काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसवर्ष एक हजार चार सय व्यवसायमा अनुगमन गरेको छ । चालु आवमा दुई हजार आठ सय व्यवसायको अनुगमन गर्ने विभागले जनाएको छ ।
साना र ठूला दुवै खालका व्यवसायमा अनुगमन गरिरहेको विभागका निर्देशक रघुनाथ महतले बताए । उनका अनुसार विभागले नियमित रूपमा विभिन्न निकायसँगको समन्वयमा अनुगमन गर्दै आएको छ । चाडपर्व लगायतका समयमा खाद्यान्नमा बढी अनुगमन भइरहे पनि अरु समयमा समेत नियमित रूपमा अनुगमन गरिँदै आएको उनले बताए । \'हामीले कति जना र कस्ता÷कस्ता व्यक्तिको टोली बनाएर अनुगमन गर्ने भन्ने भित्रीरूपमा छलफल गर्छौँ\', उनले भने, \'समय र व्यवसायको गर्ने भन्ने सूचना दिँदा व्यवसायी सजग बन्न सक्छन् ।\'
नेपालको संविधान, २०७२ ले तीन तहलाई नै बजार अनुगमनको अधिकार दिएको निर्देशक महतले बताए । उनका अनुसार गत असोजमा जारी भएको उपभोक्ता संरक्षण ऐनले भने ‘अनुगमन अधिकृत’ ले मात्रै अनुगमन गर्न पाउने व्यवस्था गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिले ‘उपभोक्ता संरक्षण नियमावली’ मस्यौदा बनाइरहेको छ । यो नियमावली बनेपछि त्यसले नै तीन तहले कसरी अनुगमन गर्ने भन्ने टुङ्ग्याउने उनले बताए ।
उनले भने, \'नियमावलीकै आधारमा सबै स्थानीय तहले अनुगमन, निरीक्षण र कमजोरी पाइएमा जरिवाना सजाय गर्न सक्नेछन् ।\' नयाँ ऐनकै आधारमा विभागले अहिलेसम्ममा ११२ व्यवसायलाई स्थलगत कारवाहीसमेत गरिसकेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: