Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नेपालजस्ता नेताले समानान्तर बनाउँदैनन्

\"\"यो खालको एकता विगतमा सायदै भएको थियो । यति ठुला पार्टीहरुको एकता प्रक्रियालाई सामान्य रुपमा बुझ्न मिल्दैन । फरक–फरक पृष्ठभूमि सहित आएका पार्टीहरुको विचार, दृष्टिकोण त्यसपछि संगठनात्मक एकता गराउने कुरा सामान्य होइन । केहि कमजोरीले एकता प्रक्रिया लम्बिएको छ । हिजो एकिकरणको प्रक्रिया दुई जना नेताहरु बसेर त्यसलाई टुङग्याउने अवस्था बनेको थियो । त्यसभन्दा पछाडि बनिरहेका संरचनाहरु चाहे त्यो सचिवालय होस वा चाहे त्यो केन्द्रिय कमिटि या प्रदेश कमिटिको कुरा हो, निर्णय गर्नको लागि दुईवटा अध्यक्षले नै मुख्य भूमिका खेल्नु भयो । अब अहिले केहि काम गर्नुपर्ने देखिएको छ । एउटा जिल्ला कमिटि बनाउने (अध्यक्ष र सचिव तोक्ने), दोस्रो बनेको केन्द्रिय कमिटिलाई जिम्मेवारी बाँडफाँड गर्ने । तेस्रो, जनसंगठनको एकिकरणको गराउने कुरा । हिजो हामीले जुन प्रक्रियाबाट एकिकरण यहाँसम्म ल्याइपु¥याएका थियौं, आज केहि रोकिए जस्तो देखिन्छ यसमा खास विगतका नजिरलाई प्रयोग गर्ने कुरामा समस्या छ । जे स्प्रीटका आधारमा एकिकरण प्रक्रिया अगाडि बढ्यो त्यहि नै अब बनाउने संरचनामा अबलम्बन हुनुपर्दछ । तर त्यो हुन सकेको छैन् । एकता प्रक्रिया ढिला हुनाले स्वभाविक रुपमा धेरै समस्याहरु बन्न गएका छन् । हाम्रो पार्टीको सिंगो पंक्ति यसबाट प्रभावित भएको छ । लाखौं कार्यकर्ता अलमल परेको अवस्था छ । जनताले नेपाल कम्युनिष्ट पार्टीलाई ऐतिहासिक जिम्मेवारी दिएका छन् । मुलुकको ऐतिहासिक जिम्मेवारी पुरा गर्ने कुरामा चुक्नु हुँदैन । ७० वर्षको नेपालको कम्युनिष्ट आन्दोलन अहिले सबैभन्दा उचाईमा पुगेको छ । यहाँसम्म ल्याउने नेतृत्वलाई सबैको सहयोग र साथ चाहिन्छ । मिडियामा अनेकन विषय आएका छन् । ति कति यथार्थ छन् त्यो आफ्नो ठाउँमा छ । माधव नेपाल जस्तो जिम्मेवार व्यक्तिले कम्युनिष्ट आन्दोलनको यो ऐतिहासिक क्षणमा समानान्तर कमिटि निर्माण गर्नतिर लाग्छन् भन्नेमा मलाई विश्वास छैन। यस्ता प्रक्रियाले नेतृत्वलाई सहयोग पुग्दैन् । हामी हाम्रो लक्ष्यमा सफल हुँदैनौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: