Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?

चिप्लेढुङ्गा। सुन्दर नगरी पोखरा । नौ तालले सिङ्गारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल । यस तालमा माछापुच्छे हिमालको अद्भूत दृश्य देख्न पाइन्छ । यस प्राकृतिक छटाको रसस्वादन गर्न देशभित्र र विदेशबाट थुप्रै पर्यटक पोखरा आउँछन् । प्रकृतिप्रेमीहरुले यस दृश्यको वर्णन गर्दै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया’ जस्ता गीत रचेका छन् ।

कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाल विश्वका सुन्दर हिमालको सूचीमा सातौं नम्बरमा पर्छ । पछिल्लो समय यस हिमालको आरोहण खोलिनु पर्छ वा पर्दैन भन्ने विषयले बहस निम्त्याएको छ । छ हजार ९९३ मिटरको उचाइबाट पोखरामा आउनेहरुलाई स्वागत गरे झै आभाष दिलाउने यस हिमाललाई पर्यटनविद् झलक थापा ‘कुमारी’ विशेषण जोड्न रुचाउछन् । पोखराको सुन्दरताको वर्णन गरेर नथाक्ने उनी यतिबेला दुःखी छन् । विसं २०२७ मा पर्यटनको सम्भाव्यता अध्ययन गर्न पोखरा आउदा फेवातालको किनारबाट उनको नजर ठोक्कियो एक्लै मुस्कुराइरहेको माछापुच्छ्रे हिमालसँग । त्यसपछिका दिनहरुमा उनी पोखराको सुन्दरतामा रमाए र त्यसलाई सदा आँखा र हृदयमा राखिराख्न पोखरावासी बने ।

माछापुच्छ्रे हिमाल अहिलेसम्म कसैले आरोहण नगरेको थाहा पाएपछि उनी अझै खुशी भए। माछापुच्छ्रेको कुमारीत्व जोगाउनु पर्छ भन्ने सोचाइ उनलाई त्यत्तिबेलै आयो । तर्कसहित लेख्न शुरु गरे। एउटा हिमाललाई कुमारी भन्दै जोगाउनु पर्ने कारण छैन भन्ने तर्क गर्नेहरुमा डा हर्क गुरुङ्गजस्ता विद्वानहरु थिए । उनी आफ्ना धारणामा शुरुदेखि नै अडिग रहँदै आए । धेरै पोखरेलीले उनको यो विचारलाई रुचाए पनि ।

माछापुच्छ्रेलाई ‘यशोधरा’ ठानदछन् उनी । पचास वर्ष अघिदेखि माछापुच्छ्रेलाई मनमा सजाएर राख्दै आएका उनलाई यो हिमाल आरोहणका लागि खोलिँदैछ भन्ने समाचारले व्याकुल बनाइदिएको छ । विश्वका सुन्दर हिमालमा नेपालको आमादब्लम र माछापुच्छ्रे पर्छ । आमादब्लममा आरोहण हुन्छ । माछापुच्छ्रेलाई कुमारी राखेरै यसको सौन्दर्यबाट पर्यटकलाई भित्र्याउनु पर्ने विचार राख्नुहुने उनको प्रश्न छ – माछापुच्छ्रेलाई कुमारी नै राखे के बिग्रन्छ रु आजसम्म हिमाल आरोहणबाट कति कमायौं र अब माछापुच्छ्रेबाट पनि कमाउने आशा राखेका छौ ?”

पर्यटन व्यवसायी नरेश भट्टराई पनि माछापुच्छ्रेको सुन्दरतालाई जोगाउन आरोहण गर्न दिन नहुने तर्क राख्छन् ।

उनले भने – \'गण्डकी प्रदेशमा मात्रै आठ हजारमाथिका तीन वटा हिमाल (अन्नपूर्ण, मनास्लु, धौलागिरी) छन्, अन्नपूर्ण प्रथमको मध्य र पूर्व पनि आठ हजार मिटरमाथि छन् । ती हिमालको आरोहणको अवस्था र प्रचारप्रसारमा सरोकारवालाहरु मौन छन् । अहिले एकाएक माछापुच्छे् आरोहणको विषय उठाउनु सान्दर्भिक छैन । हामी अध्ययन विना हतारिन्छौ । माछापुच्छ्रेको सुन्दरता हेर्नमा नै उपयुक्त छ, चढ्नमा होइन ।\' माछापुच्छ्रेलाई कुमारी नै राखेर त्यसैलाई ‘टुरिज्म प्रडक्ट‘को रुपमा प्रचार गर्नुपर्ने उनको सुझाव छ ।

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पर्यटन विभागसँग सहकार्य गरी माछापुच्छ्े हिमालको आरोहण खोल्न पहल भएको बताए । \'प्राकृतिक कुरालाई जीविकोपार्जनसँग जोड्नु पर्छ,\' उनी भनछन् – \'माछापुच्छेका बासिन्दा हिमालको उपयोग गरेर आफ्नो जीवनस्तर बढाउन लाग्नुपर्छ । अब हेरेर बस्ने कुराको मात्रै तर्र्क गरेर हुँदैन ।\'

जाति र धर्म विशेषसँग जोडेर यस हिमालको आरोहण रोकिएको भन्ने कुरा मिथ्या भएको उनी ठान्छन् । उनले भने – “हिमाल पहाड प्राकृतिक कुरा हुन् । यसलाई जातजातिले पूजा गर्छन् भन्ने प्रसङ्ग जोडेर बन्द गरिएको भन्ने कुरामा सत्यता छैन ।

सन् १९५६ तिर बिट्रिश कर्णेल रोबर्टसन र उनको टोलीले माछापुच्छ्रे आरोहणको प्रयास गरेका थिए । नसकेर बीचबाटै फर्के । आफूले नसकेपछि अरुलाई किन यश कमाउन दिने भन्ने मनसायले देउता छन् भन्ने प्रचार गरेको हुनसक्ने गुरुङको भनाइ छ । पर्यटन मन्त्रालयका अनुसार विसं २०२० पछि यसको आरोहण बन्द छ ।

कोही आरोही अग्लो हिमाल चढ्न रुचाउँछन्, अर्काथरी सुन्दर हिमाल । नेपालका सगरमाथा र आमादब्लम सुन्दर हिमालमा गनिन्छन् । आरोहीको सङ्ख्याले पनि यो तथ्यलाई पुष्टि गर्ने उनको तर्क छ ।

सन् १९५० को दशकमा अन्नपूर्णको प्रथम आरोहण भएको थियो । हाल त्यहाँ आरोहण गर्नेको सङ्ख्या घटिरहेको बताइन्छ । मानिस अग्लो र सुन्दर हिमाल चढ्न मन पराउँछन् । माछापुच्छे मा उचाइ र सुन्दरता दुबै विशेषता भएकाले आरोहीको रोजाइ पर्ने तर्क गुरुङ्गको छ ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले माछापुच्छ्रे आरोहण अनुमति अध्ययनको विषय रहेको बताए । नेपालमा झण्डै तीन हजार हिमाल रहेका छन् । संसारमा ८ हजारभन्दा माथिका १४ वटा हिमाल छन्, त्यसमध्ये नेपालमा मात्रै ८ वटा छन् । माछापुच्छ्रे हिमाल आरोहणका विषयमा उनले भने \'माछापुच्छ्रे हिमाल आरोहण के कारणले रोकिएको थियो रु आरोहण खुला गर्दा हुने फाइदा र खुला नगर्दा हुने फाइदाका बारेमा अध्ययन गरेर मात्रै सान्दर्भिक निर्णय गरिनेछ । हिमाल आरोहीको तथ्याङ्गलाई पनि हामी केलाउँछौं ।\'
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा भन्छन् – पर्यटन विकासमा नयाँ नयाँ गन्तव्यको खोजी जरुरी हुने भएकाले माछापुच्छे आरोहण खुला गरे आरोहीको आगमन बढ्ने सक्ने विश्वास व्यक्त गर्छन्। विसं २०३४ सालदेखि हिमाल आरोहणको रोयल्टी उठाउने अनुमति प्राप्त गरेको सङ्घले हाल २७ वटा हिमालको आरोहण अनुमति प्राप्त गरेको छ । सरकारले ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ ।

उनले माछापुच्छ्रे हिमाल चढेर त्यसको सुन्दरता नबिग्रने भएकाले खुला गर्नुपर्ने धारणासँग आफू सहमत रहेको बताए । नेपालमा सन् १९५३ मा तेन्जिङ्ग नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेका थिए । उनले त्यस बेला दार्जिलिङबाट हिमाल चढ्ने अनुमति लिएका थिए । बेलायतीहरु हाबी रहेको त्यो समयमा उनीहरुकै बोली बिक्ने गरेको लामा बताउछन् । सन् १९५६ मा नेपालमा हिमालयन सोसाइटी भन्ने संस्थाको गठन भयो र यही बेलादेखि यस संस्थाको सिफारिशमा परराष्ट्र मन्त्रालयले हिमाल आरोहणको अनुमति प्रदान गर्ने गरेको लामा स्मरण गर्छन् ।

कन्जरभेसन इन्स्टिच्युटका अनुसार विश्वका सुन्दर हिमालमा स्विट्जरल्यान्डको दि मटेरहोर्न, अमेरिकाको डेनाली, आइसल्याण्डको किर्कजुफिल, दक्षिण अफ्रिकाको टेबल माउन्टेन, नेपालको आमादब्लम, स्विट्जरल्यान्डको माउन्ट इगर छन् र सातौं नम्बरमा माछापुच्छ्रे रहेको छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy