Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

लागुऔषध बरामद हुन्छ, तर नष्ट गरेको प्रमाण हुँदैन, किन ?

बाँके। प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्नेगर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ ।

बाँके प्रहरीले पटक–पटक लागुऔषध बरामद गर्दै आएको छ । बरामद गरिएको लागुऔषध नष्ट भने गरेको कुनै खबर सार्वजनिक हुँदैन । प्रहरीले अहिलेसम्म कति आगुऔषध बरामद गर्यो त्यसको रेकर्ड प्रहरीसँगै छैन । सूचना माग्दा सबै नष्ट गरेको मुद्दा शाखाका प्रहरी निरीक्षक दीपक मल्ल बताउछन् । तर, कति परिमाण नष्ट गरिएको भनेर सोध्दा उनले एकिन जानकारी दिन सकेनन् ।

उनले बनावटी जवाफ दिँदै भने, \'सबै नष्ट भयो ।\' कानूनअनुसार कुनै पनि लागुऔषध बरामद भइसकेपछि त्यसलाई प्रक्रिया पुर्याएर नष्ट गर्नुपर्छ । तर, वार्षिकरूपमा ठूलो परिणाममा लागुऔषध बरामद भए पनि प्रहरीसँग कति परिमाणमा नष्ट गर्यो भन्ने तथ्याङ्क नै छैन तर, मुद्दा शाखाका प्रहरी निरीक्षक मल्ल भनछन्, \'बरामदपछि सार्वजनिक गरिएको सबै लागुऔषध नष्ट गरिएको छ, हामीसँग तथ्याङ्क छैन र दिन पनि मिल्दैन ।\'

बरामद लागुऔषध नष्ट गर्दा अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सञ्चारकर्मी, नागरिक समाज र प्रहरी सबैको रोहबरमा हुनुपर्ने कानूनी प्रावधान छ तर, प्रहरीले अहिलेसम्म लागुऔषध नष्ट गर्दा यी कुनै पनि निकायलाई रोहबरमा राखेर नष्ट गरेको छैन । नष्ट गरेको प्रमाण सार्वजनिक नहुने भन्दै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले नष्ट गर्दा धेरै निकाय संलग्न हुने भएकाले सार्वजनिक गर्न असहज हुने बताए ।

“बरामद गर्दा प्रहरी मात्रैले बरामद गर्ने हुँदा बरामदको प्रमाण सार्वजनिक हुन्छ तर, नष्ट गर्न थुप्रै निकाय संलग्न हुने भएकाले सार्वजनिक गर्न असहज हुन्छ”, प्रहरी उपरीक्षक पौडेलले भने । लागुऔषधको जिम्मेवारी प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको हुने र प्रहरीले कानूनी प्रक्रिया टुङ्ग्याएपछि नष्ट गर्ने बेलामा मात्र प्रशासन कार्यालयका प्रतिनिधि बोलाउने गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

“नष्ट गर्दा मात्रै बोलाइने हुँदा बरामद गरिएको लागुऔषध दुरुपयोग हुने÷नहुने हामीलाई थाहा हुँदैन”, उनले भने, “त्यो प्रहरीलाई नै सोध्नुपर्छ ।” कानूनतः लागुऔषध बरामदपछि प्रमाणका रूपमा अदालतमा विवरण पेश गर्नुपर्छ । घटनाको सम्पूर्ण अनुसन्धान नसकुञ्जेल त्यसलाई नष्ट गर्न पाइँदैन । अनुसन्धान सकिएपछि मात्रै अदालतको फैसलाअनुसार, प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीको रोहबरमा लागुऔषध नष्ट गरिनुपर्ने प्रावधान छ तर यहाँ यस्तो प्रक्रिया अहिलेसम्म पूरा गरिएको देखिँदैन ।

एक तथ्याकङ्अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ५८७ ग्राम ६८ मिलिग्राम ब्राउनसुगर, ३० किलो २०० चरेश, नाइट्रोजेपाम ९३५ ट्याब्लेट, अफिम पाँच किलो र गाँजा १५ ग्राम बरामद गरिएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा ५३७ ग्राम ३१२ मिलिग्राम ब्राउनसुगर, ३७ किलो एक ग्राम गाँजा, १० किलो ५३ ग्राम अफिम, पाँच लिटर २०० मिलिटिर कोरेक्स, नाइट्रोजेपाम ९७५ ट्याब्लेट बरामद भएको थियो ।

आर्थिक वर्ष २०७४÷७५ मा ३७५ ग्राम २६२ मिलिग्राम ब्राउनसुगर, ८६ किलो २५० ग्राम चरेश, सात किलो ३०० ग्राम अफिम, १०० ग्राम गाँजा, दुई हजार ६५० मिलिलिटर कोरेक्स, तीन हजार ९२६ नाइट्रोजेपाम÷नाइट्रोभेट, स्पाम ६९ ट्याब्लेट बरामद भएको थियो तर, यी सबै लागुऔषध नष्ट गरिएको दाबी गरे पनि प्रहरी निरीक्षक मल्लले जिल्ला प्रहरी कार्यालयमा यसको तथ्याङ्क नभएको बताए।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy