुन पुगेको छ । हाजिरी सहित परीक्षा दिँदा पनि नतिजा नआएर परीक्षा नियन्त्रण कार्यालय पुग्ने सयौं विद्यार्थीलाई तपाईको उत्तरपुस्तिका हराएको छ, फेरि परीक्षा दिनुहोस् भन्दै कर्मचारीले पन्छाउने गरेका छन् । त्रिभुवन विश्वविद्यालय, देशभरीका अधिकांश विद्यार्थीकोे भविष्य जोडिएको ठाउँ पनि हो । देशको पुरानो यो विश्वविद्यालयबाट मान्यताप्राप्त देशका विभन्न भू–भागमा सोही अन्तर्गतका क्याम्पस सञ्चालनमा छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले उत्तरपुस्तिका हराएको स्वीकार गर्दै खोजी भइरहेको बताए । ‘उत्तरपुस्तिका खोजी गरिरहेको छौं । अहिलेसम्म फेला परेको छैन, फेला परेपछि सम्पर्क गर्ने छौं ।\' परीक्षा नियन्त्रण कार्यालयले सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० मा रहेर विद्यार्थी तथा सङ्गठनभित्रका थुप्रै कार्य गर्नेगर्दछ । यस शाखालाई जिम्मेवारीको हिसाबले विद्यार्थीसँग सबैभन्दा नजिक रहेर विद्यार्थीको कार्यसम्पादन गर्नुपर्ने केन्द्र भनेर बुझ्न सकिन्छ । तर यस्तो जिम्मेवार निकायको सानो गल्तीका कारण सयौँ विद्यार्थीको भविष्य अन्योल बनेको छ । परीक्षा नियन्त्रण कार्यालयबाट हुने कार्य ट्रान्सक्रिप्ट वितरणको हैरानी त छदैछ, त्यहाँ भएका कमी कमजोरीका कारण रजिस्ट्रेशन नम्बर पनि गलत आउँदा तथा उत्तरपुस्तिका हराउनु लगायतका थुप्रै हैरानी विद्यार्थीले नै खेप्ने गरेका छन् । \'देशको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयमा बेथितिको जालो वर्णन गरी साध्य छैन । अझै त्रिविकै परीक्षा नियन्त्रण कार्यालय बल्खु त विद्यार्थीको ट्रान्सक्रिप्ट, मार्कसिट, रजिस्ट्रेशन र उत्तरपुस्तिका सन्र्दभमा कर्मचारीको चरम लापरवाहीदेखि धाकधम्कीसम्मको सामना गर्नुपर्ने हुन्छ\'–एक विद्यार्थीले भने । हरेक वर्ष परीक्षाफल प्रकाशित हुँदा परीक्षा दिँदा अनुपस्थित भनेर बल्खुमा गुनासो गर्न आउनेको सङ्ख्या निकै देखिन्छ । कसैको ट्रान्सक्रिप्टमा, कसैको रजिस्ट्रेशन नम्बर फरक, त कसैको नाम नै गलत आउने गर्दछ । परीक्षा नियन्त्रण कार्यालयले गरेका यस्ता गल्तीको विद्यार्थी स्वयंम आफैले पुनः शुल्क तिरेर सच्याउनुपर्ने अवस्था छ । विद्यार्थीले नगरेका गल्तीमा पनि पुनःशुल्क तिर्नुपर्ने तर पनि सजिलासँग काम नहुने गरेको अवस्था त्रिविविमा रहेका छन् । यति मात्र होइन, त्रिविमा विचौलिया प्रवृति पनि फस्टाउँदै गएको छ । सम्पूर्ण प्रक्रिया पुर्याएर विद्यार्थीले आफ्नो मार्कसिट लगायतको प्रमाणपत्र पाउँ भन्दै निवेदन दिँदा समेत प्रमाणपत्र पाउँदैनन् । कर्मचारीले केही न केही सानो कमजोरी देखाएर पन्छिदै केही दिनको भाका राख्ने गरेको वानेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत सिन्धुलीका सुशील घिमिरे बताउछन् । परीक्षा नियन्त्रण कार्यालय जस्तो देशभरका सेवाग्राही आउने शाखामा आवश्यक सूचना पाटी समते छैनन् । कुन काम कुन कोठाबाट हुन्छ भन्ने सामान्य जानकारी सहितको कुनै पनि बोर्ड त्यहाँ भेटिदैनन् । देशकै पुरानो र ठूलो विश्वविद्यालयको परीक्षा नियन्त्रण शाखाले कर्मचारी व्यवस्थापनलाई सबल, सुदृढ र प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy