विश्वविख्यात बैज्ञानिक आइन्स्टाइन, युरानि दार्शनिक अरस्तु र समाजसेवी मदर टेरेसाका १०÷१० चर्चित भनाईहरु हामीले याँहा संकलित रुपमा प्रस्तुत गरेका छौं ।
जसले तपाईको जिवनमा पनि काफी बदलाव ल्याउन सक्छ । जसलाई विश्वका लाखौं मानिसहरुले जिवन सुत्र ठान्छन् ।
प्रस्तुत छ तिनै आदर्श मानिसहरुका १०÷१० भनाई –
आइन्स्टाइनका जीवन उपयोगी दश महत्वपूर्ण भनाईहरू
१. सधै आफ्नो उत्सुकतालाई पच्छ्याउनुपर्दछ ।
२. निरन्तरको लगन अमूल्य हुन्छ ।
३. हाम्रो ध्यान वर्तमानमा हुनुपर्दछ ।
४. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।
५. गल्ती होला की भनि डराउनु हुदैन ।
६. ’ठूलो’ होइन बरू ’असल’ बन्ने प्रयाश गर्नुपर्दछ ।
७. ज्ञान अनुभवद्वारा हासिल हुन्छ ।
८. असल खेल खेल्नुपूर्व नियम जान्नुपर्दछ ।
९. जीवन सन्तुलित बनाउन अघि बढिरहनुपर्दछ ।
१०. हिम्मत कहिल्यै हार्नुहुदैन ।
अरस्तुका १० मननयोग्य भनाईहरु
१. म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रुलाई जित्दछ ।
२. केही पागलपनको मिश्रण बिना कोही पनि महान् विद्वान बन्न सक्दैन ।
३.. हामी त्यँही सफल र सार्थक बन्छौं जुन काम हामी लगातार गरिरहन्छौं । त्यसैले कामले हैन, लगातार काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पु¥याउँछ ।
४. आशा एक किसिमको जागा अवस्थाको सपना हो ।
५. सबैको लागि साथी कसैको पनि साथी होइन ।
६. शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।
७. हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।
८. साहस विना यस संसारमा तिमीले केही पनि गर्न सक्ने छैनौ । साहस नै सफलताको कसी हो ।
९. असल सुरूवात आधा काम सम्पन्न गर्नु हो ।
१०. हामी शान्तीसँग बस्न सकियोस् भनेर युद्ध गर्दछौ ।
मदर टेरेसाका १० मननयोग्य भनाइहरू
१. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।
२. शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।
३. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
४. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।
५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ रु घर गएर आफ्नो परिवारलाई माया गर्न ।
७. हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।
८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
९. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।
१० . प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।
प्रतिकृया लेख्नुहोस्: