गोरखा। राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता सुरेन्द्रराज पाण्डेले विखण्डनको कुरा गर्ने राजनीतिक दल मूलधारमा आउनु सकारात्मक भएको बताएका छन् ।नेपाल प्रेस युनियन गोरखा शाखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरामा जोड दिँदै संविधान बिरोधी कुरा गर्ने दल नै संविधानबमोजिम राजनीतिक क्रियाकलाप अपनाउँछु भन्नु सकारात्मक भएको उल्लेख गरे ।
सिके राउतसँग भएको सम्झौताको आधिकारिक धारणा सरकारले सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै नेता पाण्डेले भने ‘सरकारसँग भएका सम्झौताका बुँदा र नेता राउतले ट्विट गरेको कुराले मेल नखाएको र फरक÷फरक धारणा आउँदा त्यसले विवाद सिर्जना गर्छ ।’नेपाली काङ्ग्रेसमा महाधिवेशनको चर्चाबारे पत्रकारको जिज्ञासामा उनले पार्टीभित्रका केही नेताले विज्ञप्ति निकाल्दैमा विशेष महाधिवेशन नहुने बताए । नेपाली काङ्ग्रेसमा अहिले चाहिनेभन्दा बढी लोकतान्त्रिक अभ्यास हुने गरेको छ तर त्यसले पार्टीलाई फाइदा नपुग्ने नेता पाण्डेकोे भनाइ थियो ।
विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ, हामीसँग अझै एकवर्ष समय बाँकी छ तर महाधिवेशनका लागि अनि हतारो किन भन्दै उनले सानो एजेण्डामा पनि वक्तव्यबाजी गर्ने कार्यशैलीले पार्टीमा विभाजनको रेखा कोरिने भएकाले यस्तो प्रवृत्ति अपनाउनु राम्रो होइन भने।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: