Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

पैदलै हिंडेर राहत बाँड्दै प्रचण्ड

बारा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हावाहुरी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण तथा राहत वितरणमा जुटेका छन् । मंगलबार दिउसो बारा आइपुगेका प्रचण्डले नारायणी अस्पताल र नेशनल मेडिकल कलेजका बिरामीलाई भेटी राहत वितरणमा लागेका हुन् ।

प्रचण्ड स्थलगत अध्ययन गर्न प्रभावित क्षेत्रमा जनताको घर आगनमा पुगेका हुन् । अध्यक्ष प्रचण्डले वाईसियल नेपालको समन्वयनमा बाराको अतिप्रभावित गाउँ पुरैनियाबाट राहत वितरण सुरु गरेका छन् । बाराको पुरैनिया गाउँमा प्रचण्ड पैदल हिंडेर प्रभावितलाई भेटघाट तथा राहत वितरण गरिरहेका छन् । प्रचण्डले स्थानिय जनतासँग कुराकानी गर्दै पीडितलाई राहत तथा सरकारसँग उचित वसोवासको व्यवस्था गर्न माग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

वाइसियल अध्यक्ष दीपशिखाले बाराको अति प्रभावित क्षेत्रहरू पुरैनिया, भरवालिया र भुलहीमा प्रचण्डको हातबाट राहत बाँड्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । अति प्रभावित क्षेत्रका जनतासँग प्रचण्डको भेट्ने इच्छाअनुसार वाइसियल नेपालले राहत कार्यक्रमको समन्वय गरेको दीपशिखाले जानकारी दिए ।

वाईसियल नेपाल सोमबारदेखि नै प्रभावित क्षेत्र पुगि उद्दार तथा राहत वितरणमा लागिसकेको थियो । हावाहुरीले आवास नै उजाड बनाएपछि अहिले खाद्यान्न, लत्ता कपडा र पिउने पानीको समेत अभाव देखिएको भन्दै वाइसियल नेपालले सबैलाई सहयोगमा जुट्न आह्वान समेत गरेको छ । वाइसिएलले विभिन्न ठाउँबाट सहयोग स्वरुप रकम तथा अन्य आवश्यक सामाग्री संकलन गरिरहेको छ ।

पीडितलाई न्युनतम आवश्यकता पुरा गर्न सहयोग गर्ने उद्देश्यले अभियानमा जुटेको वाईसियल नेपालका अध्यक्ष दीपशिखाले बताएका छन् । राहत वितरणमा वाईसियलको केन्द्रिय टिम र प्रदेश नं. २ को टिम परिचालन भएको छ ।

गृह मन्त्रालयको दिएको पछिल्लो जानकारी अनुसार, हावाहुरीका कारण हालसम्म २७ जनाको ज्यान गएको छ । ५ सयभन्दा बढि घाईते भएका छन् । हावाहुरीले घर भत्काउँदा दर्जनौं परिवार घरविहिन भएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies