डोटेली भाषाको मान्ठाबाट बनेको शब्द मान्छे र अर्काे चाहिँ संस्कृतको मानवबाट बंगालीमा मानुस हुँदै बनेको शब्द मानिस । यस्तो लाग्दछ कि काठमाडौंमा मानिसहरू बस्दछन् तर कर्णालीपारि मुन्छेहरू बस्दछन् । र, कर्णालीपारिका मान्छेहरू काठमाडौंलाई सोधिरहेछन्, ‘हामी मान्ठाका कुरा तिमी मानिसहरूले कहिले सुन्छौं ?’हामी इतिहासको यस्तो विन्दुमा उभिएका छौं कि अब पनि जनताविरुद्ध छलकपटबाट काम चलाउन खोज्छौं भने र अढाई सय वर्षको शासनले बनाएका घाऊहरूमा मल्हम लगाउन तयार हुँदैनौं भने हामी ज्यामितीय गतिमा सभ्यताको पुच्छरतिर धकेलिँदै जाने छौं । अढाई सय वर्षको केन्द्रीकृत शासकले बनाएको एउटा ठूलो घाऊ हो ‘कर्णालीपारिको नेपाल’ । काठमाडौंको केन्द्रीकृत राज्य नेवार भाषाको ‘यें’ शब्दलाई दमन गरी कर्णालीपारि विकसित डोटेली भाषाबाट राजधानीको नाम काठमाडौं राख्न त तयार भयो तर त्यही डोटेली भाषाको सभ्यता भएको कर्णालीपारिलाई न्याय गर्न कहिल्यै तयार भएन बरु सधैंभरि दमन नै गरिरह्यो । कतिपयलाई लाग्ने गरेको छ कि राजधानीबाट टाढा भएकाले पनि कर्णालीपारिको नेपाल पछाडि पर्यो । तर, यो कुरा सत्य होइन । कर्णालीपारि धेरैपटक काठमाडौंको राज्य चलाउने श्री ५ वा श्री ३ हरूले आफ्नो छोरी दिएकै थिए, दिने प्रस्ताव गरेकै थिए । कर्णालीपारि डोटीको जोराइको हंशराज बासमती चामल हरेक दिन एक कुरुवा काठमाडौंको दरबारमा आउने नै गर्थ्यो । त्यसैले भौतिक दुरी मुख्य कुरा हुँदै होइन । कयौंलाई कर्णालीपारि अविकसित छ भन्ने सुन्नेबित्तिकै प्राकृतिक सम्पदाबाट निर्धन छ होला भन्ने प्रकारको बिम्ब दिमागमा आउने गरेको पनि पाइन्छ । तर, प्राकृतिक रूपमा ठगिन पुगेको अवस्था पनि पटक्कै होइन । पूर्वको इलाम र पश्चिमको डडेलधुरा उत्तिकै हरिया देखिन्छन् । पूर्वको कञ्चनजंघा र पश्चिमको सैपाल उत्तिकै मोहक । पूर्वको अरुणभन्दा पश्चिमको कर्णाली कुनै पनि प्राकृतिक कुराले पछाडि पर्नुपर्ने कारण नै देखिँदैन । यथार्थमा तथ्यहरूलाई छोपछाप नपारीकनै हेर्ने हो भने कर्णालीपारिको सभ्यताले काठमाडौंकेन्द्रित राज्यसँग पटक–पटक राखेको असहमतिद्वारा क्रुद्ध केन्द्रीकृत राज्यले लिएको बदलामय अढाई सय वर्ष लामो कहरपूर्ण व्यवहार नै कर्णालीपारिको नेपालको आजको वीभत्स दुःख–पीडाको मुख्य कारण हो । [caption id=\"attachment_23462\" align=\"alignleft\" width=\"640\"] कर्णाली प्रकृतिक सुन्दरताको छटा[/caption] भेरी नदीदेखि महाकालीसम्मको ब्राह्मण, क्षेत्रीलगायतका जातका मानिसलाई अन्य ठाउँका नेपालीले चितवनकाेजस्तो ब्राह्मण वा धनकुटाकोजस्तो क्षेत्री ठान्छ । अनि भेरी नदीपारिको दलितलाई कास्की वा खोटाङकोजस्तो दलित बुझ्दछ । तर, आधारभूत स्थिति त्यस्तो छैन, आकाश–पातलको फरक छ । काठमाडौंकेन्द्रित राज्यको खोटपूर्ण व्यवहारले भेरी पारिको नेपालले भोग्नुपरेको पिडा र द्धवषपूर्ण व्यावहारले कर्णालीपारिको नेपालले भोग्नु परेको दूर्दशा सबै नेपालीको दिमागमा झन्झनाहट पैदा गर्नेगरी गुञ्जेको छैन ।
एमाओवादी पार्टीका कर्णालीपारिका केन्द्रीय नेता छन् लेखराज भट्ट । उनी पटक–पटक कर्णालीपारिको विशिष्ट चरित्र भन्न खोज्छन् तर अन्यत्रका कतिपय नेताले बीचमा रोक्न खोज्दै भन्छन्, ‘यो त संघीयताविरोधी कुरा हो । यो पहिचानविरोधी कुरा हो ।’नेपाली राजनीतिमा पूर्वी क्षेत्रले आफ्ना मुद्दाहरू सानदार ढंगले अगाडि ल्यायो । ढिलै भए पनि मधेशले केन्द्रीय राजनीतिमा आफ्नो अस्मिताको मुद्धा दर्ज गरिछाड्यो । तर, कर्णालीपारिको सभ्यताले आफ्नो सत्वको मुद्धा सिंगै देशले सुन्नेगरी र बुझ्नेगरी अझै भन्न सकिरहेको छैन । ‘अखण्ड सुदूरपश्चिम’ को आन्दोलन कर्णालीपारिको विशिष्ट सभ्यताको सत्व रक्षा गर्ने आन्दोलनको दिशातिर जान सकेन, बरु सिंगो देशले प्रदेशको सीमा–विवादको मुद्धा भनेर बुझ्ने स्थिति बन्यो । कर्णालीपारिको सभ्यता डोटेली भाषिक सभ्यता हो र अनि थारु पनि एउटा अलग सभ्यता हो । डोटेली भाषिक सभ्यता र थारु सभ्यताका बीच कहिल्यै वैमनश्यता हुने स्थिति नै आएको थिएन तर थारुवान र अखण्ड सुदूपश्चिमको नाराले अनावश्यक वैमनश्यता पैदा गर्ने सम्भावनातिर लग्यो । जबकि दुवै सभ्यता काठमाडौंकेन्द्रित राज्यद्वारा उत्पिडित सभ्यता हुन् । एमाओवादी पार्टीका कर्णालीपारिका केन्द्रीय नेता छन् लेखराज भट्ट । उनी पटक–पटक कर्णालीपारिको विशिष्ट चरित्र भन्न खोज्छन् तर अन्यत्रका कतिपय नेताले बीचमा रोक्न खोज्दै भन्छन्, ‘यो त संघीयताविरोधी कुरा हो । यो पहिचानविरोधी कुरा हो ।’ नेपालमा विभिन्न भाषी सभ्यताहरूले जसरी अफ्नो भाषा र सभ्यतामाथि दमन भोगे त्यसैगरी डोटेली भाषा र सभ्यताले आफू ध्वस्त हुनेगरी दमन भोग्यो भन्ने कुरा सिंगो नेपालले बुझ्नु नपर्ने विषय पो बन्न पुगेको छ । यो त दूर्भाग्यपूर्ण विडम्बनाबाहेक केही होइन । विद्यालय र महाविद्यालयमा वीर बलभद्र कुँवर, भक्ति थापा, अमरसिंह थापा आदिले तत्कालीन पश्चिम नेपालका मोर्चामा अंग्रेजविरुद्ध लडेका इतिहासका कथा मात्र पढाइँदै आयो । तर, पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानलाई अस्वीकार गर्दै अंग्रेजसँग समेत मिलेर डोटेली अन्तिम राजा दीप शाही र कुमाउका राजनेता हर्षदेव जोशीहरूको नेतृत्वमा कर्णालीपारिका मानिसले गोर्खालीसँग लडेको इतिहास त कहिल्यै पढाइएन । त्यतिबेला कर्णालीपारिका राज्यहरू किन गोर्खालीको अधीनमा बस्न चाहँदैनथे भन्ने विषय अहिलेसम्म पनि कुनै शोधपत्रको विषयसम्म बन्न सकेन । जे भए पनि अढाई सय वर्ष पहिलेको डोटेली सभ्यता काठमाडौंकेन्द्रित राज्यको अधीनमा बस्न चाहँदैनथ्यो वा उसका फरक मत थिए भन्ने कुरा सजिलै मान्नुपर्ने हुन्छ । यस विषयमा धेरैलाई लाग्न सक्छ कि पृथ्वीनारायण शाहको राज्यविस्तारका विरुद्ध धेरै राज्यले प्रतिरोध गर्न खोजेकै हुन्, कर्णालीपारिले मात्र हो र ? तर, विषय यति सरल छैन; बरु विषय थप ध्यान दिन योग्य छ । पृथ्वीनारायण शाहको नेतृत्वमा आजको सिंगो नेपाललाई एकपटक आफ्नो राज्यको अधीनमा ल्याइसकेपछि आफ्नो राज्य नै पुनः फिर्ता लिन विद्रोह अन्त कतै भएन अर्थात् केन्द्रीकृत राज्यकै विरुद्धमा कतै पनि संघर्ष भएन । तर, कर्णलीपारि भयो । नेपालका राजनीतिज्ञहरूले पहिलो सहिद मान्ने लखन थापाले जंगबहादुरविरुद्ध विद्रोह गर्नुभन्दा सत्ताईस वर्ष पहिले काठमाडौंको केन्द्रीकृत राज्यविरुद्ध अछामका बलदेव शाह (बाँकावीर) को नेतृत्वमा विद्रोह भएको थियो र उनको विद्रोहलाई दमन गर्न काठमाडौंले दैलेख र जाजरकोटका रजौटाहरूको सहयोग लिएको थियो । यो विद्रोह वास्तवमा लखन थापाको भन्दा धेरै मानेमा फरक र महत्त्वपूर्ण थियो । किनभने, केन्द्रीकृत राज्यलाई चुनौती दिने नेपालको इतिहासको यो पहिलो विद्रोह थियो । आज लखन थापाले जंगबहादुरकाे गाथ मात्र ताके पनि उनलाई प्रथम सहिद भनियो तर बाँका वीरले केन्द्रीकृत राज्यलाई अस्वीकार गरेको हुनाले कसैले नाम समेत उल्लेख गरेनन् भनेर कर्णालीपारिको मान्छेले आरोप लगायो भने त्यसको जवाफ दिन सजिलो छैन । बाँका वीरको विद्रोह यथार्थमा कर्णालीपारिको सत्वको हुंकार नै त थियो । नेपालको केन्द्रीकृत राज्यका सञ्चालकहरुले आफ्नो फरक सत्वको महत्त्व बुझेकालाई या त रक्तनातामा सामेल गराएर आफूमा मिसाउने या त सफाया गरेर शासन सुदृढ गर्ने अभियान निरन्तर चलाएको यथार्थ प्रस्टै छ । त्यही क्रममा त्यतिखेरका बझाङका उच्चस्तरका मानवतावादी विद्वान् जयपृथ्वीबहादुर सिंहसँग चन्द्रशमशेरले आफ्नी छोरीको विवाह गराएका नै हुन् । चन्द्रशमशेर र जयपृथ्वीबहादुर सिंहको सोच्ने तरिकामा भएको अन्तरले उनी सिंहदरबारसँग नाता तोडेर त्यतिबेलाको सुविधा त्यागेर हिँडेको देखिनुले कर्णालीपारिको सभ्यताको स्वत्व काठमाडौंको टाङमुनि छिर्न त्यतिबेला तयार थिएन भन्ने कुराको दसी मान्न सकिन्छ । साँच्चै भन्नुपर्दा काठमाडौंकेन्द्रित नेपालको राज्यले कर्णालीपारिका नेपाललाई निरन्तर शंका र बदलाको नजरले हेर्दै आयो । राणाकालको अन्त्यपछि पनि व्यवहार त्यस्तै जारी रह्यो । नेपालको इतिहासमा देशभित्रको विद्रोहलाई दमन गर्न विदेशी फौज निम्त्याइएको एक मात्र घटना हो– २०१० सालको भीमदत्त विद्रोहको दमन । र, भीमदत्तको हत्यापछि जसरी लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा उनको टाउको काटेर डडेलधुराको टुँडिखेलमा बाँसमा झुन्डाएर तमासा देखाइयो, त्यस्तो तमासा कर्णालीवारिका कुनै पनि विद्रोहीको हत्या गर्दा गरिएन । कर्णालीपारिलाई काठमाडौंले कति ठूलो अविश्वास गर्दै र क्रूरतापूर्वक हेर्दै आयो भन्ने ठोस एवं निर्मम प्रमाण हो भीमदत्त प्रकरण ।
के कर्णलीपारिको सभ्यतामाथि काठमाडौंकेन्द्रित राज्यले गरेको ऐतिहासिक दमनप्रति आजको लोकतान्त्रिक भनिने राज्य आत्मालोचित हुनुपर्छ ? हो, हुनुपर्छ । आत्मालोचित नभई कर्णालीपारिलाई क्षतिपूर्ति दिएर मल्हम लगाउने चेतना विकसित हुन सम्भव नै छैन । संघीयतामा जाँदा होस् या विकास, प्रगतिको यात्रामा कर्णालीपारिको कुरा तब नै सुन्ने बानी बस्ने छ, जब हिजो नसुनेर अपराध गरेको कुरा बोध गरिने छ ।भीमदत्त प्रकरणसँगै कर्णालीपारिको सत्व शान्त भएन बरु नयाँ प्रकारको अस्वीकृति २०१८ सालतिर पुनः प्रकट भयो । कर्णालीपारिका प्रबुद्धहरू भन्ने गर्छन् कि राजा महेन्द्रले बझाङी राजपरिवारका ओम सिंहलाई आफ्नी परिवारकी छोरीसँग विवाह गरिदने प्रस्ताव राखेका थिए तर ओम सिंहले अस्वीकार गरे । उनले अस्वीकार मात्र गरेनन् बरु केन्द्रीकृत राज्यलाई नमान्ने घोषणा गरी विद्रोह समेत गरे । त्यसपछि २०१८ सालमा केन्द्रीकृत राज्यले भाग्दै गरेका विद्रोही ओम सिंहलाई कायरतापूर्ण ढंगले लुकेर गोली हानी दार्चुलामा हत्या ग¥यो । विद्रोही ओम सिंहको हत्यासँगै कर्णालीपारिको केन्द्रीकृत शासन व्यवस्थाविरुद्धको विद्रोहको सिलसिला अन्त्य भएको देखिन्छ । अझ यसरी भनौं कि नयाँ ढंगको न्याय प्राप्तिको यात्रा सुरु गरेको देखिन्छ । वि.सं. २०१८ सालसम्म लगातार पटक–पटक केन्द्रसँग जुधेर ध्वस्त हुन समेत तयार भएको त्यो कर्णालीपारिको सभ्यताको सत्व के थियो ? कर्णालीपारिको मनले कर्णालीवारिकालाई ‘पूर्वीया’ भन्छन्, त्यस पूर्वीया सम्बोधनभित्र एउटा घृणा र असन्तोष मिसिएको भेटिन्छ । त्यो घृणा कहाँबाट जन्मिने गर्छ ? यसो भन्नेहरू कम छैनन् कि पञ्चायतकाल र बहुदलीय व्यवस्थामा समेत कणालीपारिबाट आएर प्रधानमन्त्रीलगायत उच्च पदमा पुग्ने एकाध व्यक्तित्वको नेपालको परम्परागत संस्थापन परिवारहरुसँग रक्तनाता जोड्दैनथे भने उनीहरूलाई ती पदको निम्ति विश्वास गरिँदैनथ्यो । के कर्णलीपारिको सभ्यतामाथि काठमाडौंकेन्द्रित राज्यले गरेको ऐतिहासिक दमनप्रति आजको लोकतान्त्रिक भनिने राज्य आत्मालोचित हुनुपर्छ ? हो, हुनुपर्छ । आत्मालोचित नभई कर्णालीपारिलाई क्षतिपूर्ति दिएर मल्हम लगाउने चेतना विकसित हुन सम्भव नै छैन । संघीयतामा जाँदा होस् या विकास, प्रगतिको यात्रामा कर्णालीपारिको कुरा तब नै सुन्ने बानी बस्ने छ, जब हिजो नसुनेर अपराध गरेको कुरा बोध गरिने छ । खस नेपाली भाषामा मान्छेलाई जनाउने दुईवटा शब्द छन् । डोटेली भाषाको मान्ठाबाट बनेको शब्द मान्छे र अर्काे चाहिँ संस्कृतको मानवबाट बंगालीमा मानुस हुँदै बनेको शब्द मानिस । यस्तो लाग्दछ कि काठमाडौंमा मानिसहरू बस्दछन् तर कर्णालीपारि मान्छेहरू बस्दछन् । र, कर्णालीपारिका मान्छेहरू काठमाडौंलाई सोधिरहेछन्, ‘हामी मान्ठाका कुरा तिमी मानिसहरूले कहिले सुन्छौं ?’
प्रतिकृया लेख्नुहोस्: