काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग स्तरोन्नतिको लागि निर्माण कार्य गर्न विमानस्थल बन्द गर्न लागिएको हो । विमानस्थलमा राति १० बजेदेखि बिहान ८ बजेसम्म उडानका काम रोकी धावनमार्ग पिचको काम हुनेछ ।
लामो समयसम्म सामान्य मर्मत गरेर काम चलाइँदै आएकोमा आइतबारदेखि पूर्ण रुपमा नयाँ कालोपत्रे गर्ने गरी काम थाल्न लागिएको हो । करिब ४ दशक अघि विमानस्थलको धावनमार्ग पिच गरिएको थियो ।
धावनमार्ग स्तरोन्नतिको काम ४ अर्ब २७ करोड रुपैयाँमा चिनिया सरकारी कम्पनी नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले गर्नेछ । यो योजनाअनुसार ३ हजार ५० मिटर लामो धावनमार्गलाई स्तरोन्नति गरिनेछ । काम सम्पन्न भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २४ घण्टा चल्न योग्य हुने बताइएको छ । हाल विमानस्थल दैनिक २१ घन्टा मात्र सञ्चालन हुँदै आएको छ ।
निर्माणको काम करिब ३ महिनामा सकिने अनुमान छ । वर्षा या अन्य प्राविधिक कारण दैनिक गरिने काम नसकिए बिहानका उडानहरु प्रभावित हुने समेत जनाइएको छ । जसको कारण विमानहरु आकाशमै होल्ड समेत हुन पुग्नेछन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: