नेपालको राजनीतिक इतिहास र नेपालको कम्युनिस्ट आन्दोलनको समेत इतिहासमा यी दुवै धाराका प्रमुख नेतृत्वले थालनीताका तय गरिएका लक्ष्य भेदन गर्न खासै निरन्तर इमानदार प्रयत्न नै गरेनन् भन्दा अतिशयोक्ति नहोला, किनकि उनीहरूले लामो काल संसदीय व्यवस्था र पुँजीवादी राज्यसत्ताका मेसिनरीमा अभ्यास गरिसकेका छन् जहाँ वैज्ञानिक समाजवाद त निकै परको विषय बन्यो, नयाँ जनवाद वा नयाँ जनवादी सत्ता प्राप्तिले समेत पूर्णता पाउन सकिरहेको छैन ।
सहिदको बलिदानीबाट यो बिचमा केही परिवर्तन भने अवश्य हुन गएका छन् । पछिल्लो समय राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्रको स्थापना, समानुपातिक समावेशिताको अभ्यास, जनतामा व्यापक राजनीतिक जागरण, महिला सेनाको स्वीकारोक्ति, महिला, दलित र जनजाति तथा मधेसी समुदायको राजनीतिक सत्ताका केही अङ्गमा उल्लेखनीय वृद्धि आदि मान्न सकिन्छ । साथै सहिदले खर्चेको बलिदान र ऊ बलिदान हुँदै गर्दा चलेको राजनीतिक आन्दोलनले तय गरेको अधिकतम लक्ष्य त के, निम्नतम् लक्ष्य समेत संस्थागत हुन सकिरहेको छैन ।
आज जनयुद्धको नेतृत्व गरेको मूल पार्टी र त्यसको नेतृत्व सुधारिएको संसदीय गणतन्त्रमा अनेकौँ पगरी गुथेर सरकार गठनका निम्ति विगतमा टाउकाको मोल तोक्ने देउवा नेतृत्वको पार्टीसँग चुनावी तालमेलसम्म गर्न सकिने हदमा हुत्तिन पुगेको राजनीति दृश्य जगजाहेर छ । यसको मतलब आज राजनीतिक परिस्थितिमा हेराफेरी आएको छ । एउटै उद्देश्यका लागि सङ्घर्ष गरेकामध्ये कतिले बलिदानी र बेपत्ता हुनुपर्यो ।
जेलनेल र यातनाका विभिन्न विभिशिका सहन गर्न बाध्य भए । २०६३ को शान्ति सम्झौता र २०७२ मा संविधान बनेसँगै हजारौँ हजार जीवन निर्वाहका लागि सीमापार जान बाध्य भए, बाँचेका टाठाबाठाले भने अनेकौँ राजनीतिक दाउपेच गर्दै मन्त्री र सांसद बन्ने होडमा आमूल परिवर्तनको एजेन्डालाई लिलामी राखिदिने काम हुँदै आइरहेको छ । देश र जनताको हितमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नेहरूको कुनै गणना र स्मरणसम्म हुन मुस्किल हुँदै आइरहेको छ । लक्ष्य भेदन त धेरै परको विषय बन्न पुग्दै छ, यो आजको कटु सत्य हो ।
सहिद र बेपत्ताले कुनै व्यक्तिगत सुविधा प्राप्तिका लागि जेलनेल र बलिदान गरेका होइनन् । आमूल परिवर्तन, नयाँ समाज, देश र जनताको पूर्ण मुक्तिका लागि अर्थात् नयाँ जनवाद हुँदै वज्ञानिक समाजवाद प्राप्तिका निम्ति आफ्नो जीवन समर्पण गरेका थिए ।
आज शान्तिकाल (आत्मसमर्पण र विसर्जनकाल) पछि भौतिक लाभ र सुविधासँग बलिदानलाई तुलना गरेर सहिद र बेपत्ताको वीरता र समर्पण भावको उच्चतालाई अवमूल्यन गर्ने नजिर बसालिँदै छ । समाजको अग्रगामी रूपान्तरणका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिद तथा बेपत्ता हुने योद्धाहरूद्वारा अघि बढाइएको सङ्घर्ष अधुरो र अपूर्ण नै रहेको छ । यसलाई पूर्णता दिन थप समर्पणभाव, निष्ठा, त्याग, प्रतिबद्धता र बलिदानीभावका साथ अघि बढ्नु नै वास्तविक अर्थमा सहिद तथा बेपत्ता योद्धाहरूप्रतिको सच्चा सम्मान र सार्थक अभियान हुनेछ ।
सहिदको सामान्य श्रद्धाञ्जलीजस्ता औपचारिकताले मात्र सम्मान पुग्दैन र हुँदैन । मुख्य सवाल भनेको उनीहरू कुन उद्देश्य र लक्ष्य प्राप्तिका निम्ति लडेका थिए, ती के पूरा भए ? राज्यसत्ताको स्वरूप परिवर्तन भयो ? नेपालका उत्पीडित जनताले अधिकार प्राप्त गरे या पाए ? के उनीहरू शोषण र उत्पीडनबाट मुक्त भए या नयाँ तरिकामा र नाममा ठगिँदै छन् वा चर्को उत्पीडनमा परेका छन् । यसको जवाफमा क्रान्तिमा लागेका मध्येका एकथरीले उनीहरूमा आएको वैचारिक विचलनका कारण बलिदानलाई बार्गेनिङ र व्यवसायको अङ्गजस्तो बनाएर संसदीय राजनीतिक दाउपेच र कुर्चीखेलको सुधारिएको ससदीय व्यवस्थामा लगेर टुङ्ग्याइदिएका छन् ।
जनयुद्धको राजनीतिक उद्देश्य आजको पुँजीवादी संसदीय गणतन्त्रमा सीमित हुने किमार्थ थिएन । बरु वैज्ञानिक समाजवादको सुनिश्चितताका निम्ति जनवादी क्रान्तिको कार्यभार पूरा गर्नु थियो तर आज न क्रान्तिले पूर्णता पाएको छ या जनवादी क्रान्ति नै सम्पन्न भएको छ, न त क्रान्तिमा बन्ध्याकरण नै हुनेछ, बरु पुराना र नयाँ संसद्वादीहरूद्वारा जबर्जस्त थोपरिएको प्रतिक्रान्तिको जवाफ शक्तिशाली जनताको क्रान्तिद्वारा दिएर मात्र सहिद र बेपत्ता योद्धाहरूको अधुरा सपना साकार हुनेछ ।
राज्यको दमन शृङ्खला
जनयुद्ध थालनीअगावै राज्यले जनसंघर्षको क्रममा मानिस मार्ने फासीवादी अभ्यास अघि बढाइरहेको थियो, २०४७ को संविधानले मृत्युदण्डको सजायको कुनै व्यवस्था गरेको थिएन । आफूलाई प्रजातन्त्रको ठेकेदार ठान्ने संसद्वादी पार्टीको नेतृत्वका सरकार भने मध्ययुगीन बर्बर नरसंहार अभियान उनीहरूले सञ्चालन गर्न भ्याएका थिए ।
जनयुद्ध थालनीको केही अघिदेखि रोमियो अपरेसनबाट तत्कालीन संसदीय सरकारले निर्मम दमन अभियान थाल्यो । जनयुद्ध थालनीलगत्तै जनयुद्ध निस्तेज पार्ने बहानामा ‘किलो सेरा वान’ अपरेसन हुँदै ‘किलो सेरा टु’ अपरेसन, टाउकाको मूल्य तोक्ने हदको सरकारी कारबाहीको उर्दी जारी, आतङ्ककारी तथा विध्वंसात्मक अपराध नियन्त्रण तथा सजाय विधेयकसहित संकटकालको घोषणा, शाही सेनाको परिचालन आदि सुरु भए ।
सशस्त्र प्रहरी बलको गठन, शाही सेनाको परिचालन, माओवादी प्रतिकार समितिको परिचालन आदि पनि भए । जसले हत्या, बेपत्ता र गिरफ्तारीको निर्मम अभ्यास गरेको थियो, युद्धविरामको समयमा समेत जनहत्या कार्यमा निरन्तरता दिँदै अघि बढेको थियो ।
त्यसको ज्वलन्त उदाहरण भनेको दाङको हापुरेमा सरकार नेकपा (माओवादी) बिच वार्ता चलिरहँदा रामेछापको दोरम्बामा झन्डै दुई दर्जन माओवादी नेता कार्यकर्ताको शाही सेनाले बसिरहेको सेल्टर घर घरेमा पारी नरसंहार गरेको घटना नै पर्याप्त रहेको छ ।
जनयुद्ध दमन नाममा राज्यद्वारा घटाइएका केही हत्याकाण्ड
१. मेलगैरी रुकुम २०५२ फागुन १५ गते ६ जना
२. भाबाङ रोल्पा २०५६ असार ८ गते ११ जना
३. अनेकोट काभ्रे २०५८ चैत ४ गते ४६ जना
४. गजुल रोल्पा २०५८ चैत १२ गते ११ जना
५. दोरम्बा रामेछाप २०६० साउन ३२ गते २० जना
६. काउले नुवाकोट २०५९ मंसिर ११ गते ५ जना
७. सिन्धुली २०५९ जेठ ११ गते १ जना
८. कोटबाँडा कालिकोट २०५८ फागुन १२ गते ३५ जना
९. बहादुरपुर पाल्पा २०६० असोज ८ गते ६ जना
१०. सुकीदह इरिबाङ रोल्पा २०५६ मंसिर २८ गते ११ जना
११. खारा रुकुम २०५६ फागुन १० गते १६ जना
१२. मिरुल रोल्पा २०५३ मंसिर २ गते ५ जना
१३. पाङ रोल्पा २०५९ असाोज ६ गते १२ जना
१४. गौर रौतहट २०६३ चैत ७ गते २६ जना
१५. मनकामना स्याङ्जा २०६२ पौष २९ गते २२ जना
१६. सिर्सेकोट स्याङ्जा २०६१ मंसिर १७ गते ५ जना
१७. दैजी कञ्चनपुर २०५८ मंसिर १७ गते ५ जना
१८. शङ्करपुर रिगा बैतडी २०६१ फागुन ६ गते ४ जना
१९. गैरागाउँ बैतडी २०६० कात्तिक १२ गते ३ जना
२०. लटीनाथ दार्चुला २०५९ असार २१ गते ४ जना
२१. सुन्सेरा दार्चुला २०५८ ममाघ २ गते ३ जना
२२. बगरकोट डडेलधुरा २०५९ कात्तिक २३ गते ५ जना
२३. चिपुर डँडेलधुरा २०५९ काात्तिक २३ गते २ जना
२४. विन्वारी सडकघाट कञ्चनपुर २०५९भदौ २ गते ५ जना
२५. धारापानी कञ्चनपुर २०५९ साउन ११ गते ३ जना
२६० काटाकुटी कोत्ले दोलखा २०५९ साउन १८ १५ जना
२७. ढाँकु अछाम २०५६ पपौष ३० गते ९ जना
२८. घोडागाउँ रोल्पा २०५९ कात्तिक ५ गते ४ जना
२९. थारमारे सल्यान २०५४ फागुन १४ गते ३ जना
३०. सल्यान रुकुम २०५६ असोज ९गते ३ जन
३१. बाझकाँडा सल्यान २०५६ मंसिर ८ गते ३ जना
३२. सुर्खेत २०५६ चैत २१ गते ५ जना
३३. दैयापुल बाजुरा २०५८ बैशाख २६ गते २९ जना
३४. किसानचोक शुक्रनगर चितवन २०५९ असाोज ४ गते ४ जना
३५. पटिहानी चितवन २०५९ असोज ४ गते २ जना
३६. भुकदेउराली पर्वत २०५९ पाौष १० गते २ जना
३७. छाङ साउनेपानी तनहुँ २०५८ मााघ २३ गते ८ जना
३८. पसगाउँ लमजुङ २०६० भदौ १५– १८ गते १० जना
३९. तार्कुघाट लमजुङ २०५९ बैशाख २१ गते ३ जना
४०. कोल्की भन्ज्याङ लमजुङ २०५९ जेठ ७ गते ४ जन
४१. कोल्की लमजुङ २०५८ चैत १५ गते ३ जना
४२. नाल्मा लमजुङ २०५९ असार ८ गते २ जना
४३. ठुलढुङ्गा विचौर लमजुङ २०५८ बैशाख ११ गते ४ जना
४४. पर्वत २०६१ मंसिर २२ गते ४ जना
४५. कौवाघारी गोलटकुरी दाङ २०५९ जेठ १६ गते १२ जना सबै दलित
४६. विनायक अछाम २०६० चैत ३० गते १२ जना सांस्कृतिक सभामा
४७. ठुलोगाउँ रसुवा २०५९ पौष १३ गते ७ जना
४८. थानसिंह नुवाकोट २०५८ चैत २५ गते ३ जना
४९. बुढीसेरा नुवाकोट २०६१ असोज ४ गते ३ जना
५०. कुमारी नुवाकोट २०५८ चैत २४
५१. चोलाबाङ रोल्पा २०५९ भदौ ५ गते ७ जना
५२. गाम कुइपाधारा रोल्पा ५ जना
५३. डोडेवारी जेलबाङ रोल्पा ५ जना
५४. माजिङ धबाङ रोल्पा ५ जना
५५. बयानेश्वर सिन्धुली २०५५माघ २७ गते ४ जना
५६. घरथोक म्याग्दी २०५९ बैशाख २२ गते
५७. खिबाङ थुमडाँडा म्याग्दी २०५८ चैत १३ गते
५८. घोडेकोट कालिकोट २०५६ ३ जना
५९. माझपाल डोल्पा २०५९ साउन ९ गते ८ जना
६०. गैरेनीभीर लहँ जाजरकोट २०५२ फागुन १४ गते २ जना
६१. सिमुत रुकुम २०५५ साउन २० गते ४ जना
६२. राङसी रुकुम २०५५ असार १४ गते ४ जना
६३. सिम्ली रुकुम २०५५ कात्तिक २ गते ५ जना
६४. मैकोट रुकुम २०५५ पौष ४ गते ५ जना
६५. महत–गुनाम रुकुम २०५७ कात्तिक ३ गते ७ जना
६६. तकसेरा रुकुम २०५६ पौष ४ गते ८ जना
६७. काँक्री रुकुम २०५२ चैत ५ गते ३ जना
६८. जेलबाङ रोल्पा २०५३ सााउउनन २६ गते ६ जना
६९. फगाम रोल्पा २०५६ भदौ १६ गते ४ जना
७०. खैराबाङ सल्यान २०५५मंसिर ७ गते ३ जना
७१. मैनतडा सुर्खेत–सल्यान २०५६ फागुन ३ गते ५ जना
७२. पुरन्धरा दाङ ७ जना
७३. जाजरकोट लनिसा २०५५ जेठ ८ गते ८ जना
७४. दहजुर्कमा २०५५ जेठ १५ गते ८ जना
७५. मझकोट भालुकुइया २०५५ मंसिर १० गते १० जना
७६० रकु सेरीज्युमा कालिकोट २०५७ भदाौ ३० गते ४ जना
७७. कोटबाडा कालिकोट २०५७ कात्तिक १४ गते ५ जना
७८. फुकोट फुल्मा कालिकोट ३ जना
७९. डुङ्गाल ढाँकु अछाम २०५६ पौष ३० गते ९ जना सांस्कृतिक सभामा
८०. दुम्सी सिन्धुली २०५५ चैत ६ गते ४ जना
८१. इर्खु सिपा २०५५ कात्तिक २६ गते ४ जना
८२. अनेकोट काभ्रे २०५५ चैत ५ गते ७ जना संस्कृतिकर्मी
८३. खलङ्गा जाजरकोट २०५५ पौष ७ गते ५ जना
८४.जगतीपुर जाजरकोट २०५६ असार १५ गते ४ जना
८६. पदनाहा रानीजरु बाह्रबर्दिया २०५८ जेठ २८ गते २ जना
८७. माल्कोट कालिकोट २०५५ असार ६ गते ४ जना
८८. लालु कालिकोट २०५५ भदौ २ गते ३ जना
८९. छाप्र्रे टाकुल्ला कालिकोट २०५५ असोज १९ गते ३ जना
९०. फुकोट कालिकोट २०५६ चैत ४ गते ४ जना
९१. ओदाकु कालिकोट २०५७ साउन ३०– ३ जना
९२. दाहा तिलानदी कालिकोट २०५७ भदौ २ गते ४ जना
९३. अमलावास गोकुले काभे २०५५ असार २७ गते ४ जना
९४. झाँगाझोली सिन्धुली २०५५ कात्तिक १७ गते ५ जना
९५. घारी दुम्सी सिन्धुली २०५५ चैत ६ गते ४ जना
९६. तातोपानी दैलेख २०५८ बैशाख ३० गते ३ जना
९७. रत्नावती–नागस्थान सिन्धुली २०५५ जेठ २६ गते ८ जना
९८. व्यानेश्वर सिन्धुली २०५५ चैत २७ गते ४ जना
९९. बलिया कौवापुर बर्दिया २०५५ भदौ १७ गते ३ जना
१००. धुर्जन्नाउर्मा बर्दिया २०५७ जेठ १३ गते ३ जना
१०१. कागखोला सल्यान २०५६ मंसिर ८ गते ३ जना
१०२. भिमाद मकवानपुर २०६० माघ २२ गते १९ जना
१०३. सिम्ली रुकुम २०५५ कात्तिक २ गते ५ जना
१०४. महतगुनाम रुकुम २०५५ कात्तीक ३ गते ७ जना
१०५. लालुवारी कालिकोट २०५५ भदौ २२ गते ४ जना
१०६. ठुलादुर्लुङ ललितपुर २०५५ असार ३० गते ३ जना
१०७. दाङ २०६४ चैैत २८ गते ७ जना
१०८. सिरहा २०६१ साउन २० गते २ जना
१०९. खुर्सानी खोला मोरङ २०५८ फागुुन २४ गते ५ जना
११०. सङ्क्रान्ति बजार तेह्रथुम २०५८ माघ १० गते २१ जना
१११. पर्सावाल नवलपरासी २०५९ काात्तिक १० गते ९ जना
११२. सैमराङ कास्की २०५९ जेठ २६ गते २ जना
११३. लान्दुक कास्की २०६० चैत १४ गते ३ जना
११४. अर्मलाकोट कास्की २०६१ असार १६ गते २ जना
११५. घलेलगाउँ कास्की २०६१ असार १६ गते २ जना
११६. खोराकोमुख कास्की २०६१ असार १६ गते २ जना
११७. ज्यामिरकुना कास्की २०६२ फागुन २२ गते १ जना
११८. भरतपोखरी गैरागाउँ कास्की २०६१ फागुन ११ गते २ जना
११९. ड्यामसाइड कास्की २०६२ माघ २ गते २ जना
१२०. आर्वाविजय कास्की २०६२ चैत ७ गते २ जना
१२१. कुम्लेखोला तनहुँ २०५८ फागुन ११ गते ४ जना
१२२. घान्दुक कास्की २०६०मंसिर २२ गते २ जना
१२३. ल्वाङ्घलेल कास्की २०६० माघ २४ गते २ जना
१२४. जामुने तनहुँ २०५९ असार २८ गते ३ जना
१२५. दुम्सोकोट तनहुँ २०६० भदौ ३१ गते ३ जना
१२६. भिरकोट तनहुँ २०६० असार ३ गते ३ जना
१२७. छिर्कने तनहुँ २०५९ बैशाख १६ गते– २ जना
१२८. रिसिङ रानीपोखरी तनहुँ २०५९ कात्तिक ४ गते २ जना
१२९. माझकोट रजिडाँडा तनहुँ २०६० मंसिर १८ गते २ जना
१३०. सेतीदोभान तनहुँ २०६१असार ३१ गते ३ जना
१३१. जालभन्ज्याङ देउराली तनहुँ २०६१ भदौ २५ गते ३ जना
१३२. पन्द्रुङ गोरखा २०५२ फागुन १ गते १ जना
१३३. दरौदी गोरखा २०५४ कात्तिक ४ गते १ जना
१३४. सिम्लेपधेरो गोरखा २०५४ चैत ८ गते २ जना
१३५. ढोडेनी गोरखा २०५५ जेठ २० गते ५ जना
१३६. जराङ गोरखा २०५५ असार २३ – १ जना
१३७. थुमी गोरखा २०५५मंसिर २६ गते ८ जना
१३८. केरावारी गोरखा २०५५ पौष १३ गते ५ जना
१३९. बक्राङ गोरखा २०५६ बैशाख ८ गते ३ जना
१४०. गाखुँ बासपुर गोरखा २०५६ भदौ २३ गते २ जना
१४१. तीनखण्डे गोरखा २०५६ साउन १९ गते २ जना
१४२. अर्साङ हर्रा विसौना गोरखा २०५६ पाैष ११ गते २ जना
१४३. मिरकोट गोरखा २०५८ पौष ५ गते ३ जना
१४४. रिट्ठेपानी गोरखा २०५६ फागुन २ गते २ जना
१४५. घैरुङ बतासे गोरखा २०५८ फागुन २८ गते २ जना
१४६. काशीगाउँ गोरखा २०६१ असार २४ गते– ३ जना
१४७. जफदी गोरखा २०६१ कात्तिक १९ गते– ३ जना
१४८. तीनखण्डे गोरखा २०६२ भदौ ३ गते २ जना
१४९. छोपाक मैदान गोरखा २०५८ माघ २ गते २ जना
१५०. टक्सार गोरखा २०५८ पौक्ष् १३ गते ६ जना
१५१. कालीगण्डकी स्याङ्जा २०५९ साउन ४ गते– २ जना
१५२. लक्ष्मीपुर बेलुवा दाङ २०५९ मंसिर १९ गते ९ जना
१५३. फूलबारी बाख्रे दाङ २०५९ भदौ २३ गते ६ जना
१५४. रानागाउँ तुल्सीपुर दाङ २०५९ असोज २१ गते ४ जना
१५५. गोलटाकुरी कौवाघारी दाङ २०५९ साउन १६ गते ९ जना
१५६. नाराबाङ जैमकसला रोल्पा २०५३ साउन २६ गते ५ जना
१५७. ह्वामा रोल्पा २०५३ चैत ६ गते ३ जना
१५८. दुवीडाँडा जसपुर रोल्पा २०५२ चैत १३– २ जना
१५८. रंगनी जीलु ओखलढुंगा २०५७ मंसिर १ गते ३ जना
विविध हत्याकाण्डहरू
१. २०६१ फागुन ८ सिसीहवा गाविस कपिलवस्तु –३ जना
२. २०६३ जेठ १८ हथिहवा गाविस कपिलवस्तु –२ जना
३. २०६३ फागुन ९ बरईपुर गाविस कपिलवस्तु –३ जना
४. २०६३ फागुन ८ चनई गाविस कपिलवस्तु –२ जना
५. २०६१ फागुन ६ सिर्सिहवा कपिलवस्तु ५ जना
६. २०६१फागुन ६ गणेशपुर कपिलवस्तु २ जना
७. २०६१फागुन ६ भगवानपुर कपिलवस्तु ३ जना
८. २०६३ असार १३ हथिहवा कपिलवस्तु २ जना
९. २०६१ फागुन १० हदोना कपिलवस्तु २ जना
१०. २०५९ भदौ २४ गोखुङ्गा अर्घाखाँची ४ जना
११. २०५८ बशाख १२ छत्रगञ्ज अर्घाखाँची २ जना
१२. २०६० मंसिर १६ धनचोर अर्घाखाँची ३ जना
१३. २०६१ बैशाख २४ हंसपुर अर्घाखाँची ४ जना
१४. २०६१फागुन ११ बाजी तिजुगेरा अर्घाखाँची ३ जना
१५. २०६२ जेठ ९ जलुके अर्घाखाँची २ जना
१६. २०६१ जेठ ८ हंसपुर रतननमनरे अर्घाखाँची २ जना
१७. २०६१ फागुन ९ आर्यभन्ज्याङ पाल्पा ३ जना
१८. २०५८ चैत २९ मित्याल मुढावास पाल्पा ४ जना
१९. २०५९ साउन १० रिब्दीकोट पाल्पा ३ जना पाल्पा
२०. २०५८र०११र२२ मदनपोखरा–पाल्पा २ जना
२१. २०६१ बैशाख ७ चिदीपानी–पाल्पा २ जना
२२. २०६१ असोज ११ सूर्यपुरा १, रूपन्देदी ४ जना
२३. २०५८ बैशाख १३ शिख–खिबाङ म्याग्दी ४ जना
२४. २०५९ पौष २२ देवीस्थान ३ जना म्यादी
२५. २०६० बैशाख ८ ज्यामरुङकोट म्याग्दी ७ जना
२६. २०६१ मंसिर ३० गुठी प्रसौनी नवलपरासी ४ जना प्रतिकार समिति
राज्यद्वारा जनयुद्धको समय गिरफ्तारपछि बेपत्ता पारिएका नागरिकहरू
झापा – १२, मोरङ – १७, सुुनसरी – १५, ताप्लेजुङ –४, पाँचथर – ३, इलाम – ३, ओखलढुङ्गा – १२, सोलुखुम्बु – १, उदयपुर – १०, भोजपुर – ४, खोटाङ – ५, सङ्खुवासभा – ५, काठमाडौं – १९, ललितपुर – ६ भक्तपुर – ६, रोल्पा – ६५, म्याग्दी – २, गुल्मी – २, सल्यान – ३७, बाग्लुङ – २३, कास्की – १८, गोरखा – २०, लमजुङ – १३, तनहुँ – १८, पर्वत – २, स्याङ्जा – ७, सप्तरी – ८, सर्लाही – ३, महोत्तरी – ८, धनुषा – ७, सिरहा – ३९, पर्सा – ५, रौतहट – १५, कपिलवस्तु – ११, नवलपरासी – १०, रूपन्देही – ४, धादिङ – २६, सिन्धुपाल्चोक – २०, सिन्धुली – १२, मकवानपुर – १६, नुवाकोट – २२, काभ्रेपलान्चोक – १७, चितवन – २३, दोलखा – १, रसुवा – ३, रामेछाप – ८, अछाम – २, दार्चुला – ८, कञ्चनपुर – ८३, कैलाली – १३, बाँके – ७६, दाङ – २९, कालिकोट – २४, दैलेख – १४, सुर्खेत – २४, हुम्ला – २, जुम्ला – ४, जाजरकोट – १५, बर्दिया – १९८ गरी ९९६ जनाको ठोस तथ्य फेला परे पनि हजारभन्दा बढी नै तत्कालीन राज्यले जनयुद्धको समय २०५२ देखि २०६२ सम्म माओवादी जनयुद्ध दमनको नाममा नागरिकहरूलाई कब्जामा लिएर बेपत्ता पारेको थियो ।
(स्रोतः सहिद तथा बेपत्ता योद्धा परिवार समाज, केन्द्रीय राजनीतिक प्रतिवेदन तथा विधान २०७२)
जिल्लागत आधारमा जनयुद्धका सहिद संख्या
ताप्लेजुङ १३४, पाँचथर १५९, इलाम ९०, झापा ६१, मोरङ १३३, सुनसरी ४३, धनकुटा १७, तेह्रथुम ५९, सङ्खुवासभा ८०, भोजपुर ८१, खोटाङ ६०, सोलुखुम्बु ७३, ओखलढुङ्गा ७२, उदयपुर ५७, सप्तरी ३०, सिरहा १०८, धनुषा १०८, महोत्तरी ३५, सर्लाही ७२, रौतहट १६०, बारा ६४, पर्सा २४, मकवानपुर ९८, सिन्धुली १७१, रामेछाप ११८, दोखला १०३, काभ्रे १५५, ललितपुर १४, भक्तपुर ७, काठमाडौं १२, सिन्धुपाल्चोक १७९, रसुवा १८, नुवाकोट १४१, धादिङ १०७, चितवन ९८, नवलपरासी ६६, रूपन्देही ५४, कपिलवस्तु १०७, अर्घाखाँची ७०, गुल्मी ३३, पाल्पा ४२, स्याङ्जा ४२, तनहुँ ६५, लमजुङ ७३, कास्की ३७, पर्वत ३८, म्याग्दी ६९, बाग्लुङ ९५, प्यूठान ६३, रोल्पा ७४५, रुकुम ५२२, सल्यान १९९, दाङ ३०६, गोरखा १८८, बाँके ९८, बर्दिया १४३, सुर्खेत १५९, दैलेख १६९, जाजरकोट ३२९ कालिकोट ४११, डोल्पा ४३, जुम्ला १८०, हुम्ला १०६, दार्चुला ६६, बाजुरा १०८, बझाङ ७२, बैतडी ८४, डोटी ६१, अछाम १२६, डडेलधुरा ७०, कञ्चनपुर १४६, कैलाली ३३७ जना ।
मनाङ र मुस्ताङमा हत्या र सहादतको घटना भएनन् ।
प्रतिकृया लेख्नुहोस्: