Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

बम विष्फोटन गराउने पक्राउ नभएकोमा सांसदको गुनासो

काठमाडौँ । सांसदले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भनी गुनासो गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले समाजमा मनोवैज्ञानिक त्रास खडा गर्र्न उद्देश्यले दूरसञ्चार सेवा प्रदायकको कार्यालयमा बम विष्फोट र देशका विभिन्न २१ स्थानका टेलिफोन टावरमा आगजनी गरेको भन्दै शुक्रबार उक्त घटना भए पनि आजसम्म दोषी पक्राउ नपर्नु र कसले त्यस्तो घटना गराएको हो भन्ने पत्ता नलाग्नु आपत्तिजनक छ भने । आर्थिक समृद्धि र विकासको नाराका साथ सरकारले आफ्नो गतिविधि अगाडि बढाइरहेका बेला अन्तरराष्ट्रिय लगानीकै कम्पनीमा बम विष्फोट र आगजनी हुनुजस्ता घटनाले थप अन्तर्राष्ट्रिय लगानी आउन नसक्ने चिन्ता गर्दै उनीहरुले दोषीलाई तत्काल कानूनी कारवाही गर्न माग गरे । सांसद दीपा गुरुङले सो घटनाकामृतकको परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन र आश्रित परिवारको शिक्षा, स्वास्थ्य र जीवनयापनको व्यवस्था गर्न माग गर्नुभयो । सांसद बद्री पाण्डेले समाजमा आतङ्क मच्चाउने र बम पड्काएर जनजीवन त्रस्त बनाउनेलाई कारवाही हुन नसकेको र दोषी पक्राउ पर्न नसकेकामा आपत्ति प्रकट गरे । उनले के कति कारणले सुरक्षामा कमजोरी देखियो, त्यसको उचित छानबिन हुनुपर्ने माग गरे । सांसद धना खतिवडा, नन्दा चपाईं, प्रकाश पन्थ, प्रमिला कुमारी, युटोल तामाङ, रमेशजङ्ग रायमाझी र रमेशप्रसाद यादवले पनि समसामयिक विषयमा ध्यानाकर्षण गराएका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy