Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

गैरसरकारी संस्थाद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

डोटी । सामुदायिक विकास केन्द्र नामक गैरसरकारी संस्थाले जिल्लाका पूर्वीचौकी गाउँपालिकाका विभिन्न स्कुलमा अध्ययन गरिरहेका अनाथ तथा गरीब समुदायका दुई हजार १०८ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । जाडोको समयमा प्रयोग हुने न्यानो कपडाको रुपमा प्रत्येक बालबालिकालाई एक÷एक जोर ट्रयाकसुट वितरण गरिएको सो संस्थाले जनाएको छ । सामुदायिक विकास केन्द्र र वर्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित स्पोन्सरसिप कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण गरिएको केन्द्रका कार्यक्रम संयोजक रामचन्द्र जोशीले जानकारी दिए । जिल्लाभरिमा रहेका अनाथ तथा गरीब समुदायका चार हजार बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण गरिएको हो । पजल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका– ४, ५, ६ आदर्श गाउँपालिका–ं १, २, ३, ४, ५, र ७ र दिपालय सिलगढी नगरपालिका–२ मा केही दिनमा न्यानो कपडा वितरण गरिने उक्त संस्थाले जनाएको छ । दिपालय सिलगढी नगरपालिका–९ कलेनामा पहिले पनि कपडा वितरण गरिएको थियो । हिमपात- जनजीवन कष्टकर जिल्लाका उच्च पहाडी भेगमा फेरि हिमपात भएपछि स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ । हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन् । जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएका स्वाँडा, मछिन्तोला, गोलादेउ, झिग्रारानालगायतका गाउँ सेताम्मे भएका छन् । हिमपातका कारण स्थानीय बासिन्दा घरबाहिर निस्किन नसकेको भिग्रानाका स्थानीयवासी भरतबहादुर साउदले बताए । उनले भने, \'आज राति परेको हिँउले पूरै डाँडाकाँडा ढाकेको छ, गाईबस्तुसँगैँ मानिस समेत बाहिर निस्किन सक्ने अवस्था छैन ।\' जिल्लाको खप्तड, भल्मा, गोलादेउ, शिखर, नापानी, केदारधुरा, उदैनीलगायतका उच्च पहाडी क्षेत्रमा बाक्लो हिउँ परेको स्थानीयवासी दीपक खड्काले बताए । उनका अनुसार ती क्षेत्रमा बाक्लो हिमपातका कारण स्थानीयवासीले गाईबस्तु समेत चराउनका लागि गोठ बाहिर निकाल्न सकेका छैनन् । त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा करीब दुई फुट हिउँ परेको नेपाली सेनाका सुदूरपश्चिम पृतना दिपायलले जनाएको छ । बाक्लो हिमपात भएपछि निकुञ्जमा खटिएका सैनिकलाई नियमित गस्ती गर्नसमेत समस्या हुन थालेको बताइएको छ । निकुञ्ज क्षेत्रमा गस्ती गर्न बनाइएका बाटा हिउँले ढाकेका कारण बाटो पत्ता लगाउन पनि कठिन भएको निकुञ्ज सुरक्षाका लागि खटिएका सैनिकले जनाएका छन् । त्यस्तै हिमपातका कारण अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग केही समय बन्द भएपनि अहिले सुचारु भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । बाक्लो हिउँ परेपछि यहाँका पानी नलाग्ने उच्च पहाडी क्षेत्रमा खेती सप्रिने आशमा किसान खुशी भएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy