Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

राहतका चाउचाउ र दालमोठ स्कुलमा, कतिपयले गरे बहिष्कार

\"noodles\"लमजुङ, विनाशकारी भूकम्पबाट पीडित भई राहतको पर्खाइमा रहेका नागरिकका लागि भनी आएका राहत सामग्री लमजुङका विभिन्न विद्यालयमा वितरण गरिएको छ ।

ढुवानी खर्चको अभावका कारण भन्दै ती राहत सामग्री पीडितकहाँ पुर्याउन नसकिएकाले जिल्ला सदरमुकाम र वरपरका विद्यालयमा वितरण गर्न थालिएको सरोकारवाला निकायले जनाएका छन् । वैशाख १२ को विनाशकारी भूकम्पपछि लमजुङका विभिन्न स्थानका प्रभावितका लागि देशविदेशबाट राहतको ओइरो लागेको थियो । विभिन्न सरकारी तथा गैरसरकारी निकायमार्फत आएका राहत सामग्रीमध्ये अधिकांश वितरण गरिए पनि कतिपय सामग्री अझै पनि जिल्ला विकास समितिको सभाहललगायतका स्थानमा भण्डारण गरिएको छ । भण्डारमा चाउचाउ, च्युरा, बिस्कुट, दालमोठ, चामल, तेल, नुन, मसलालगायतका सामग्री छन् । यसबाहेक त्रिपाल, टेन्ट, कम्बललगायतका सामग्री पनि भण्डारमा अलपत्र छन् । तीमध्ये अधिकांश खाद्य सामग्रीको म्याद गुज्रिन लागेकाले विद्यालयमा वितरण गर्नुपरेको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा एक चरणको राहत वितरणको काम सकिएको र तत्काल राहत उपलब्ध गराउन आवश्यक नपरेकाले राहत सामग्री भण्डारमा राखिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तीर्थ अधिकारीले खाद्यान्न राहत वितरण गर्न तत्काल आवश्यक नरहेकाले अहिले पीडितलाई १५ हजार रूपियाँका दरले राहत रकम वितरणको काम भइरहेको जानकारी दिए । लमजुङ जिल्लाका अधिकांश विद्यालयमा बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालय हातामा चाउचाउ, बिस्कुट, दालमोठलगायतका जङ्फुडको बिक्री र सेवनलाई प्रतिबन्ध लगाइएको छ । तर, जिल्ला विपद् व्यवस्थापन समितिले त्यस्ता सामग्री जिल्ला शिक्षा कार्यालयमार्फत सामुदायिक विद्यालयहरुमा वितरण गर्ने निर्णय गरेको हो । राहतका लागि ल्याइएका सामग्री पीडितलाई वितरण नगरी विद्यालयमा वितरण गर्ने समितिको यो निर्णयको विरोध पनि सुरु भएको छ । लमजुङ जिल्लाका पुरानामध्येकाे एक भोटेओडारस्थित भक्तिनमुना उच्च माविलगायतका केही विद्यालयले ती सामग्री बहिष्कार गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending