काठमाडौँ। मानवसेवा आश्रमले काठमाडौँको महाराजगञ्जस्थित सडकपेटीबाट उद्धार गरी संरक्षण दिँदै आएका एक बङ्लादेशी नागरिकलाई पारिवारिक पुनर्मिलन गराएको छ ।
बङ्लादेशको ढाकास्थित नेपाली दूतावास र काठमाडौँस्थित बङ्लादेश दूतावासको समन्वयमा बङ्लादेशी महिला विलकिश वेगमलाई स्वदेश फर्काउन सफल भएको आश्रमका काठमाडौँ संयोजक सुमन वर्तौलाले जानकारी दिए ।
उनलाई आश्रमले २०७४ जेठ २१ गते महाराजगञ्ज सडकपेटीबाट उद्धार गरेको थियो । आठ वर्षदेखि बेपत्ता भएकी विलकिशलाई बिहीबार पारिवारिक मिलन गराइएको हो । विलकिश बेगमको स्थायी घर बङ्लादेशको नारायणगञ्ज मुन्सीनगर कुटुबपुर पत्ता लागेपछि मिलन गराउन सफल भएको आश्रमले जनाएको छ ।
उनलाई उद्धार गर्दा परिवार र आफन्तबारे केही बताउन नसक्ने मनोरोगी थिए । आश्रमले संरक्षण गरी औषधि उपचार र मनोविमर्श सेवा दिएपछि उहाँले ठाउँ ठेगाना बताउनुभएको थियो । उहाँलाई पछिल्लो समय वीरगञ्जस्थित आश्रममा राखिएको थियो ।
व्यवसायको सिलसिलामा वीरगञ्ज आएका बङ्लादेशका व्यवसायीसँग आश्रमका अभिभावक प्रकाश थारुले परिवार खोजी गरिदिन आग्रह गरेपछि उनीहरुकै पहलमा परिवार पत्ता लागेको आश्रमले जनाएको छ ।
नेपालस्थित बङ्लादेश दूतावासको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पठाइएको हो । उनलाई लिन परिवार ढाकाको विमानस्थलमा पुगेका जनाइएको छ । यसअघि आश्रमले भारतीय नागरिकलाई पनि १२ वर्षपछि पारिवारिक मिलन गराइएको थियो ।
मानवसेवा आश्रमले २०६९ सालदेखि विलकिश जस्तै घरबारविहीन, बेसहारा तथा असहाय मानवलाई सडकपेटीबाट उद्धार गरी सेवा दिँदै आएको छ । मानवसेवा आश्रमले हालसम्म ५६० नेपाली तथा भारतीय र बङ्लादेशी गरी ३० जनालाई पारिवारिक मिलन गराइसकेको छ । एक हजार ८०० बढीको सडकबाट उद्धार गरेको आश्रममा हाल ६०० बढी संरक्षणमा छन् । रासस
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: