गर्मीले हैरान हुनुहुन्छ ? यसरी बनाउनुहोस् आफ्नो कोठा चिसो
जेष्ठ ३२ गते, २०७२ सोमवार 15th June, 2015 Mon१८:०५:५६ मा प्रकाशित
गर्मी वा जाडो, कुन महिना ठिक ? यो प्रश्नको उत्तरमा धेरैले जाडो महिना रोज्नुहोला । धेरैलाई मन नपर्ने मौसम गर्मी महिनाले सबैलाई आफ्नो पकडमा पारेको छ । यसको पञ्जाबाट फुस्किन धेरैले अनेकौं कोसिस गर्छन् । कत्तिको कोसिस सफल होला भने कतिको नहोला । यदि सही तरिका अपनाए, गर्मीले जति हामीलाई अहिले हैरानी दिइरहेको छ त्यसलाई आधा घटाउन सकिन्छ ।
आज हामी तपाईंलाई गर्मीमा आफ्नो घर अथवा कोठालाई कसरी चिसो राख्न सकिन्छ भन्ने कुराको जानकारी दिदैछौं ।
१. सही तरिकाले झ्याल–ढोका खोल्ने र बन्द गर्नुहोस्ः
दिउँसो अत्यधिक गर्मी भएको बेला झ्याल र पर्दा सबै लगाउनुहोस् । बेलुका तापक्रम घटेपछि झ्याल ढोका सबै खोलिदिनुहोस् । यसले धेरै हदसम्म तपाईंको कोठा अथवा घरलाई चिसो बनाउँछ ।
२. नचाहेको कोठाको ढोका बन्द गर्नुहोस्ः
यदि तपाईंको घरमा कुनै कोठा प्रयोगविहिन छन् भने त्यस कोठाको ढोका बन्द गर्नुहोस् । यस कोठाको ढोका खोल्नाले यहाँ भएको तातो हावा सबैतिर फैलिन गर्दछ ।
३. बाथरुमको फ्यानलाई खोल्नुहोस्ः
बाथरुमको फ्यान अथवा किचनको एक्जष्ट फ्यानलाई अन गर्नुहोस् । यी दुबैले तातो हावालाई तपाईंको कोठा अथवा घरभन्दा बाहिर फाल्ने गर्दछ । खाना पकाउँदा अथवा नुहाउँदा आउने तातो हावालाई तपाईंले यी दुई उपकरणमार्फत बाहिर फाल्न सक्नुहुन्छ । कोठामा तातो हावा बन्नुपहिले झ्याल, ढोका सबै खोल्नुहोस् ।
४. सबै बत्ती निभाउनुहोस्ः
चिम मात्र होइन सिएलएल पनि तातो हुने गर्दछ । गर्मी महिनामा धेरै बेरसम्म उज्यालो हुने हुँदा प्राकृतिक प्रकाशको भरपूर उपयोग गर्नुहोस् । बत्ती कम बालेर आफ्नो कोठालाई तातो बनाउनुहोस् ।
५. सबै विद्युतीय उपकरणको तार निकाल्नुहोस्ः
बन्द गरिएको अवस्थामा पनि सबै विद्युतीय उपकरणले तातो फ्याँक्ने गर्दछ । यदि ती उपकरणहरु उपयोगमा छैनन् भने त्यसको तार निकाल्नुहोस्। यसले पनि तपाईंको कोठा र घरलाई चिसो बनाउने गर्दछ ।
६. चिसो भएको महसुस गर्नुहोस्ः
सगरमाथा चढेको अनुभव भएका लेखहरु पढ्नुहोस्, कतै चिसो ठाउँमा धुमेको सम्झनुहोस् । अथवा मार्च अफ द पेन्गुइन, आइस ऐज जस्ता फिल्महरु हेर्नुहोस् । तपाईं चिसो ठाउँमा नबसेपनि यस्ता चीजहरुले तपाईंलाई चिसो भएका महसुस गराउँछ । आखिर जाडो, गर्मी सबै अनुभव न हुन् ।
७. बाफबाट टाढै रहनुहोस्ः
तातो पानीले ननुहाउनुहोस्, भाँडा नमाझ्नुहोस् अथवा राती नहुन्जेल खाना पनि नपकाउनुहोस् ।
८. सिलिङमा हल्का रङ लगाउनुहोस्ः
यदि तपाईंसँग रङ छान्ने अवसर छ भने कोठाको सिलिङमा हल्का रङ लगाउनुहोस् । हल्का रङले घामको किरणलाई तान्नुको सट्टा फाल्ने गर्दछ ।
९. पर्याप्त मात्रामा पानी पिउनुहोस्ः
गर्मीमा सकेसम्म धेरै पानी खानुहोस् । दिनमा कम्तीमा पनि ३ लिटर पानी पिउनुहोस् । यदि तपाईंको शरिर हाइड्रेट भयो भने तपाईंलाई त्यति धेरै गर्मी महसुस हुँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: