Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

घुम्टेमा गुराँस उत्सव हुने

गलकोट। लालीगुराँस संरक्षणका लागि बागलुङमा ‘गुराँस उत्सव’ को आयोजना गर्ने भएको छ ।

पछिल्लो समय गुराँसका वनमा सडक विस्तार तथा फँडानीले गर्दा गुराँस मासिँदै गएकाले यसको संरक्षणका लागि पर्यटन विकास केन्द्र बागलुङले नयाँ वर्ष २०७६ को अवसरमा यहाँको घुम्टे पहाडमा ‘गुराँस उत्सव’ को आयोजना गर्ने भएको हो । उत्सव चैत ३० र वैशाख १ गते हुनेछ ।

समुद्री सतहदेखि तीन हजार १२० मिटरको उचाइमा रहेका तथा जिल्लाकै अग्लो पहाडको रपमा चिनिएका पर्यटकीयस्थल घुम्टेको लेकमा सो संस्थाले विगत सात वर्षदेखि गुराँस उत्सवको आयोजना गर्दै आएका छन् ।

केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले अत्यन्त महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवद्र्धनमा यो उत्सवले टेवा पु¥याउने विश्वास लिएको छ । वैशाख पूर्णिमामा घुम्टेको धुरीमा रहेको शिद्ध भैरवको मन्दिर दर्शन गर्न जाने भक्तजनको घुइचो लाग्ने गर्दछ ।

उत्सवका अवसरमा अवलोकनयात्रा, कला संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तलन, ‘क्याम्प फायर’ लगायतका कार्यक्रमको आयोजना गर्नेछ । उत्सवमा सोरठी, सालैजो, यानीमाया, घुम्टे साइलाजस्ता मौलिक संस्कृति झल्कने गीत, नृत्य तथा झाँकीको प्रदर्शनीसमेत गरिने केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पर्यटन व्यवसायी राज थापाले बताए । चैत–वैशाखमा घना वन क्षेत्रमा फुल्ने विभिन्न थरिका गुराँसले घुम्टेको लेक राताम्मे हुन्छ । घुम्टेमा दुर्लभ मानिने सेतो लालीगुराँससमेत पाइन्छ । केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्न तथा संरक्षित वन क्षेत्र र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना पनि अगाडि सारेको छ ।

घुम्टेको डाँडाबाट सूर्योदय र दुई दर्जनभन्दा बढी हिमशृङ्खलासहित मनोरम दृश्य हेर्नका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending