प्रचण्ड विद्रोह जति हो त्यो भन्दा वढी निकास हो । जति स्वार्थ हो त्यो भन्दा वढी त्याग हो । प्रचण्ड जति आवेग हो त्यो भन्दा वढी भावना पनि हो । यसो भन्दा प्रचण्डको स्तुतीगान हुन्छ भने प्रचण्ड प्रसंशा र आलोचनाको ब्रम्हाण्ड हो । यहाँ लेखिएका कुरा केही अन्दाजहरु हुन । जुन पूर्णरुपमा मेल नखान सक्छन ,तैपनि यो समीक्षा र प्रक्षेपण हो प्रचण्डको । ०५२ को प्रचण्डविद्रोह जीवनप्रतिको जाँगरले चलाएको होला भन्दा ठेस्सिनु पर्दैन । जीवनसँग मृत्यु जोडिएकै हुन्छ । शुरुवातमा जसरी पनि वाँचिएला भन्ने मुर्खता सोचिएको भए विज्ञानको परीक्षण अगाडि परिणाम किटानको हक हुदैन भन्ने सामान्य नियम नजानेकाले विप्लवको नेतृत्व गर्न सक्दैन । प्रचण्ड यो मुद्दाका अपवाद हुन । उनी मृत्युमा रुन सक्थे । मिडियाका लागि अभिनय नै सही चुनवाङ भिडियो तिनका हार्डडिस्कमा अहिले पनि सुरक्षित नै होला । यसकारण नै आविष्कार भएको थियो हाँस्दाहाँस्दै रुने र रुँदा रुँदै हाँस्ने । उनको तीक्ष्णतामा जनयुद्धको बर्मेली आवसान नेपालले भोगेन । उनका आदरणीयहरुको माओसुत्र अन्ध नक्कलमा उनी ढेपिएको भए आज मुलुक र उनी खरानीमाथिको भीमकाय शोकमा लथालिंग हुन्थे । उनको पहलमा केही उपलब्धीहरु हात परे । तैपनि मान्छेहरु भन्छन् लासका अगाडि उपलब्धी कम भो । उदाहरण त पेरु पनि त थियो ,त्यहाँ भन्दायहाँ मनग्यै भो, लाख भो । कम्तीमा विप्लवी चेतनाका हज्जारौं मस्तिष्कहरु त तयार भए । चाहे मिडियाका आँखामा तिनीहरु बाँदरे नै किन नहोउन , काउछो नसहने वर्ग नै समतामूलक समाज निर्माणको मुख्य इन्जिन थियो र हो ।
प्रचण्ड कमजोरीसहितका नायक नै हुन् तर, उनको सबैभन्दा ठूलो कमजोरी के हो भने उनी अँगेनोमा सितो नभए पनि चुठेल्नोमा डकार्न सक्छन् ।
प्रचण्डलाई मिडियाले लखेट्छ र लेख्छ उनी स्वार्थको राजनीति गर्छन् । समीकरण नमिलाई लेखेको यो समाचार जाली तमसुकजस्तो लाग्छ जसको प्रायोजन हरिया नोटहरुबाट र निर्देशन नेपालमा उपद्रो इच्छित अमुकतावाट हुने गरेको छ ।प्रचण्डलाई मिडियाले लखेट्छ र लेख्छ उनी स्वार्थको राजनीति गर्छन् । समीकरण नमिलाई लेखेको यो समाचार जाली तमसुकजस्तो लाग्छ जसको प्रायोजन हरिया नोटहरुबाट र निर्देशन नेपालमा उपद्रो इच्छित अमुकतावाट हुने गरेको छ । स्वार्थ खोजेको भए कटुवाल साँहिला उनका हितैषी हुने थिए , गिरिजा उनका दाहिना हुन्थे । सर्त यत्ति थियो गिरिजालालाई राष्ट्रपति र कटुवाललाई निर्भयताको वचन चाहिएको थियो । उनी आफैं श्रृजीत विजयको शिखरवाट ओर्ले तर सम्झौता गरेनन् । यो गरेर ठीक वा बेठीक के गरे यो छलफलको अर्को पाटो बन्ला । तर, निर्धक्क भने हुन्छ उनि लम्पसार पर्न तयार भएनन् । यदि लम्पसार उचित ठानेको भए शक्ति र सत्तामा उनको अटुटता रहन्थ्यो । प्रक्षेपण गलत होला सँगैका सहकर्मीहरुको आतंकले उनले उनकै योद्धाहरुलाई बरु अन्याय गरे, जो बली राजाकै जस्तो विशालता थियो ।आफै माथीको यो अन्यायलाई मिडियाले माओवादीको क्षयीकरण भनेर भट्ट्याइरह्यो र प्रचण्डलाई खेदिरह्यो । उनको जीवन जति जटिल अरुको सायदै होला । चित्त बुझाउन पर्ने उनका लागि धेरै छन्, घर भित्रका र केही समयदेखि छुट्टिएर बसेकादेखि छिमेकीसम्मै । तिनका आँखामा प्रचण्डसँग जति अपेक्षा अरुसँग नहोला । घरभित्रकाले घरमूली हुन देओस् भन्छन्, छुट्टिएर बसेकाले आफ्नो निम्ति पनि पहुँच पुग्ने चुलो निर्माण गरेर पुरानै घरमा हुलोस् भन्ने चाहन्छन् र छिमेकी हामीलाई पनि मासु लाग्ने गरी मेसो मिला
प्रतिकृया लेख्नुहोस्: