काठमाडौं । रोजगारीका लागि खाडी पुगेका २५ जना नेपाली कामदारलाई मृत्युदण्डको सजाय सुनाइएको छ। विभिन्न समयमा पुगेका उनीहरुलाई विभिन्न समयमा मृत्युदण्ड सजाय सुनाइएको हो।
विदेशस्थित विभिन्न कूटनीतिक नियोगहरुबाट प्राप्त विवरणका आधारमा मृत्युदण्ड पाएका तथा आजीवन कारावासमा रहेका नेपालीहरुको संख्या यकिन गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। मृत्युदण्ड सुनाइएका मलेसियामा सबैभन्दा बढी १६ जना नेपाली रहेका छन्। साउदी अरबको रियादमा ५ जना नेपालीलाई मृत्युदण्ड सुनाइएको छ। कुबेतमा ३ र युएईमा एक नेपालीलाई मृत्युदण्ड सुनाइएको छ।
रोजगारीका लागि कुवेत पुगेका १६ जना आजीवन कारावासमा छन्। युएई, कतार र कुवेतको जेलमा नेपालीहरुलाई आजीवन कारावास सुनाइएको छ। बहराइनमा २५ वर्ष जेल सजाय सुनाइएका २ जना नेपाली रहेका छन्। १५ वर्ष जेल सजाय सुनाइएका कतार, कुवेत र बहराइनमा १–१ जना गरी ३ जना नेपाली रहेका छन्। खाडीका जेलमा रहेका तर सजाय तोकिन बाँकी रहेका २ सय ९३ जना नेपाली छन्।
नेपालीहरुलाई त्यहाँ चोरी, डकैती, हत्याहिंसा, लागुपदार्थ ओसारपसार तथा दुर्व्यसनी लगायत आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपका समातिएको हो । यस्ता विभिन्न क्रियाकलापमा संलग्न हुँदा देशको कानुन अनुसार नेपाली युवालाई मृत्युदण्ड, आजीवन कारावास, जरिवाना लगायत फैसला सुनाइने गरिएको छ। अपराधको प्रकृति हेरेर कानुनले जेल सजाय कति समयको भनेर तोक्ने गरेको छ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: