Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

चार वर्षमा माडीको कायापलट हुनेछ : अध्यक्ष प्रचण्ड


चितवन । 
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चार वर्षमा माडीको कायापलट हुने बताएका छन् । माडीमा बुधबार आयोजित माडी क्याम्पसको प्रथम ऐतिहासिक क्याम्पस सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘१५ किमी बाटो पक्की हुँदैछ । आउने वर्षमा हामी सबैले देख्ने गरी माडीको रंग बदलिन्छ’ अध्यक्ष प्रचण्डले भने, ‘आउने चार वर्षमा माडीको कायापलट हुनेछ ।’ नेपालमा अहिलेसम्मको राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सम्भव भएको बताउँदै उनले भने, ‘विकास र समृद्धिको नयाँ यात्रा पनि राष्ट्रिय सहमतिबाटै अगाडि बढाउनु पर्छ ।’

आफू पटकपटक माडी आउन खोज्दा आफ्नो कारणले भन्दा पनि अरु कारणले आउन नसकेको उनले स्पष्ट पारे । ‘मलाई टिभीमा पत्रपत्रिकामा देखिराख्नु भएकै छ । म माडी आउनु भन्दा पनि मुख्य कुरा विकास हो’ अध्यक्ष प्रचण्डले भने, ‘माडीको विकासको लागि मैले सक्दो सहयोग गरिराखेको छु । नयाँ बजेट र पञ्चवर्षीय योजनामा माडीका लागि धेरै कुरा परेका छन् । मैले माडीका लागि बहस र सरकारको ध्यानाकर्षण गरेको छु ।’

\"\"

राष्ट्रिय निकुञ्ज ऐन २०२९ सालमा बन्दा माडीमा अहिलेजस्तो धेरै जनता नभएकोले त्यो ऐनले जनावर देख्ने तर जनता नदेख्ने उनको भनाइ थियो । ‘यो ऐन बदलेर यहाँ मान्छे पनि छन् भन्ने देखाउन बहस सुरु गरेको छु । बैठकहरु गरेको छु प्रधानमन्त्रीसँग, वनमन्त्रीसँग, कर्मचारीसँग’ उनले भने, ‘राजनीतिक नेतृत्वले भनेको कुरा कर्मचारीतन्त्रले सजिलै मान्दैनन् । कर्मचारीतन्त्र कन्जरभेटिभ हुँदोरहेछ । राजनीतिक नेतृत्व सधैं परिवर्तनको पक्षमा छ ।’

माडीको निम्ति मुख्य समस्या निकुञ्ज ऐन भएको बताउँदै अध्यक्ष प्रचण्डले ऐन परिमार्जनको कुरा लागु हुन नसकेको बताए । ‘मैले पटकपटक सम्बन्धित मन्त्रालयको मन्त्रीलाई कर्मचारीलाई ऐन संशोधन गरौं । भोलि के के सामना गर्नु पर्छ म गर्छु भन्दा पनि भएन’ उनले भने, ‘मैले प्रधानमन्त्रीलाई माडीका मेयरले अनसन बस्नु पर्दैन, अनसन बस्नै पर्ने भए मै बस्छु भनेँ । अहिले परिस्थिति फेरिएको छ । ऐन संशोधनको कुरा कानुनी समितिमा छलफलमा छ । माडीको जनताको हितको पक्षमा ऐन संशोधन हुनेछ । म आफैं बसेर त्यो काम गर्नेछु ।’

हुलाकी मार्गलाई तटबन्ध र रिंगरोडसँग जोड्ने कामको प्रकृया अगाडि बढिरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले सुकुम्बासी समस्या समाधानको निम्ति सरकार गठन भएदेखि नै प्राथमिकतामा राखेर छलफल भइरहेको दाबी गरे । सुकुम्बासी सम्बन्धी विधेयक समितिमा दर्ता भइसकेको र छलफलको अन्तिम चरणमा रहेको उनले बताए । नापी भएको तर लालपूर्जा नपाएकालाई तुरुन्त लालपूर्जा दिने, नापी नभएको तर वर्षौंदेखि खेती गर्दै आएकालाई मिलेसम्म लालपूर्जा दिने र सुरक्षाको हिसाबले लालपूर्जा दिन नमिल्नेलाई स्थानान्तरण गर्ने व्यवस्था विधेयकमा गरिएको उहाँले स्पष्ट पारे ।

बाँदरमुढेमा पार्क बनाउन दस करोड रुपैयाँ छुट्याइएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, ‘पीडित जनताको लागि मैले जे प्रतिवद्धता व्यक्त गरेको छु, त्यो अहिलेको बजेटमा व्यवस्था हुनेछ ।’ बहुवर्षीय योजना अन्तर्गत ध्रुवाघाटदेखि वनकट्टासम्म आकाशेपुलको लागि गृहकार्य भइरहेको र बाटो कालोपत्रे तुरुन्तै गरिने उनको भनाइ थियो । ‘त्यसका लागि वन मन्त्रालय र अन्तर्राष्ट्रिय संस्थासँग सहमति बनाउनु पर्नेछ । राष्ट्रिय निकुञ्जभित्र संरचना बनाउन सर्वोच्चको फैसलालाई पनि ध्यान दिएर सहजीकरण गर्न निर्देशन दिएको छु ।’

‘हामी प्रदेश र संघको निर्वाचनको क्रममा माडी आउँदा माडीको विकासको परिकल्पना गरेका छौं । रिंगरोड, रिउमा तटबन्ध, कृषिमा आधुनिकीकरण, भरतपुर महानगरलाई जोड्ने आकाशे पुल त्यही परिकल्पनाभित्र रहेका छन्’ अध्यक्ष प्रचण्डले भने, ‘अन्तिम चुनावी सभामा पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामु मैले यही माडीमा उभिएर म उम्मेदवार हुनुको फाइदा सिंगो नेपाल माडीमा आएको छ भनेको थिएँ । माडीलाई सिंगै देशले चिन्यो, माडीका समस्या बुझ्यो, राष्ट्रको दिमागमा चढ्यो भनेको थिएँ ।’

उनले अगाडि भने, ‘आज एक वर्षपछि मैले यहाँ बस्दै गर्दा मेरो दुईतिर दुई जना माननीय मन्त्रीहरु शिक्षामन्त्री गिरिराजमणि पौडेल र यातयात मन्त्री रघुवीर महासेठ हुनुहुन्छ । सरकारको नेतृत्व यहाँ केन्द्रित भयो आज । माडी देशको केन्द्रविन्दुमै छ । विकासको केन्द्रविन्दुमै छ । यसको महत्वबारे चिन्तन गर्नुहोस् ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy