चितवन। अनुसन्धानका लागि हिमाली जिल्लाबाट ल्याइएको लुलु गाई यहाँको तापक्रममा पनि घुलमिल हुनसकेको छ । मुस्ताङमा जन्मिएको लुलुलाई चितवनमा ल्याएर बहर लगाइएको छ । एउटा गाई ब्याइसकेको छ भने तीन गर्भिणी छन् ।
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार डेढ वर्षअघि ती गाईलाई यहाँ ल्याइएको थियो । मुस्ताङबाट ल्याएर दुई वर्ष काठमाडौँमा राखेपछि ती गाई चितवन ल्याइएको हो । आठ गाई र दुई साँढे ल्याइएका थिए । तीनै साँढे लगाएर गर्भिणी भएका चार गाईमध्ये एउटा एक महीनाअघि ब्याइसकेको छ भने तीन ब्याउने भएको आचार्यले बताए ।
ती गाई यहाँको तापक्रममा पनि रमाउन सकेको उनले बताए । गाईको अनुसन्धान केन्द्रमा नियमित रूपमा आहारा खुवाएर अन्य गाईलाई झैँ ती गाईलाई पनि पालिएको छ । ब्याएको गाईले दैनिक दुई लिटर बढी दूध दिएको उनले बताए । मुख्यरूपमा मनाङ, मुस्ताङलगायतका हिमाली क्षेत्रमा पाइने लोपोन्मुख प्रजातिको रूपमा यो गाईलाई लिने गरिन्छ । वयस्क हुँदा १५० किलोदेखि १६० किलोसम्मको तौल हुने यो गाईको साँढेको जुरो हुँदैन । प्रमुख आचार्यका अनुसार निकै बलियो मानिने यो गाईलाई झट्ट कुनै रोग लाग्दैन । जस्तोसुकै कठिन परिस्थितिमा पनि जीवन निर्वाह गर्नसक्ने क्षमता यी गाईमा हुने उनले बताए ।
हिउँ पर्ने ठाउँमा आहारा खोजेर बाँच्न सक्ने क्षमता भएकाले यस गाईमा उन्नत जातको गाईसँग मिलाएर बलियो, जहाँ पनि घुलमिल हुनसक्ने र धेरै दूध दिने गाई उत्पादन गर्न सकिने आचार्यले बताए । लोप हुँदै गएको यस गाईको संरक्षण गर्दै यसको असाधारण क्षमतालाई उन्नत गाईसँग मिलाएर देशका जुनसुकै हावापानीमा घुलमिल हुनसक्ने राम्रो गाई उत्पादन गर्न सकिने देखिएको छ ।
लुलुजस्तै तीनरचारथरीका गाईलाई क्रस गरेर नयाँ गाई निकाल्न पनि लुलु उपयोगी हुने देखिएको छ । लुलुलाई सम्पत्तिका रूपमा संरक्षण गरेर राख्ने उद्देश्य लिइएको आचार्यले बताए। न्यून तापक्रममा हिमालमा हुर्किएका यी गाई तराईमा समेत घुलमिल हुन सक्नुले नेपालमा गाईको अनुसन्धानमा सहयोगीसमेत हुने देखिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: