काठमाडौँ। आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नंं १ बाट आठ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् ।
आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३ केजीमुनि इलामका पवन राई र रञ्जीतकुमार यादव, ९० केजीमुनि झापाका मङ्लु मेचे र १०० केजीमुनि सङ्खुवासभाका यमुनाप्रसाद काफ्ले छनोट भएका छन् ।
त्यसैगरी महिला ४८ केजीमुनि झापाकी स्वस्तिका सुवेदी र मोरङकी सन्ध्या दाहाल, ५२ केजीमुनि झापाकी दिलमाया लिम्बू र सुनसरीकी सुस्मिता कार्की, ५७ केजीमुनि झापाकी श्रेया मगर र सुनसरीकी विद्यादेवी खड्का, ६३ केजीमुनि झापाकी आशा मेचे, ७० केजीमुनि इलामकी दुर्गा भट्टराई, ७८ केजीमुनि इलामकी सुस्मिता खवास र ७८ केजीमाथि मोरङकी गोमा राई छानिए ।
सचिवालयका अनुसार प्रदेश नंं ५ मा हुने तय भएको आठौँ राष्ट्रिय खेलकुदका लागि सबै प्रदेशहरुमा खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ । “सबै प्रदेशबाट तथ्याङ्क सङ्कलन गरिरहेका छौँ, एक साताभित्र सबै खेलमा सहभागी हुने खेलाडीको नामावली सार्वजनिक गर्नेछौँ”–सचिवालयका संयोजक इन्द्र कार्कीले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: