Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

श्रीमानलाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष

अछाम। मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ । यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उनका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ ।

कुनैबेला गोरप्रसादले चौबीसै घण्टा मदिरा सेवन गर्थे र घरमा आएर झगडामा उत्रन्थे । त्यसरी भताभुङ्ग हुने अवस्थामा रहेको उनको परिवार यतिबेला आर्थिक, सामाजिक र सबै हिसाबले सबल बनेको छ । आठ वर्ष यता गोरप्रसादले मदिरा सेवन चटक्कै छोडेपछि व्यावसायिक रुपमा दम्पती मिलेर सङ्घर्ष गर्दा सबैतिरबाट सफल भएकामा उनीहरु दङ्ग छन् । होटल सँगै डेरी उद्योगसमेत सञ्चालन गरेका हरिकला र गोरप्रसादले मनग्य आम्दानी मात्रै गरेका छैन, व्यवसायमार्फत जीवनलाई नै कायापलट गरेका छन् ।

विगतका वर्षहरुमा मदिरा सेवन गर्ने गरेकै कारण कलह र कटुतापूर्ण सम्बन्ध रहेको हरिकला र गोरप्रसादको वर्तमान भने व्यावसायिक रुपमा सफल र सामाजिक रुपमा अब्बल छ । यसो हुनुको पछाडि गोरप्रसादले मदिरा परित्यागपछि श्रीमतीसँग मिलेर कडा मेहनत गर्नु नै भएको दुबै बताउँछन् ।
अभाव, दबाब र सामाजिक अपहेलना सँंगै २२ वर्ष अघिदेखि सामान्य रुपमा चिया र खीर बेच्दै गरेका विगतका ती दिन र मदिराविरुद्ध श्रीमानसँग लड्दाका कठिन क्षणहरु सम्झँदै हरिकलाले भनिन् – “पहिले त साह्रै अप्ठेरो थियो, पैसा थिएन, भाँडाकुँडा थिएन । श्रीमानले पनि साथ दिने त कता कता, मदिरा सेवन गरेर मलाई र छोराछोरीलाई कुटपिट गर्नु हुन्थ्यो । मैले ठूलो दुःख झेलेकी छुँ ।” मदिराको लतमा लागेर बिग्रिएका श्रीमानलाई बाटोमा ल्याउन सबैसँग हारगुहार माग्दै सङ्घर्ष गरेर आफू अघि बढेको हरिकलाले बताइन् । अहिले श्रीमानले मदिरा छाडेको र मिलेर काम गरेपछि आफूहरु सफल भएको हरिकलाको भनाइ छ ।
उनी भन्छिन् – “श्रीमानले रक्सि छाडेपछि धेरै राम्रो भयो । रक्सि छोडेपछि नै हो हाम्रो व्यापार व्यवसाय पनि फस्टाएको ।” नराम्रा कुराका विरुद्ध लडाइँ लडिरह्यो भने एक न एक दिन सफलता मिल्ने हरिकलाको जीवनबाट चरितार्थ हुन्छ ।

श्रीमान्को साथ नपाएकी र गाउँ समाज सबैतिरबाट अपहेलना खेपेकी हरिकलाले विगत सम्झँदै भावुक भएर भनिन् – “मेरो विगतको सङ्घर्षको परिणाम स्वरुप आजभोलि सबैबाट प्रशंसा पाइरहेकी छु । व्यावसायिक रुपमा पनि सफल भएकी छँु । आठ वर्षदेखि श्रीमानले पनि रक्सि छोडेर मलाई डटेर साथ दिनुभएपछि झनै हौसला बढेको छ ।” श्रीमानले रक्सि खाएर सुल्टो कुरा कहिल्यै नगर्ने, छोराछोरी र आफूलाई कुटपिट गर्ने श्रीमानको व्यवहारबाट हरिकला वर्षौंसम्म आजित हुनुपर्यो । हिजो खिसिटिउँरी गर्नेहरु भने आज उनका प्रशंसक भएका छन् ।

उनी भन्छिन् – “मेरो सङ्घर्षको कथा म जस्तै पीडित हुनेहरुलाई पनि भनिरहेकी छुं, महिलाहरुले पनि समाजलाई राम्रो बनाउन सक्छन् भनेर । हिम्मत नहारी निरन्तर सङ्घर्ष ग¥र्यांै भने अवश्य सफल भइन्छ ।” अरु महिलालाई पनि सकारात्मक भएर अघि बढ्न र आफ्नो लक्ष्यबाट नडगमगाउन उहाँ सुझाव दिनुहुन्छ ।
उमेरले ५० वर्ष कटिसकेर पनि श्रीमतीलाई व्यावसायिक रुपमा दरो साथ दिइरहेएका गोरप्रसाद अहिले मदिरा खान त परै जाओस् पसलमा आउने ग्राहकले रक्सि शिशीको बिर्को खोलिदिन आग्रह गर्दा पनि खोल्न मानदैनन् । आठ वर्ष यता मदिरा सेवन चटक्कै छोडेका गोरप्रसाद तीन वर्ष यतादेखि त शुद्ध शाकाहारी नै बनेका छन् । उनी भन्छन् – “मैले मदिरा छोडेको आठ वर्ष भइसक्यो । अहिले पसलमा कुनै ग्राहकले रक्सिको बिर्को खोलिदिनुस् भन्दा पनि खोल्न सक्दिनँ भन्छुं । नखाने मान्छेलाई बिर्को समेत खोल्न मन लाग्दो रहेनछ ।”

अभाव र सङ्गतका कारण मान्छे कुलतमा फस्ने गरेको उनको भनाइ छ । आफ्नो नराम्रो बानीबारे उनले भने – “पहिला आफ्नो स्थिति पनि त्यस्तै थियो । खल्तीमा पैसा नहुने, काम नहुने, जाँड खाने यस्तै यस्तै, । तर मदिरा छोडेर काम गर्दा अहिले जमीन आकाशको फरक पाएँ । मलाई आर्थिक, सामाजिक र स्वास्थ्यका हिसाबले निकै फाइदा भएको छ । समाजको पनि अगुवा जस्तै छु । पहिले मसँग कोही सोध्न आउँदैनथे ।”

पहिले मदिराका पारखी गोरप्रसाद अहिले भने यसले कसैलाई पनि फाइदा नगर्ने बताइरहेका छन् । जाँड रक्सि खाने लत बसेकाहरुलाई पनि छाड्न सुझाव दिइरहेका छन् र भनछन् – “रक्सि छोड्नु भनेको त केही पनि रहेनछ । हजूरले आज खानुभएन, भोलि खानुभएन । हुँदाहुँदा एक महिना खानुभएन, वर्षदिनसम्म खानुभएन भने यो आफै छुट्दो रै’छ त ।”

छोराछोरीको पढाइलेखाइ मात्रै नभई होटल र डेरीमा अन्य चार जनालाई भण्डारी दम्पतीले रोजगारी समेत दिएको छ । उनीहरुलाई १५ देखि १८ हजार रुपैयाँसम्म मासिक तलब दिइरहेको गोरप्रसादको भनाइ छ । चार सन्तानमध्ये एक छोरी अनमी पढेर जागीर गर्छन् भने एक छोरी स्टाफ नर्स पढिरहेकी छन् । छोरा बिएस्सी तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् भने कान्छी छोरी पनि काठमाडौँमा बोर्डिङ स्कूल पढिरहेकी छन् । छोराछोरीको पढाइ खर्च मासिक दुई लाख रुपैयाँसम्म आउने गरेको पनि उनले बताए ।
मदिराले स्वास्थ्य बिगार्नाका साथै धन नाश गर्छ । त्यसमाथि सामाजिक रुपमा बहिष्कृत र लज्जित हुनुपर्ने त छँदै छ । महिला हिंसा र घरेलु हिंंसाको प्रमुख कारकका रुपमा रहेको मदिरालाई त्याग्दा नै जीवनमा सफलता र खुशी मिल्छ भन्ने शिक्षा हरिकलाको सङ्घर्षबाट सिक्न सकिन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending