Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

५ दल राष्ट्रपतिको शरणमा

काठमाडौं, चार दलबीच भएको १६ बुँदे सहमतिप्रति असन्तुष्ट दलहरूले संविधानको रक्षा गरिपाऊँ भन्दै राष्ट्रपतिलाई शनिबार ज्ञापनपत्र दिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ उनीहरूले चार दलको सहमति नेपालको अन्तरिम संविधानको भावनाविपरीत भएको दाबी गरेका छन् । पहिचानसहितको संघीयता र संघीयतासहितको विभेदरहित एवं समावेशी लोकतान्त्रिक चरित्रको संविधान निर्माण गर्नुको सट्टा चार दलले संघीयताविहीन संविधान निर्माण गर्न संघीय आयोग बनाउन खोजेको असन्तुष्ट दलहरूको दाबी छ । तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस समाजवादी पार्टी र संघीय समाजवादी पार्टीले राष्ट्रपतिलाई निवेदन बुझाएका हुन् । उनीहरूको ज्ञापनपत्रमा चार दलको संघीय आयोग बनाउने प्रस्ताव नेपालको अन्तरिम संविधानको धारा ८२ को मर्म र भावनाको प्रतिकूल रहेको उल्लेख छ । ‘नेपालको अन्तरिम संविधानको धारा ३६ ९क३० अनुसार संविधानको संरक्षण र पालना गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भन्ने व्यवस्था भएको हुँदा संविधान निर्माण कार्यसमेत संवैधानिक व्यवस्था, विधि र प्रक्रियालाई संविधान र संविधानसभाको नियमावली–०७० को प्रतिकूल नहुने गरी संविधानसभाबाटै संविधान जारी गराइनुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसरी नेपालको अन्तरिम संविधान–०६३ को प्रस्तावना, निर्देशक सिद्धान्त, मूल्य र मान्यताअनुरूप संविधानसभाबाट संविधान निर्माण गराउन सम्माननीय राष्ट्रपतिसमक्ष अनुरोध गर्दछौँ ।’ उनीहरुले शनिबार नै प्रधानमन्त्री सुशीलल कोइरालाले पनि भेटेका छन् । गुनासो गर्न पुगेका उनीहरुलाई प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका विषयमा भएको सहमतिलाई विश्वास गरी संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending