गोरखा । शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सन्तानेश्वर महादेव मन्दिर चन्दा सङ्कलन गरी निर्माण गरिएको छ ।
भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त मन्दिर त्यहाँका युवाले रु २९ लाख चन्दा सङ्कलन गरी निर्माण गरेको स्थानीयवासी उत्तमकुमार श्रेष्ठले जानकारी दिए । उक्त मन्दिर निर्माणका लागि कसैले पनि चासो नदिएकाले स्थानीय युवाले एक समिति गठन गरी रकम सङ्कलन अभियान सञ्चालन गरेका थिए । “सो अभियानमा स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट रु २९ लाख सङ्कलन भयो” उनले भने, “गाउँपालिकाले पनि पुनःनिर्माणका लागि रु १० लाख प्रदान गरेकाले मन्दिर निर्माण गर्न सजिलो भयो ।”
विसं २०७४ कात्तिकदेखि सामाजिक सञ्जाल (फेसबुक)देखि सो अभियान सञ्चालन शुरु गरिएको र मन्दिर १७ महीनामा निर्माण गरिएको वडाध्यक्ष काशीनाथ अम्गाईंले जानकारी दिए । पुनःनिर्माण पछि पूजाआजा पनि शुरु गरिएको उनको भनाइ थियो ।
मन्दिर पुनःनिर्माणका लागि कूल रु ४५ लाख खर्च भएकाले अझै थप रु छ लाख अपुग भएको जानकारी दिँदै उनले भने, “करीब रु छ लाख जति अपुग रकम मन्दिरमा आउने श्रद्धालु भक्तजनले चढाउने भेटी सङ्कलन गर्ने तयारी गरेका छौँ ।”
निर्मित मन्दिरको चारैतिर ढोका हालेर राखिएको छ भने मन्दिरको छानामा तामाको जलप लगाई भकिझकाउ पारिएको छ । मन्दिर पुनःनिर्माणसँगै प्रचार–प्रसार पनि गरेर त्यहाँ धार्मिक पर्यटक भित्र्याउने लक्ष्य आफूहरुको रहेको मन्दिर निर्माण समितिका संयोजक राजनबाबु श्रेष्ठले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: