भक्तपुर ।मध्यपुरथिमि नगरपालिकाले आफ्नो स्थापना दिवसमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्नै क्यालेण्डर बनाएर पर्व बिदासमेत थप गर्ने तयारी गरेको बताए ।
उनले भने, “स्थानीय सरकारका रूपमा नगरपालिकाले आफ्नै क्यालेण्डर बनाउने र स्थापना दिवसलगायत बिस्केट जात्रामा चार दिन तथा अन्य स्थानीय पर्वमा बिदा दिने गरी क्यालेण्डर निर्माण गरेका छाँै ।” पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राम थापामगरले नगरपालिकाले भोलि १४ गते आफ्नो २३ औँ स्थापना दिवस मनाउने भएको बताए ।
उनले स्थापना दिवसमा नपाले नौवटै वडाका एक एक महिला र पुरुष गरी १८ जना ज्येष्ठ नागरिकताको स्वास्थ्य बीमाको रकम व्यहोर्ने भएको बताए ।
त्यसैगरी प्रत्येक वडाबाट सामुदायिक विद्यालयमा पढ्ने तीनतीन जना गरीब एवं जेहेन्दार विद्यार्थीलाई वार्षिक रु चार हजारको दरले छात्रवृत्ति दिने, मध्यपुरका वरिष्ठ एक साहित्यकारलाई सम्मान गर्ने र नपालाई तिर्नुपर्ने राजश्व नियमितरूपमा तिर्ने तथा सबैभन्दा बढी राजश्व तिर्ने सेवाग्राहीमध्ये एक महिला र एक पुरुषतर्फ उत्कृष्ट करदातालाई सम्मान गर्ने प्रवक्ता थापा मगरले बताए ।
स्थापना दिवसमा सीपमूलक तथा रोजगारमूलक तालीमका सहभागीले तयार गरेको वस्तु तथा उत्पादनको प्रदर्शनी एवं नगरपालिकाका विभिन्न गतिविधिको तस्वीरको प्रदर्शनी राखिने भएको छ ।
गत वर्ष नगर प्रमुख श्रेष्ठ र उपप्रमुख अञ्जनादेवी मधिकर्मीले स्थापना दिवस छुट्टाछुट्टै मनाए पनि यस वर्ष भने एउटै स्थापना दिवस मनाउने भएको उपप्रमुख मधिकर्मीले बताए । उनले गत वर्ष नगरप्रमुखसँगको विवादका कारण आफूले छुट्टै स्थापना दिवस मनाए पनि यस वर्षदेखि भने विवाद नगर्ने र एउटै स्थापना दिवस मनाउने सहमति भएकाले विवाद रहितरूपमा दिवस मनाउन लागेको बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: